प्रहरी इन्काउन्टरमा परेका गुण्डा नाइके लामा को हुन् ? यस्तो थियो धन्दा

काठमाडौं । सोमबार दिउँसो मोस्ट वान्टेडको सूचिमा रहेका गुण्डा नाइके अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । शंखमुलस्थित यूयनपार्कमा महानगरीय अपराध महाशाखाको विशेष टोलीले लामालाई गोली प्रहार गरेको हो । 

 

विभिन्न अपराधमा पक्राउ पर्दै छुट्दै आएका र पछिल्लो समय व्यापारीलाई धम्क्याउँदै आएका अशोक लामालाई प्रहरीले गोली हानेको हो ।

 

लामाले ललितपुरका क्रसर व्यवसायी तथा जग्गा व्यवसायीहरुलाई धम्क्याउँदै आएका थिए । उनीसँगै रहेका २ जना भने भागेको महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जनाए ।

 

ललितपुरको युएन पार्क नजिकै पक्राउ गर्न खोज्ने क्रममा भागेपछि गोली हानिएको र लामाको दायाँ खुट्टाको पिँडौलामा गोली लागेको प्रमुख सिंहले बताए । 

 

घाइते भएका लामालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । उनीबाट एउटा पेस्तोल र २ राउन्ड गोली पनि बरामद भएको प्रहरीले जनाएको छ । 

 

को हुन् लामा ? 

 

ललितपुर गिम्दी ८ का स्थानीय बासिन्दा ३८ वर्षीय लामा अपराधको दुनियाँमा चर्चामा नआए पनि उनको धन्दा क्यासिनोमा लगानी गर्ने र मिटरब्याजमा पैसा लगाउने रहेको थियो।

 

लामा करिब एक दशकदेखि गुन्डागर्दीमा सक्रिय व्यक्ति हुन्। प्रहरीका अधिकारीका अनुसार यसअघि उनले २ जनाको हत्या प्रयास गरेका थिए। जसमा पक्राउ परी उनी छुटेका हुन् । सार्वजनिक अपराध मुद्दामा पनि उनी पटक पटक पक्राउ परेका थिए । 

 

उनी काभ्रेली समूहनिकट व्यक्ति हुन् । ललितपुरका व्यवसायीहरुलाई उनले धम्काएर पैसा उठाउने गरी उजुरी आएको एसएसपी सिंहले बताए । काभ्रेली समूहका दावा लामासँग मिलेर उनले जुवा खेलाउने गरेका थिए । 


थप समाचार

टोकोपेडीयाले जुटायो एक अर्ब १० करोड डलर लगानी

  • 4 minutes ago
टोकोपेडीयाले जुटायो एक अर्ब १० करोड डलर लगानी

जकार्ता । इन्डोनेसियाको इ–कमर्स साइट टोकोपेडीयाले जापानको सफ्टबैंक र चीनको अलिबाबा समेतका लगानीकर्ताबाट एक अर्ब १० करोड अमेरिकी डलर लगानी जुटाएको बुधबार घोषणा गरेको छ ।

टेन्सेन्ट म्यूजिकको एक अर्ब डलरको आइपिओ

  • 7 minutes ago
टेन्सेन्ट म्यूजिकको एक अर्ब डलरको आइपिओ

न्यूयोर्क । चिनीया प्रविधि क्षेत्रको विशाल कम्पनी टेन्सेन्टद्वारा प्रबद्र्धित टेन्सेन्ट म्यूजिकले संयुक्तराज्य अमेरिकामा १ अर्ब ७ लाख डलरको शेयर निष्काशन गर्ने घोषणा गरेको छ ।

पपुआ विद्रोहीबाट आत्मसमर्पणको प्रस्ताव अस्वीकार

  • 1 hour ago
पपुआ विद्रोहीबाट आत्मसमर्पणको प्रस्ताव अस्वीकार

जकार्ता । इन्डोनेसियाली सेनाले आत्मसमर्पण गर्न गरेको आग्रहलाई पृथकतावादी पपुआ विद्रोही समूहले बुधबार अस्वीकार गरेको छ । पपुआ विद्रोहीले गत साता निर्माण कार्यमा संलग्न कम्तीमा १६ जना कामदारको नृशंस हत्



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।