अवैध सुनका गरगहनासहित एक भारतीय पक्राउ

  • शुक्रबार, २५ साउन, २०७५
  • 2 months ago
  • नेपाल

काठमाडौं । बाराबाट प्रहरील २५ ग्राम अवैध सुनका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला झारना ग्राम वडा नं ३ बस्ने जोखन साह सोनारको छोरा जितेन्द्र साह सोनार रहेका छन् ।

 

कलैया उपमहानगरपालिका वडा नं १ स्थित सडकमा कलैयाबाट बरियारपुर तर्फ जाँदै गरेको भारतीय नम्बर बीआर ०५ यू २९२३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा जितेन्द्रको साथबाट अवैध सुनका गरगहना फेला परेको थियो ।

 

गहनाको मुल्य १ लाख २२ हजार ६ सय ६३ रहेको प्रहरीको भनाइ छ । सुनका तयारी गरगहना फेला पारेको हुदाँ जितेन्द्र साह सोनारलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार पठाईएको जिल्ला प्रहरी कार्यालय बाराबा प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिए ।

 

त्यसैगरी, बारा प्रहरीले सवारी ज्यान मुद्धामा दोषी ठहर भई फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । साउन २३ गते ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले गोसाईलाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्दा दायर गरेको छ ।


थप समाचार

लण्डनको पशुपतिनाथ मन्दिरमा पनि भित्र्याइयो फूलपाती 

  • 57 minutes ago
लण्डनको पशुपतिनाथ मन्दिरमा पनि भित्र्याइयो फूलपाती 

लण्डन । नेपालीहरुको महान पर्व विजया दशमीको सातौं दिन लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा पनि फूलपाती भित्र्याइएको छ । 

रश्मोरको दौडमा नेपालीहरुको उत्साहजनक सहभागिता

  • 3 hours ago
रश्मोरको दौडमा नेपालीहरुको उत्साहजनक सहभागिता

अल्डरसटस्थित कुइन्स एभिन्युमा आयोजित दौडमा उल्लेख्य संख्याका नेपालीसहित बेलायती र केहि अरु समुदाय समेत गरेर लगभग १६ सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।१० किमी दौड र फन रन दुवैमा नेपालीहरु उत्सा

दशैंको अवसरमा विहिबार र शुक्रबार लण्डनको नेपाली दूतावास बन्द रहने

  • 4 hours ago
दशैंको अवसरमा विहिबार र शुक्रबार लण्डनको नेपाली दूतावास बन्द रहने

लण्डन । लण्डनस्थित नेपाली दूतावास यहि अक्टोबर १८ विहिबार तथा १९ तारिख शुक्रबारका दिन बन्द रहने भएको छ । नेपालीहरुको महान पर्व दशैंका अवसरमा महानवमी र विजया दशमी गरी २ दिन दूतावास बन्द हुने भएको हो ।



भिडियो

प्रेम र यौन

यी हुन् सेक्स टुरिजमको लागि प्रख्यात १० देश

यी हुन् सेक्स टुरिजमको लागि प्रख्यात १० देश

केही मानिसहरुका लागि टुरको योजना फुल रोमान्चकता हुन्छ । सेक्स टुरिज्म यस्तै रोमान्चकताको एक भाग हो । जो कयौं देशका लागि सबै छिटो र धेरै कमाइ गर्ने स्रोत पनि हो । जहाँ ग्राहकका रुपमा धेरै पुरुषहरु सहभागी हुन्छन् भने सर्विसका लागि बढी महिला । करोडौंको कारोबार गर्ने यस उधोगका कारण देशलाई अत्यन्तै फाइदा पुग्ने गरेको छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो तरिका

श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो तरिका

श्रीमान् वा श्रीमती परपुरुष तथा परस्त्रीसँग सल्केको थाहा पाउन भने कठिन छ । तर, यही विषयलाई गरिएका केही अध्ययनहरुले भने पत्ता लगाउन सकिने दाबी गरेका छन् । यहाँ महिलाहरुले आफ्ना श्रीमान हुँदाहुँदै पनि परपुरुषसँग राखेको सम्बन्धकाबारेमा थाहा पाउन सकिने केही उपाय र तरिकाकोबारेमा चर्चा गर्न लागिएको हो ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।