IIMS College

ISMT

HUB Education

बाैद्धबाट मात्रै एघार महिनामा ८ सय ४४ जना पक्राउ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । बौद्धस्थित महानगरीय प्रहरी वृतले एघार महिनाको अवधिमा विभिन्न आपराधिक घटनामा संलग्न ८ सय ४४ लाई पक्राउ गरेको छ । वि.सं. २०७५ असोजदेखि २०७६ भदौसम्म ११ महीनाको तथ्याङ्क हेर्दा बौद्ध क्षेत्रबाट मात्रै ६८८ मुद्दामा आरोपति ८४४ पक्राउ परेका थिए ।

 

पक्राउ परेकाहरू लागुऔषध, जुवा, जबरर्जस्ती करणी, चोरी, बालयौन दुराचार, कर्तव्य ज्यान, बैंकिङ कसुर, मानव बेचविखनलगायत मुद्दासँग सम्बन्धित थिए । पक्राउ परेकाहरूमध्ये सबैभन्दा बढी जुवा खेल्ने–खेलाउनेसँग सम्बन्धित थिए । जुवासँग सम्बन्धित ३५ मुद्दामा २९१ लाई पक्रउ गरी मुद्दा चलाइएको थियो ।

 

पक्राउ परेकाहरूबाट रु. ३१ लाख ४१ हजार ३७० बरामद भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । प्रहरीले गत फागुन २५ गते काठमाडौँ महानगरपालिका– ६ महाङ्कालबाट रु. एक लाख ९६ हजार १५० बरामद गर्नाका साथै आठ जनालाई पक्राउ गरेकामा एक तेस्रो लिङ्गी, चार महिला र तीन पुरुष थिए ।

 

त्यस्तै चोरीेको अभियोगका ५१ मुद्दामा ९१ जनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा सबैभन्दा बढी १८ वर्ष मुनिका बालबालिका रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

 

परिवारले वास्ता नगर्ने, आर्थिक अवस्था कमजोर भएका तथा बाबु आमाको ठेगान नभएका बालबालिका नै चोरी गर्दै हिँड्ने गरेको पाइएको छ ।प्रहरीले गत फागुन ११मा कपनको निलोपुलबाट २८ थान मोबाइलसहित चोरी गर्ने चार जनालाई पक्राउ गरेको थियो ।

 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका १८ वर्ष मुनिका दुई, सुर्खेतको एक र नवलपरासी घर भई काठमाडौँ बस्ने एक रहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

 

घर परिवारबाट टाढा रहेका तथा परिवारको निगरानी तथा रेखदेख नभएका युवायुवती र बालबालिका दुर्व्यसनीमा फस्दै गएको पाइएको छ । पहिल्लो ११ महिनाको तथ्याङ्कमा बौद्ध क्षेत्रबाट लागूऔषधका २९ मुद्दामा ४१ पक्राउ परेका थिए ।

 

विभिन्न समयमा विभिन्न स्थानबाट डाईजेपाम, फेनारगन र नुफिन एक हजार १३५ थान बरामद गर्नाका साथै गाँजा १६ किलो, चरेस दुई किलो, ब्राउन सुगर ७७ ग्राम र नाइट्रोभेट चक्की एक हजार ३३७ थान बरामद गरिएको थियो । 

 

जबरर्जस्ती करणी अभियोगका २६ मुद्दामा ३५ जना विरुद्ध मुद्दा चलाएको थियो । सहमतिमा ‘लिभिङ टुकेदर’ बस्ने र घरपरिवारले थाहा पाएपछि अभिभावकको दबाबमा जबरर्जस्ती करणी मुद्दा दर्ता गर्ने गरेको घटना पनि प्रशस्त थिए । ‘लिभिङ टुगेदर’सम्बन्धी कानून नबन्दासम्म यस्ता किसिमका समस्या बढ्दै जाने अधिवक्ता अस्मिता पोखरेलले बताए ।

 

त्यस्तै बैंकिङ कसुरमा ५१, सार्वजनिक कसुरमा १९१, ज्यान मार्ने उद्योगमा ३८, बहुविवाहमा २०, बालयौन दुराचारमा तीन, ठगीमा चार, विद्युतीय अपराधमा एक, कर्तव्य ज्यान मुद्दामा सात, मानव बेचविखन तथा ओसारपसारमा तीन, सवारी ज्यानमा सातजनालाई पक्राउ गरी मुद्दा चलाइएको थियो । 

 

गतसाता मात्रै बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरी काठमाडौँ जिल्ला वन कार्यालय पठाएकोे थियो ।

 

त्यस्तै ११ महीनामा बौद्धका भट्टीमा छापा मार्दा मदिरा बनाउन राखेको एक लाख ५४ हजार लिटर कच्चापदार्थ नष्ट गर्नाका साथै तयारी अवस्थामा रहेको  हानिकारक ४३ हजार लिटर मदिरासमेत नष्ट गरिएको थियो ।

 

अपराध तथा अबैध कारोवारमा संलग्नलाई कानूनी दायरामा ल्याई तत्काल कारवाही गरिने भएकाले यस्ता आपराधिक क्रियाकलापको तत्काल जानकारी दिन पनि प्रहरी नायब उपरीक्षक चन्दले सर्वसाधारणलाई आग्रह गरे ।


थप समाचार

शनिबारदेखि चितवनमा कोरोना भाइरसको परीक्षण हुने

  • 6 hours ago
शनिबारदेखि चितवनमा कोरोना भाइरसको परीक्षण हुने

काठमाडौँ । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४ घण्टाभित्र कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला (पिसिआर ल्याब) सञ्चालनमा आउने गरी काम शुरु गरिएको छ । शनिबार बिहानबाट परीक्षण थाल्ने गरी क

प्रहरी र वन चोरी शिकारीबीच गोलीहानहान

  • 7 hours ago
प्रहरी र वन चोरी शिकारीबीच गोलीहानहान

काठमाडौं । मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वन

कामना सेवा विकास बैंकको भिडियो कन्फ्रेसमार्फत सञ्चालक समितिको बैठक सम्पन्न

  • 7 hours ago
कामना सेवा विकास बैंकको भिडियो कन्फ्रेसमार्फत सञ्चालक समितिको बैठक सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समितिको बैठक डिजिटल रुपमा सम्पन्न भएको छ । बैंकका सञ्चालकहरु भौतिक रुपमा उपस्थित नभई भिडियोमार्फत प्रत्यक्ष संवाद गरी सञ्चालक समितिको बैठक सम्पन्न भएको कामना



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।