विज्ञापनको व्यापार, सबैतिर व्यापक

  • मंगलबार, ४ मंसिर, २०७५
  • 2 months ago
  • युके
डा. बच्चु कैलाश कैनी

 

- डा. बच्चु कैलाश कैनी

 

विज्ञापन समयको माग हो । सबैलाई आफ्नो व्यापार, व्यवसाय, नाम र सामान बिकाउने अचुक उपाय हो विज्ञापन । विज्ञापनको क्षेत्र पनि दिन प्रतिदिन ठूलो हुँदैछ । हरेक जिल्ला, शहर, प्रदेशमा छ्यापछ्याप्ती खुलेका टेलिभिजन, रेडियो, पत्रपत्रिकादेखि तुल, ब्यानर, पोस्टर, पम्प्लेटसम्म जताततै विज्ञापनको व्यापार चलेको छ । विज्ञापनको व्यापार गर्न सामाजिक संजाल त आधुनिक जमानाको आधुनिक माध्यम नै भयो । 

 

भनिन्छ, ’बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन ।’ त्यसैले होला विज्ञापनको व्यापार खुब चलेको छ आजकल । गाउँ, शहर, तराई, पहाड वा हिमाल सबैतिर बोल्नेको पिठो बिकेको बिक्यै ्छ । बोल्न नसक्ने वा केही देखाउन नसक्नेहरु केही गर्न सक्ने हुँदा हुदैं पनि दबिएर बसेका छन । हाम्रो संस्कृतिको एकदम अभिन्न अंग बनेको छ विज्ञापनको व्यापार ।

 

यसो नाम चलेका पत्रिकाको पेज पल्टाउने हो भने समाचार भन्दा धेरै विज्ञापन छापिएका भेटिन्छन् । विज्ञापन पनि थरि थरिका हुन्छन । एउट्टै जडिबुटी वा औषधिले रुघाखोकी, सुगर, प्रेसर, टाउको दुखेको, बाथ, ज्वरोदेखि क्यान्सरसम्मको उपचार हुने विज्ञापन नाम चलेका पत्रपत्रिकामा छापिन्छन् । त्यसैको लहलहैमा लागेर रोगलाई झन् झन् जटिल बनाउनेको संख्या यहाँ धेरै नै छ । न कतै दर्ता हुनु पर्ने, न कसैबाट प्रमाणीकरण गर्नु पर्ने । जे लेखे पनि हुने, जस्तो पनि छापिने । पैसा कमाउन छापिने यस्ता विज्ञापनमा झुठा व्यापार हुने सबैलाई प्रस्ट छ । तर पनि विज्ञापन बिना रोकतोक चलेकै छन् ।

 

केही हजार रुपैयाँ लिएर फर्म भर्न लगाएर  रोजगारी दिने ग्यारेन्टी लिने पनि सजिलै विज्ञापनको व्यापार गर्न सफल भएका छन् । न कुनै कार्यालय हुनुपर्ने, न केही काम नै हुनुपर्ने । अमुर्त वा अनलाइन कामको लागि रोजगारी दिने धेरै छन् आजकल शहर बजारमा । जागिर नहुनेको लागि जागिर दिने ग्यारन्टी दिने गरी तालिम दिने पनि बिज्ञापनको व्यापार पनि नेपाल जस्तो बेरोजगारीको समस्या भएको देशमा सजिलै चलेको छ ।

 

बैदेशिक रोजगारको के कुरा गर्नु ? नाम चलेका पत्रपत्रिकाका धेरै पेजहरु बैदेशिक रोजगार सम्बन्धित विज्ञापनले भरिएका हुन्छन । फ्री भिसा, फ्री  टिकट र आकर्षक रोजगार भने पनि यी सबै कुरा विज्ञापनमा मात्रै सिमित छन् । धेरैजसो दलाल र ठगहरुको बिगबिगी छ यो क्षेत्रमा । विज्ञापन जति लोभ लाग्दो हुन्छ त्यति धेरै पीडा छ यो क्षेत्रमा । यो क्षेत्रमा धेरै नै विज्ञापनको व्यापार खुलआम झुटको व्यापारको रुपमा चलेको छ । सरकारले थाहा पाए दिन दहाडै धेरै विज्ञापनको व्यापारमा फसेर धेरै नेपाली युवा युवतीहरुको बेहाल भएको छ ।

 

कोही विदेशमा सजिलै पढ्न पठाउने र कोही पढाईको नाउँमा काममा पठाइदिने आदि विज्ञापन धेरै चलेको छ आजकल हाम्रा शहर बजारमा । स्कुल र कलेजको विज्ञापन हेर्ने हो भने सबै उत्कृष्ट परिणाम ल्याउने मात्रै छन् यहाँ । कुनै पनि स्कुल कलेजमा भर्ना हुने वित्तिकै सबै उत्तिर्ण हुने वा सबैको उत्कृष्ट परिणाम आउने पक्का हुने जस्तै गरी विज्ञापन गरिन्छ । लाग्छ हाम्रा कलेज र स्कुलका भौतिक पुर्वाधारहरु र शिक्षकहरु पनि अमेरिका, यूरोप र धेरै विकसित मुलुकका भन्दा धेरै अघि छन्  ।

 

एकाथरी छन् जो निशुल्क आफ्नो विज्ञापन गर्न माहिर छन् । जस्तै पत्रकार मित्रहरुलाई प्रभावमा परेर, पत्रिकाका सम्पादक वा कर्मचारीलाई भोज भतेरमा आमन्त्रण गरेर आफ्नो समाचार छापेर समाचाररुपी निशुल्क विज्ञापनको व्यापार गर्नेहरु पनि छन । यो कसैलाई गाह्रो लाग्ने काम भए पनि धेरैको लागि भने सस्तो र भरपर्दो उपाय बनेको छ ।

 

आजकल अनलाइन पत्रपत्रिकाको बाढी नै आएको छ । अधिकांश कपी र पेस्टको भरमा चल्ने पत्रपत्रिकाले धेरैको लागि समाचाररुपी निशुल्क विज्ञापनको व्यापार गर्ने सहज बनाइदिएको छ । सम्पादकहरुको लागि छापिने सामाग्री पनि हुने, कतिको निशुल्क विज्ञापनको व्यापार पनि हुने । दुवै पक्षको लागि यो भन्दा सजिलो काईदा के हुने ? 

 

अहिले समाजसेवामा पनि विज्ञापन खुब चलेको छ । यसो दुई चार हजार दान गर्यो । मान, समान र खादा ग्रहण गर्यो । सामाजिक संजाल रंगायो । दान दिने र लिने दुवैको चर्चा । जतातेतै वावाही बटुल्यो । बधाई लिने फुर्सद नै नहुने । उस्तै परे प्रमाणपत्र सधैंको लागि भित्तामा झुण्डिने । त्यो भन्दा ठूलो विज्ञापन के हुन्छ ? लिने र दिने दुवैको विज्ञापन । त्यसैले त् चलेको छ समाज सेवामा पनि विज्ञापनको व्यापार ।

 

सामाजिक संजालमा गरिने विज्ञापनको झन् के कुरा गर्नु ? को अछुतो त सामाजिक संजालबाट आजकल ? आफ्नो तस्विर वा आफ्नो प्रचार, आफ्नो लेख रचना सित्तैमा प्रकाशन गर्न कसैको अनुमति लिनु नपर्ने, कहीं सेन्सर नहुने एक रत्ति पनि पर्खन नपर्ने सजिलो माध्यम बनेको छ सामाजिक संजाल । त्यति मात्रै हैन राजनीतिक एजेन्डा, टोल, गाउँघर सबैतिर सबैको सुचना छाप्ने, विज्ञापन गर्ने आदी माध्यम हो सामाजिक संजाल । कार्यालय, संघसंस्था, धर्म, जनजाति आदिको प्रचार प्रसार गर्ने निशुल्क माध्यम  बनेको छ सामाजिक संजाल । त्यसैले सामाजिक संजाल पनि विज्ञापन को व्यापारको लागि अपार भएको छ ।

 

आजकलको युगमा विज्ञापन व्यापार व्यवसायको अभिन्न अंग हो । विज्ञापन अर्थतन्त्रको एक भाग हो । तर, विज्ञापनको नाममा झुठा आश्वासन दिनु, गलत कुराको प्रबद्र्धन गर्नु र आत्मप्रचार गर्नु ठीक हैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा विज्ञापनका आफ्नै नियम र मान्यताहरु हुन्छन । तर, जसले जे छापे पनि हुने जस्तो गरी विज्ञापनको खुलेआम रुपमा गलत व्यापार भइरहेको छ । सामाजिक संजालमा कतिपय कुराको दुरुपयोग भइरहेको छ ।

 

सरकार ठूला ठूला नारामा व्यस्त छ । रेल, पानीजहाज, ठूला ठूला आयोजना नै सरकारको प्राथमिकतामा परेका छन् । आम जनताका सानातिना समस्याको कसले कुरा गर्ने ?  विज्ञापनको व्यापार गरेर ठगी गर्ने गिरोह टोल टोलमा सबैले देख्ने गरी फस्टाउँदा पनि  लाग्छ यहाँ न त सरकार भएको भान हुन्छ न कसैले वास्ता गरेको जस्तो नै लाग्छ ।

 

विज्ञापनको कुन व्यापार सही हो र कुन व्यापार गलत हो आफैले छुट्टाउने हो । आफै सचेत हुने हो । विज्ञापनमा हुने बढाई चढाई र झुठा कुरादेखि आफै बच्ने हो । सही सही नै हुन्छ र गलत गलत नै ।  कोही आत्मारतिमा रम्ने गरेको छ भने त्यो क्षणिक हो । विज्ञापनको व्यापार सबैको लागि अपार र व्यापक बनाई दिने हामीले नै हो । त्यसैले हामी नै सचेत र सजग हुनु जरूरी छ ।

 


थप समाचार

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 23 minutes ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 25 minutes ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।

रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

  • 36 minutes ago
रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

नयाँ दिल्ली । शुक्रबार रिलिज भएको चलचित्र ‘गल्ली ब्वाय’बाट रणवीर सिंहले आफुलाई एकपटक फेरि प्रमाणित गरेका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।