IIMS College

ISMT

HUB Education

नगरपालिकाकाे गाडी जलाउने दुई युवा पक्राउ

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

अछाम । मङ्गलसैन नगरपालिकाको गाडीमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको परिसरमा पार्किङ गरी राखेको बा २ झ ३६९४ नम्बरको फोर्ड कम्पनीको इन्डोभर गाडीमा आगजनी गरेको आरोपमा वडा नं. १ का दुईलाई पक्राउ गरिएको हो ।

 

प्रहरीका अनुसार गाडीमा आगजनी गरी नष्ट गर्ने कुन्तीवण्डालीका १९ वर्षका दीपेन्द्र जैगडी र सोही ठाउँका १९ वर्षका एकेन्द्रराज नाथलाई पक्राउ गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको प्रहरी नायब निरीक्षक जनकबहादुर शाहीले बताए । 

 

पक्राउ परेका व्यक्तिले घटनामा केही अन्य व्यक्तिको पनि संलग्नता रहेको बताएका भन्दै उनीहरुको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको र अनुसन्धान तीव्र पारिएको प्रहरी प्रमुख शाहीले जानकारी दिए ।

 

नगरपालिकाले पनि पाँच सदस्यीय छानबिन समिति बनाइ घटनाको अनुसन्धान गरिरहेको नगरप्रमुख पदमबहादुर बोहराले बताए । सो गाडीमा गत वैशाख ३१ गते राति सवा २ः०० बजेको समयमा आगजनी गरिएको थियो । उक्त गाडी नगरपालिकाले गत वर्ष मात्रै रु एक करोड २० लाख लागतमा खरीद गरेको थियो । (रासस)


थप समाचार

वास्तिवक तर पत्याउन गाह्रो ! यी कलाकारहरुको छ समान उमेर

  • 8 minutes ago
वास्तिवक तर पत्याउन गाह्रो ! यी कलाकारहरुको छ समान उमेर

एजेन्सी । बलिउडमा लामो समय आफ्नो कला देखाइसकेका अभिनेता तथा अभिनेत्रीहरुले बलिउडमा आफ्नो एउटा परिचय बनाइसकेका छन् । बलिउडमा केही यस्ता अभिनेता तथा अभिनेत्रीहरु रहेका छन् जसको उमेर एउटै रहेको छ ।

अस्पताल पुगेका प्रचण्डलाई चिकित्सकले दिए दाँत निकाल्नुपर्ने सुझाव

  • 12 minutes ago
अस्पताल पुगेका प्रचण्डलाई चिकित्सकले दिए दाँत निकाल्नुपर्ने सुझाव

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य उपचारको लागि अस्पताल पुगेका छन् । उनी दाँतको उपचार गर्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका हुन् ।

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

  • 13 minutes ago
महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

एजेन्सी । महिनावारी महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो । परम्परागत हिन्दु धार्मिक मान्यताले यस महिनावारीको समयलाई अछूतका रुपमा व्यवहार गरेको पाइन्छ । महिनावारी एक प्रक्रिया रहेसँगै यस सम



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

एजेन्सी । महिनावारी महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो । परम्परागत हिन्दु धार्मिक मान्यताले यस महिनावारीको समयलाई अछूतका रुपमा व्यवहार गरेको पाइन्छ । महिनावारी एक प्रक्रिया रहेसँगै यस समयमा महिलाले आफ्नो शरीरको विशेष ध्यान पुर्याउनु जरुरी हुन्छ । यसका लागि महिलाले विभिन्न उपायहरु अपनाउन सक्छन् ।

विचित्र विश्व

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

एजेन्सी । भारतमा सवारी साधन सम्बन्धी नयाँ कानून लागु भएको छ । यसका साथै हेलमेट नलगाउने मानिस देखि लिएर सीट बेल्ट नलगाउने मानिससम्म तोकिएको जरिवाना लाग्ने डरले मानिस सुरक्षाको लागि भन्दा पनि जरिवानाको डरले हेलमेट लगाउन थालेका छन् ।