Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिवडा नेतृत्व चयनका लागि पनि रास्वपाले चुनाव गर्ने

वडा नेतृत्व चयनका लागि पनि रास्वपाले चुनाव गर्ने


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले वडा समितिको नेतृत्व चयनको लागि पनि चुनाव गर्न निर्देशन दिएको छ।

पार्टीको नियम बमोजिम आफ्नो सदस्यता विवरणमा मतदाता परिचय पत्र अनिवार्य अनलाइन अपलोड भएका पार्टी सदस्यता लिएका सबैले वडा समितिमा रहनको लागि उम्मेदवारी दिन सक्ने सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जनाएका छन्।

वडाको उम्मेदवार बन्न एक सय रुपैयाँ शुल्क लाग्ने विज्ञप्तिमा उल्लेख छ। कार्तिक १० गते देखि १६ गते सम्म मतदान हुने र २० गतेभित्र परिणाम ल्याइसक्न भनेको छ।

वडा समितिमा ११ जना निर्वाचित सदस्यहरू (आरक्षणः ११ मध्ये दलित १ जना, महिला ४ जना, ४५ वर्ष मुनिका युवा ६ जना) हुनेछ। निर्वाचित मध्ये वडा सभापति, उपसभापति र सचिव छनौट हुनेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थालेको छः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाएका छन् ।

माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सहमति

काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको

कोशी प्रदेशसभाबाट विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव पारित

काठमाडौँ । कोशी प्रदेश सभामाको बैठकबाट नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । ध्वनी

वर्तमान सत्ता गठबन्धन छिटै पतन हुन्छ: कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताएका छन् । शुक्रबार

सांसद हसिना खानद्वारा शपथ ग्रहण

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

Techie IT