IIMS College

ISMT

HUB Education

यौन दुव्र्यवहारको आरोपमा पशु प्राविधिक पक्राउ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । यौन दुव्र्यवहारको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पशु प्राविधिक पक्राउ परेका छन् । भेटेरिनरी विषयको ओजेटी गरिरहेकी छात्रालाई यौन दुव्र्यहार गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएपछि नगरपालिकाका पशु प्राविधिक गणेश आचार्य पक्राउ परेका हुन् । 

 

आचार्यमाथि आफ्नै कार्यकक्षमा ओजेटीमा आएकी छात्रालाई यौन दुव्र्यहार गरेको अभियोगसहित उजुरी परेपछि मङ्गलबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए । “आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै छात्राले उजूरी दिएलगत्तै आरोपित आचार्यलाई पक्राउ गरिएको छ”, उनले भने, “पक्राउ परेका आचार्यलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको छ ।” 

 

जबरजस्ती करणी प्रयास उद्योग महलअन्तर्गत मुद्दा दर्ता गरेर कारवाही थालिएको आचार्यलाई बिहीबार जिल्ला अदालतमा लगेर म्याद थप्ने तयारी गरिएको प्रहरीले जनाएको छ । आज सार्वजनिक बिदा भएकाले बिहीबार मात्र आचार्यलाई अदालत हाजिर गराउने तयारी गरिएको प्रनाउ गौतमले बताए । 

 

प्रहरीमा उजूरी दिएर पीडक पक्राउ परेपछि उनका आफन्तले मिल्नका लागि फोन र भेटघाटमा दवाव दिइरहेको पीडित छात्राले गुनासो गरेकी छन् । स्रोतका अनुसार अध्ययनरत विद्यालयबाट ओजेटीमा नगरपालिका पठाइएका तीन जना विद्यार्थीमध्ये उनलाई यथास्थानमा राखेर दुई जनालाई भने पशु चिकित्सालय तथा विज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय दिक्तेलमा पठाइएको छ । 


थप समाचार

कृषकलाई प्रोत्साहन गर्न वाग्मती प्रदेश सरकारको यस्तो योजना

  • 1 minute ago
कृषकलाई प्रोत्साहन गर्न वाग्मती प्रदेश सरकारको यस्तो योजना

हेटौँडा । ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर

बागलुङ बजारमा साङ्गीतिक साँझ हुँदै

  • 4 minutes ago
बागलुङ बजारमा साङ्गीतिक साँझ हुँदै

गलकोट । बागलुङ जिल्लामा सञ्चालित मानव सेवा आश्रमलाई सहयोग गर्न बागलुङ बजारमा साङ्गीतिक साँझ गरिने भएको छ । मानव सेवा आश्रममा रहेका बेसहारा तथा असहायको पालनपोषणमा सहयोग पुर्याउने उद्देश्यका साथ गलकोट य

मेसीले जिते लौरियस वल्र्ड स्पोर्टसम्यान अवार्ड

  • 30 minutes ago
मेसीले जिते लौरियस वल्र्ड स्पोर्टसम्यान अवार्ड

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेसीले लौरियस स्पोर्टस्म्यान अवार्ड जितेका छन् । सोमबार राति जर्मनको बर्लिनमा भएको कार्यक्रममा उनले पहिलो पटक उक्त अवार्ड जितेका हुन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

विचित्र विश्व

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

एजेन्सी । विश्वमा फरक समयमा फरक मानिसहरु शक्तिशाली व्यक्तिको रुपमा परिचित रहेका छन् । इतिहासमा राज्यको राजालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो ।