IIMS College

ISMT

HUB Education

एक भारतीयसहित ४ जनालाई लागुऔषध मुद्दा

  • आइतबार, २७ जेष्ठ, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

नवलपरासी । पश्चिम नवलपरासीमा लागूपदार्थसहित पक्राउ परेका एक जना भारतीय नागरिकसहित ४ जनालाई प्रहरीले लागूऔषध मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाएको छ। 

 

गत जेठ २४ गते अवैध लागूपदार्थसहित पक्राउ परेका चारै जनालाई कानूनअनुसार लागूऔषधअन्तर्गत मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो। 

 

पक्राउ पर्नेहरुमा म्याग्दी मल्कवाङ घर भएका २२ वर्षीय कुमार छन्त्याल र कास्की पोखरा लेखनाथ महानगरपालिका–१९ बस्ने २२ वर्षीय अशोक परियार, नवलपरासी रामग्राम नगरपालिका–९ कमैनी बस्ने २५ वर्षीय दुर्योधन कुशवाहा र भारत उत्तरप्रदेश जिल्ला महाराजगञ्ज थाना निपोनिया बस्ने ३५ वर्षीय रमेश चन्द रहेका छन्। 

 

प्रहरीले सन्त्याल र परियारलाई लागूऔषधसहित रामग्राम नगरपालिका–३ रामखण्ड पुल क्षेत्रबाट रंगेहात पक्राउ गरेको हो भने कुशवाहा रामग्राम नगरपालिका–३ बाट र चन्द्रलाई पाल्हिनन्दन गाउँपालिका–५ चमन टोला क्षेत्रबाट रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

 

प्रहरीले सन्त्याल र परियारको साथबाट डाइजापाम २५ एम्पुल, फेनरागन २५ एम्पुल, नुर्फिन २५ एम्पुल र नाइट्राभेट–१० १ सय ५० ट्याब्लेट लागुऔषध बरामद गरेको थियो भने कुशवाहा र चन्दका साथबाट नुर्फिन ५० एम्पुल, डाइजापाम ५० एम्पुल र फेनरागन ५० एम्पुल बरामद गरेको थियो। 

 

गोप्य सूचनाका आधारमा पक्राउ परेका चारै जनालाई लागूऔषध मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता० पश्चिमले जनाएको छ। 

 

यसैगरी, प्रतिबन्धित लागुऔषधसहित एक जनालाई प्रहरीले पूर्वी नवलपरासीबाट शनिबार पक्राउ गरेको छ। नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० विनयीत्रिवेणी गाउँपालिका–७ ब्यारेज पुल क्षेत्रबाट प्रहरीले रुपन्देही तिलोत्तमा नगरपालिका–१ बस्ने २२ वर्षीय मनिष थापालाई पक्राउ गरेको हो। 

 

प्रहरीले थापाका साथबाट नोट्रोजेपाम ट्याब्लेट ३० र स्पास्मो प्रोक्सभोनप्लस क्याप्सुल ७२ वटा गरी कूल १ सय २ वटा लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ। 

 

भारतबाट नेपालतर्फ आइरहेका अवस्थामा थापालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्दा सो लागुऔषध बरामद भएपछि थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता) पूर्वले जनाएको छ। 


थप समाचार

कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

  • 20 minutes ago
कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ । उनको उपचारका क्रममा गए राति निधन भएको हो ।

कोरोना भाइरस तीब्र रुपमा फैलिन थालेपछि अष्ट्रेलियाका प्रधामन्त्रीले ल्याए झन् कडा नियम

  • 22 minutes ago
कोरोना भाइरस तीब्र रुपमा फैलिन थालेपछि अष्ट्रेलियाका प्रधामन्त्रीले ल्याए झन् कडा नियम

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण हालसम्म १८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ४ हजार १६३ पुगेको छ । आजमात्रै एक जनाको भाइरसका कारण ज्यान गएको छ । कोरोना भाईरस फैलिन क्रम नरोकि

अष्ट्रेलियामा ९ जना नेपाली कोरोना भाइरसबाट संक्रमित

  • 28 minutes ago
अष्ट्रेलियामा ९ जना नेपाली कोरोना भाइरसबाट संक्रमित

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । यसको संक्रमणबाट नेपालीहरु पनि अछुतो रहेका छैनन् । पछिल्लो रिपोर्ट अनुसार यो भाइरसबाट ९ जना नेपाली संक्रमित भएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।