एशिया कप छनाैटमा नेपालकाे दाेस्राे विजय, सिंगापुर ४ विकेटले पराजित

  • आइतबार, १७ भदौ, २०७५
  • 3 weeks ago
  • खेल

काठमाडौँ । एशिया कप छनौट अन्तरगतको खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गर्दै दोस्रो विजय हात पारेको छ ।

 

टस जितेर ब्याटिङ रोजेको सिंगापुर नेपालको उत्कृष्ट बलिङ प्रदर्शनका अघि ४२ ओभरमा १ सय ५१ रनमा समेटिएको थियो ।

 

जीतका लागि १ सय ५२ रनको औसत लक्ष्य पाएको नेपालले उक्त लक्ष्य मात्र २८.१ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो ।

 

नेपालका बलरहरुको उत्कृष्ट बलिङका अगाडि सिङ्गापुरका ब्याट्सम्याहरू निरिह देखिए । सिङ्गापुरका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन पनि जोड्न सकेनन् ।

 

सिङ्गापुरको शुरुवात राम्रो हुन सकेन । दुवै ओपनरलाई सोमपाल कामीले चौथो ओभरभित्र पभेलियन फर्काए ।

 

नेपालका लागि ओपनर अनिल कुमार साहले सर्वाधिक ४३ रन बनाए । यसक्रममा उनले ५ चौका र २ छक्का हिर्काए ।

 

दीपेन्द्र सिंह ऐरीले ३ चौका र एक छक्कासहित ३३ रन बनाए भने ज्ञानेन्द्र मल्लले २ छक्का र १ चौकासहित २९ रन बनाए । सागर पुन र सुवास खकुरेलले समान १४ रन बनाए ।

 

बलिङतर्फ सोमपाल कामीले २ विकेट लिए भने बसन्त रेग्मीले १ विकेट लिए । नेपालले शनिबार मलेसियाबिरुद्ध पहिलो जित हासिल गरेको थियो ।

 

अब नेपालले हङकङसँग १९ गते खेल्नेछ । 


थप समाचार

राहदानी विधेयक सर्वसम्मतिले पारित

  • 1 hour ago
राहदानी विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘राहदानी विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

खुर्शिदका हत्यारालार्इ कानुनकाे कठघरा ल्याइछाड्छाैँ : गृहमन्त्री थापा

  • 2 hours ago
खुर्शिदका हत्यारालार्इ कानुनकाे कठघरा ल्याइछाड्छाैँ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समूहले असोज ४ गते हत्या गरेका खुर्शिद आलमको हत्यारालाई कानूनको कठघरामा ल्याइछाड्ने बताएका छन् ।

महिला तथा बालिकामाथि अाक्रमण बढेपछि संसदमा चिन्ता

  • 2 hours ago
महिला तथा बालिकामाथि अाक्रमण बढेपछि संसदमा चिन्ता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई/मधेश जिल्लामा बालबालिका अपहरण र महिला तथा किशोरीमाथि तेजाब प्रहार गर्ने घटना बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने