जानकी मन्दिर लुट्न भारतबाट आएका ८ डाँका पक्राउ

सांकेतिक तस्वीर
Education Park

जनकपुरधाम । हतियारसहित आठ जना डाँकालाई जनकपुरधाम उपमहानगरपालिका–८ विहारकुण्डस्थित जानकी विहारबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा पक्राउ गरिएका डाँकालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

 

जानकी विहारका महन्त नारायण शरणको बासस्थानमा नगद र मन्दिरमा रहेको सुनचाँदीलगायतका गरगहना डकैती गरी लुटी लैजाने उद्देश्यले भारतको विहारबाट भारतीय नंं. प्लेटको २ मोटरसाइकल तथा एक स्कुटरमा आठ जनाको आपराधिक समूह हातहतियारसहित स्थानीय लभ्ली होटलमा बसी रातिको समयमा डाँका गर्दैछन् भन्ने सूचना प्रहरीलाई प्राप्त भएपछि गएराति ९ः१५ बजेको समयमा प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालय, सङ्घीय प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले डाँकालाई घेरा हाली नियन्त्रणमा लिइएको जनाइएको छ ।

 

नियन्त्रणमा लिन खोज्दा डाँकाहरूले हतियार फायर गरी भाग्ने क्रममा प्रहरीका तर्फबाट समेत पेस्तोलद्वारा फायर हुँदा भारत विहार प्रदेशको समस्तीपुर जिल्ला बस्ने २४ वर्षीय रवि मलिक डोम गोली लागी घाइते भएपछि उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा उपचार भइ रहेको छ ।

 

घटनास्थलबाट घाइतेसहित सात जनालाई नियन्त्रणमा लिइएको र लभ्ली होटलमै बसेर वारदातपछि स्कुटर चढी फरार भएका भारत विहार मधुवनी साहरघाटका ३८ वर्षीय पप्पु भन्ने सञ्जयकुमार साह सुमनलाई महोत्तरी जिल्लाको मटिहानीबाट पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

 

पक्राउ हुने अन्य डाँकामा भारतको समस्तीपुर जिल्ला सिमरी–८ का विद्यापति नगरका २० वर्षीय साहिल रजक, सोही ठाउँका २८ वर्षीय सुजितकुमार राय, ३० वर्षीय अमितकुमार सिंह, २० वर्षीय अमितकुमार यादव र मधुवनी जिल्ला साहरघाटका ३२ वर्षीय रञ्जितकुमार भगत रहेका छन् ।

 

घटनास्थलबाट दुई राउण्ड गोली लोड गरिएको पेस्तोल एक नाल, दुई राउण्ड एसएलआरको गोली, कटुवा पेस्तोल एक नाल, खुकरी एक थान, भारतीय नं प्लेटको स्कुटर थान एक र मोटरसाइकल थान दुईसमेत बरामद गरिएको जनाइएको छ । (रासस)


थप समाचार

उत्तम सञ्जेल दम्पत्ती प्रहरी नियन्त्रणमा, विमला तामाङमाथि बलात्कार भएकाे आशंका

  • 1 hour ago
उत्तम सञ्जेल दम्पत्ती प्रहरी नियन्त्रणमा, विमला तामाङमाथि बलात्कार भएकाे आशंका

काठमाडौं । बौद्धस्थित समता अस्पतालमा कार्यरत कर्मचारी विमला तामाङ अस्पताल परिसरमै झुण्डिएको अवस्थामा मृत फेला परेपछि अस्पतालका सञ्चालक उत्तम सञ्जेल पक्राउ परेका छन् ।

कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

  • 1 hour ago
कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

हुम्ला । खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खसेर बेपत्ता हुनेको सङ्ख्या १० पुगेको छ ।

लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

  • 1 hour ago
लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ । आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।