कालिमाटीपछि बल्खु तरकारी बजारमा बिहानै सरकारको छापा, व्यापारी पक्राउ

  • सोमबार, ११ भदौ, २०७५
  • 2 months ago
  • अर्थ

काठमाडौं ।  कालिमाटी तरकारी बजारको अनुगमन गरेर अनियन्त्रित मूल्य घटाउन सफल भएका वाणिज्य तथा आपूर्तिमन्त्री  माृतका यादवको निर्देशनमा एक टोलीले सोमबार (आज) बिहानै बल्खुस्थित तरकारी तथा फलफूल बजारको छापा मारेको छ । 

 

उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोली सोमबार बिहान पाँच बज्नुअघि नै बल्खुस्थित बजार पुगेका थिए । विभागले छापा मार्दा व्यापारी रवि साह पक्राउ परेका छन् ।

 

विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा पुगेको सरकारी टोलीलाई व्यापारीहरुले अवरोध गरेपछि झडपको अवस्था उत्पन्न भएको थियो । केही दिनअघि कालिमाटी तरकारी बजारमा मूल्य अनुगमन गर्न गएको सरकारी टोलीलाई व्यवसायीले घेरा हालेर भित्रै थुनेका थिए । 

 

पुनः त्यस्तै घटना हुन सक्ने आशंकामा बल्खु बजार क्षेत्रमा सुरक्षा कडा पारिएको थियो । अनुगमनका क्रममा तरकारीको खरिब मूल्य स्पष्ट भएको बिल देखाउन नसक्दा तरकारी लोड गरिएको एउटा ट्रकलाई नियन्त्रणमा लिइएको छ ।

 

यादवमा स्वकीय सचिव सन्तोष विष्टले सबै प्रकारका अनियमितता र बेथितिलाई शून्यमा नझारेसम्म अनुगमन नरोकिने बताए । ‘यो देखाउन र रातारात चर्चित बन्ने रहरले गरिएको होइन’, विष्टले भने, ‘अबदेखि क्यालेण्डर बनाएरै समय समयमा अनुगमन भइराख्छ ।’ 

 

मन्त्री यादवले कालिमाटी बजारको अनुगमन गरी गल्ती गर्नेलाई कारबाही गरेपछि उपत्यकामा तरकारीको मूल्य २० देखि ३० प्रतिशतसम्मले घटेको छ ।


थप समाचार

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 5 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 5 hours ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत

बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

  • 5 hours ago
बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

दुल्लु । दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।