IIMS College

ISMT

HUB Education

ज्यान र हतियार खरखजाना मुद्दामा पक्राउ

  • मंगलबार, २९ पुष, २०७६
  • 5 days ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । कर्तव्य ज्यान र हातहतियार खरखजाना मुद्दामा अदालतबाट १३ वर्षको कैद सजाय पाएर फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।  कर्तव्य ज्यान मुद्दामा १० वर्ष र हातहतियार खरखजाना मुद्दामा तीन वर्ष कैद तथा रु एक लाख जरिवाना सजाय पाएका सिरहा, कल्याणपुर नगरपालिका ८ निवासी ३५ वर्षीय मोहम्मदहसिद राइन साहजीलाई सोमबार साँझ प्रहरीले करीब चार वर्षपछि पक्राउ गरेको हो ।

 

जिल्ला अदालत सिरहाले कर्तव्य ज्यान मुद्दामा गत २०७१ असोज २ गते साहजीलाई १० वर्ष कैद र हातहतियार खरखजना मुद्दामा विसं २०७२ चैत ८ गते तीन वर्ष कैद तथा रु एक लाख जरिवानाको फैसला गरेको थियो । अदालतको फैसला लगत्तै  फरार भएका साहजीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । 

 

यस्तै प्रतिबन्धित लागुऔषध गाँजासहित इलाका प्रहरी कार्यालय मिर्चैयाले मिर्चैया नगरपालिका २ निवासी ५५ वर्षीय राशलाल मण्डललाई पक्राउ गरेको छ ।  अभियुक्त मण्डलका साथबाट १६० ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै नेपालबाट भारततर्फ अवैध रुपमा तस्करी गरिरहेको भैैंसीसहित प्रहरीले सिरहा– २० दशगज्जास्थित लगडीगदियानीबाट एक भारतीयलाई पक्राउ गरेको छ । यसैगरी प्रहरी चौकी लकडीगदियानीबाट खटिएको गस्ती टोलीले भारततर्फ लैजाँदै गरेको चार भैंसीसहित भारतको खजुरी पञ्चायत ४ निवासी ४० वर्षीय अबुल कलामलाई पक्राउ गरेको छ ।


थप समाचार

यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

  • 10 minutes ago
यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

एजेन्सी । अहिले जाडो मौसम रहेकाे छ । देशका कतिपय चिसा ठाउँहरुमा त हिउँ परिरहेका छन् । चिसो बढ्दा मानिसको जीवनशैलीमा परिवर्तन पनि ल्याउँछ । सामान्य ख्याल नराखेपनि अत्यधिक चिसोको कारणले मानिसको ज्यान नै

‘तानाजी’ले १० दिनमा उठायो लगानी

  • 14 minutes ago
‘तानाजी’ले १० दिनमा उठायो लगानी

एजेन्सी । अजय देवगन स्टारर ‘तानाजीः द अनसंग वारियर’ले १० दिनमा आफ्नो लगानी उठाएको छ । १५० करोडको बजेट रहेको यस फिल्मले घरेलु बक्स अफिसमा सोमबारसम्म १६७.४५ करोड रुपैयाको कारोबार गरेको छ ।

राजपरिवार त्यागेपछि पहिलो पटक ह्यारीको भावुक सम्वोधन

  • 22 minutes ago
राजपरिवार त्यागेपछि पहिलो पटक ह्यारीको भावुक सम्वोधन

एजेन्सी । बेलायती महारानी एलिजावेथका कान्छा नाती प्रिन्स ह्यारीले आफू तथा श्रीमती मेगन मर्केलले राजपरिवार छोडेकोबारेमा प्रष्ट पारेका छन् । आइतबार राति भएको एक कार्यक्रममा आफूहरुको निर्णयको बारेमा आएका



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी, ५१ घडी ५३ पला, रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट ।

विचित्र विश्व

यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

एजेन्सी । अहिले जाडो मौसम रहेकाे छ । देशका कतिपय चिसा ठाउँहरुमा त हिउँ परिरहेका छन् । चिसो बढ्दा मानिसको जीवनशैलीमा परिवर्तन पनि ल्याउँछ । सामान्य ख्याल नराखेपनि अत्यधिक चिसोको कारणले मानिसको ज्यान नै जान्छ ।