अस्पतालबाट फरार थुनुवा पाँच घण्टापछि पक्राउ




महोत्तरी । जलेश्वर कारागारबाट ल्याइ जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदा गराउँदै फरार भएका एक थुनुवा पाँच घण्टापछि पक्राउ परेका छन् ।
महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा रहँदै आएका धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका– ६ घर भई हाल जलेश्वर कारागारमा नकबजनी चोरी मुद्दामा बस्दै आएका रञ्जीत यादव जनकपुर अञ्चल अस्पतालबाट उपचारका क्रममा गएराति २ बजे फरार भएकामा आज बिहान ७ बजे पुनःपक्राउ परेको जेलर चिरञ्जीवी थापाले बताए ।
धनुषा जिल्ला अदालतको फैसलाअनुसार नकवजनी चोरी मुद्दामा रु. १० हजार धरौटी तिर्न नसकी वि.सं. २०७५ मङ्सिर २८ गतेदेखि थुनुवा यादव जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएकामा गएराति उनी उपचार गराउँदा गराउँदै भागेका थिए ।
दुई दिनअघि बुधबार अत्यधिक पेट दुखेर (एपेन्डिक्स) भएर दुई जना सुरक्षाकर्मी र एक जना कार्यालय सहयोगीका साथमा अञ्चल अस्पताल जनकपुरमा उपचारका लागि गएका थुनुवा यादव गएराति करीब २ बजेतिर पिसाब फेर्ने बहानामा उठेर हतकडी खोली भागेको जेलर थापाले बताए ।
थुनुवा यादव भागेलगत्तै कारागार कार्यालय महोत्तरीका जेलर थापाको आग्रहमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र धनुषा जिल्ला प्रहरी तथा प्रदेश प्रहरीले थुनुवाको खोजतलास व्यापकरुपमा गरेर पाँच घण्टापश्चात् पुनःथुनुवा यादवलाई पक्राउ गर्न सफल भएको महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।
थप समाचार
ग्रीनवीचका भलिबल खेलाडी संगठित
- 8 hours ago

ग्रीनवीच भलिबल परिवारको पहिलो कार्यसमितिमा अध्यक्षको जिम्मेवारी रविन्द्र रोका मगरले पाएका छन् भने सचिवमा कृष्ण खरेल चुनिएका छन् ।
विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'
- 9 hours ago

भारतले नेपालसंगको परामर्शबिना एकपक्षीय रुपमा नेपाली भुभाग समेत समेटेर नक्सा सार्वजनिक गर्नु अन्तर्राष्ट्रिय कानुनको मान्यताविपरित हुने समेत स्पष्ट पारिएको छ ।
प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे
- 9 hours ago

बागलुङ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकता प्रक्रिया बागलुङमा टुङ्गिएको छ । दुई सङ्गठन मिलेर बनेको प्रेस सङ्गठन नेपालको बागलुङ संयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष उमाका
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

एजेन्सी । चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ ।
विचित्र विश्व
खुट्टाको आकार र औंलाले बताउँछ तपाईंबारे रोचक पक्षहरू

एजेन्सी । हात हेर्ने चलन पुरानो हो । हात हेरेरै मानिसको भविष्य बताउन सक्ने धेरैको भनाई पनि रहेको छ ।