एसियन गेम्सः नेपालको पदकविहीन यात्रा कायमै

  • मंगलबार, १२ भदौ, २०७५
  • 10 months ago
  • खेल
Education Park

काठमाडौँ ।  इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ । 

 

एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ ।

 

विगतका एशियाली खेलकूदमा नेपालले तेक्वान्दोबाट एक रजत र १३ कास्य, बक्सिङबाट छ कास्य र करातेबाट तीन कास्य जितेको थियो । जारी प्रतियोगितामा नेपालले २९ खेलमा सहभागिता जनाएको छ । 

 

प्रतियोगितामा सहभागी ४५ मुलुकमध्ये ११ दिनसम्म आइपुग्दा ३६ मुलुककले पदक जित्न सफल भएका छन् । हालसम्म पदक तालीकामा चीनले सर्वाधिक ८८ स्वर्ण, ६२ रजत र ४३ कास्य गरी १९३ पदक जित्दै पदक तालीकाको शीर्ष स्थानमा रहन सफल भएको छ । चीनलाई पच्छ्याउँदै जापानले ४३ स्वर्ण, ३७ रजत र ५७ कास्यसहित १३७ पदक जितेको छ । 

 

दक्षिण कोरियाले २९ स्वर्ण, २७ कांस्य, ४३ रजत गरी १०९, आयोजक इन्डोनेसिया २२ स्वर्ण, १६ रजत र २८ कास्यसहित ६६ पद जित्न सफल भएको छ ।

 

त्यसैगरी इरानले १७ स्वर्ण, १५ रजत, १५ कास्य, चाइनिज ताइपेईले १२ स्वर्ण, १२ रजत र १७ कास्य, उत्तर कोरियाले १२ स्वर्ण, ६ रजत र सात कास्य, थाइल्याण्डले नौ स्वर्ण, १० रजत र ३३ कास्य, भारतले आठ स्वर्ण, १३ रजत र २० कास्य, काजाकिस्तानले सात स्वर्ण, आठ रजत र २९ कांस्य जित्न सफल भइसकेका छन् ।

 

आजसम्म १९४ स्वर्ण, २९४ रजत र ४०७ कास्य गरी ९९५ पदकको छिनोफानो भइसकेको छ । एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन् । 

 

 


थप समाचार

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 1 hour ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 1 hour ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका

भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

  • 1 hour ago
भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

भरतपुर । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।