IIMS College

ISMT

HUB Education

५ किलो अफिमसहित ३ जना पक्राउ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

तुलसीपुर । अवैध लागूऔषध अफिमसहित सोमबार दाङमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। 

 

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा रोल्पा पाछावाङ–७ घर भई हाल घोराही उपमहानगरपालिका–१२ बस्ने ३१ वर्षीय शक्तिराम वली, रुकुम भुमे गाउँपालिका–८ बस्ने २७ वर्षीय एलनकुमार रोकामगर र भुमे गाउँपालिका–६ बस्ने २८ वर्षीय देवबहादुर ओली रहेका छन्। 

 

उनीहरुको साथबाट ५ केजी २ सय ग्राम अफिम बरामद गरिएको पनि प्रहरी प्रमुख सिंहले जानकारी दिए। उनीहरुलाई घोराही उपमहानगरपालिका–१५ मा अफिमको कारोबार भइरहेको भन्ने गोप्य सूचना पाएपछि प्रदेश ५ को प्रहरी कार्यालय, तुलसीपुर र जिल्ला प्रहरी कार्यालय, दाङबाट गएको टोलीले पक्राउ गरेको हो। 

 

पक्राउ परेकाका बारेमा थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ। रासस


थप समाचार

कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

  • 12 minutes ago
कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ । उनको उपचारका क्रममा गए राति निधन भएको हो ।

कोरोना भाइरस तीब्र रुपमा फैलिन थालेपछि अष्ट्रेलियाका प्रधामन्त्रीले ल्याए झन् कडा नियम

  • 14 minutes ago
कोरोना भाइरस तीब्र रुपमा फैलिन थालेपछि अष्ट्रेलियाका प्रधामन्त्रीले ल्याए झन् कडा नियम

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण हालसम्म १८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ४ हजार १६३ पुगेको छ । आजमात्रै एक जनाको भाइरसका कारण ज्यान गएको छ । कोरोना भाईरस फैलिन क्रम नरोकि

अष्ट्रेलियामा ९ जना नेपाली कोरोना भाइरसबाट संक्रमित

  • 20 minutes ago
अष्ट्रेलियामा ९ जना नेपाली कोरोना भाइरसबाट संक्रमित

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । यसको संक्रमणबाट नेपालीहरु पनि अछुतो रहेका छैनन् । पछिल्लो रिपोर्ट अनुसार यो भाइरसबाट ९ जना नेपाली संक्रमित भएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।