IIMS College

ISMT

HUB Education

अन्ततः गायिका आस्था राउतलाई पक्राउ गर्ने अनुमति प्रहरीले पायो

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । गायिका आस्था राउतविरुद्ध विमानस्थलमा कार्यरत महिला प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा दर्ता भएसँगै प्रहरीले उनलाई पक्राउ गरेको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो । गत बुधबार त्रिभुवन विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा राउतले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा मुद्दा दर्ता गरिएको थियो ।

 

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीले पक्राउ गर्न अनुमति दिएको बताइएको छ ।

 

विमानस्थलमा खटिएकी प्रहरी जवान रमीता श्रेष्ठले आस्थाविरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गरेको हो । जाहेरी दर्तापश्चात् अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पूर्जी जारी हुने प्रहरीले जनाएको छ ।

 

पक्राउ पूर्जी जारी भए राउतलाई अभद्र व्यवहारमा २५ दिनसम्म थुनामाराखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजायको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्न सक्ने अधिकार रहेको प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

 

 भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ ।


थप समाचार

कोरोना कर्कसःकृषि प्रणाली नभुलौ, यसले भविश्य पिरोल्न सक्छ सचेत बनौ

  • 14 minutes ago
कोरोना कर्कसःकृषि प्रणाली नभुलौ, यसले भविश्य पिरोल्न सक्छ सचेत बनौ

विगत ३ महिना देखि समस्त विश्वलाई कोरोना भाईरस (कोभिड—१९ ले आतंकित तुल्याएको छ । यसको चारित्रिक गुण अझै पत्ता लागिसकेको छैन । तीब्र गतिमा फैलने संक्रमणको रोकथाम तथा त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने स

एट्लेटिको मड्रिडले खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने

  • 26 minutes ago
एट्लेटिको मड्रिडले खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने

एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडले खेलाडीहरुको पारिश्रमिकमा ७० प्रतिशत कटौती गर्ने भएको छ । खेलाडीहरुले क्लबमा कार्यरत ४ सय ३० कर्मचारीको तलव वितरणलाई सहज बनाउनको लागि क्लबलाई सहयोग गरेका हुन्

अष्ट्रेलियामा कोरोना कहरः कति पुगे संक्रमित र मृतकको संख्या ?

  • 29 minutes ago
अष्ट्रेलियामा कोरोना कहरः कति पुगे संक्रमित र मृतकको संख्या ?

सिड्नी । अष्ट्रेलियाका विभिन्न १७ नर्सिंग होममा ४१ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । संघीय स्वास्थ्य विभागका अनुसार गएको दुई दिनमा मात्रै थप सात जना नर्सिंग होमका रेसिडेन्टमा कोरोना देखिएपछि



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।