Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकानुन मन्त्रालयका प्रवक्ता गौतम सचिवमा बढुवा

कानुन मन्त्रालयका प्रवक्ता गौतम सचिवमा बढुवा


काठमाडौँ। सरकारले न्याय सेवाको कानुन समूहबाट हाल कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रवक्ता रहेको सहसचिव फणीन्द्र गौतमलाई सचिवमा बढुवा गरेको छ। बढुवा भएसँगै गौतमको सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन भएको छ।

गत साउन ५ गते कानुन सचिव धनराज ज्ञवालीले निजामती सेवाबाट अवकाश पाएसँगै न्याय सेवाको कानुन समूहमा एक सचिव पद रिक्त थियो।

न्याय सेवा आयोगले गरेको सिफरिसमा गौतम कानुन समूहबाट सचिव बढुवा भएका हुन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अध्यक्ष हुने आयोगमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहित सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगको अध्यक्ष र महान्यायाधिवक्ता सदस्य हुन्छन्।

विगतदेखि नै आयोगले बढुवाका लागि कानुन समूहका वरिष्ठतम् सहसचिव (एक जना)को नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने गरेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बागमतीका मुख्यमन्त्रीले चैत १९ गते विश्वासको मत लिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् । फागुन २३ गते नेपाली

दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव

काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा दिएको छ । महानगरपालिकाले हिजो सूचना

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो सवा एक बजे सुरु हुनेछ ।

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताएका छन्

Techie IT