राष्ट्रपति र प्रधानमन्त्री ओलीका बारेमा मनपरि लेख्ने पक्राउ

  • मंगलबार, १५ जेष्ठ, २०७५
  • 11 months ago
  • नेपाल

काठमाडौं । फेसबुकमा जथाभावी लेख्ने र पोष्ट गर्ने एक युवकलाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेर प्रहरी प्रधान कार्यालय काठमाडौं ल्याएको छ । 

 

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीका बारेमा जथाभावी लेख्ने कावासोती नगपालिका–१ कोइलापानीका जुंगे भनिने सुरज भुसाललाई सोमबार उनकै घरबाट पक्राउ गरेको हो ।

 

भुसालले दुई साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा प्रधानमन्त्री ओली र मोदीको अंगालो हालेको फोटोमा मोदीको टाउकोमा राष्ट्रपति विद्यादेवी भण्डारीको टाउको जोडेर जथाभावी लेखेका थिए ।

 

फेसबुक स्टाटसका आधारमा पक्राउ गरेर बुझाउनु भन्ने आदेश दिएकाले भुसाललाई पक्राउ गरेर काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । 


थप समाचार

यदी मैले खेलाडी छान्न पाइन भने क्लब छोडिदिन्छुः जिदान

  • 7 minutes ago
यदी मैले खेलाडी छान्न पाइन भने क्लब छोडिदिन्छुः जिदान

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले खेलाडी छनोटमा आफू स्वतन्त्र हुनुपर्ने धारणा व्यक्त गरेका छन् । घरेलु लिग ला लिगको अन्तिम खेल अघि शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले त्य

हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य

  • 13 minutes ago
हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य

भद्रपुर । झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्निप्रतिरोधात्मक सामग्री अनिवार्यरूपमा राख्नुपर्ने नियम लागू गरेको छ ।

उपकरण आउन ढिला भएपछि वन्यजन्तु अस्पताल प्रयाेगविहीन

  • 19 minutes ago
उपकरण आउन ढिला भएपछि वन्यजन्तु अस्पताल प्रयाेगविहीन

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहास्थित वन्यजन्तुको अस्पतालको भवन निर्माण भए पनि उपकरण आउन ढिलाइ भएपछि प्रयोगविहीन बनेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।

विचित्र विश्व

दैनिक रक्सी पिउनुहुन्छ ? यी कुरा थाहा पाइराख्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ ? यी कुरा थाहा पाइराख्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।