एशियाली खेलकुदः भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

  • मंगलबार, १२ भदौ, २०७५
  • 2 months ago
  • खेल

काठमाडौँ ।  इण्डोनेशियामा जारी १८ औँ एशियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ । 

 

इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालको एशियाड भलिबलमा यो पहिलो जित हो । 

 

यसअघिको समूह चरणको खेलमा नेपाल चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको थियो । 

 

नेपालले खेलको पहिलो सेट २८–२६ ले गुमायो । त्यसपछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले लगातार तीन सेट आफ्नो पक्षमा पा¥यो । 

 

नेपालले दोस्रो सेट २५–१६ ले जित्यो भने तेस्रो सेट ३०–२८ तथा चौथो सेटमा २५–१९ ले आफनो पक्षमा पार्दै प्रतियोगितामा सहज जित हात पा¥यो । 

 

नेपालले १३ औँ देखि १८औँ वरियताको लागि खेलेको हो । यो वरियताका लागि नेपालसँगै मङ्गोलिया, काजकस्तान र किर्गिस्तान रहेका छन् । नेपालले अब श्रीलङ्का र भियतनाममध्ये एक टोलीसँग खेल्नेछ । 

 


थप समाचार

प्रकाश दाहाल निधनकाे एक वर्ष, स्मृतिमा विभिन्न कार्यक्रम गरिदैँ

  • 11 minutes ago
प्रकाश दाहाल निधनकाे एक वर्ष, स्मृतिमा विभिन्न कार्यक्रम गरिदैँ

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको निधन भएको एक वर्ष पुगेको छ ।

मन्त्री हुस्सु बन्दा सचिव सरुवामा किचलो

  • 24 minutes ago
मन्त्री हुस्सु बन्दा सचिव सरुवामा किचलो

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि नै सरकार कानूनी झैझमेलामा फस्दै आइरहेको छ । यो सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्ति खारेज गरे पनि त्यो पनि न्यायपालिकाको उ

हरिबाेधनी एकादशी मेला भर्न शेषनारायण मन्दिरमा दर्शनार्थीकाे भीड

  • 32 minutes ago
हरिबाेधनी एकादशी मेला भर्न शेषनारायण मन्दिरमा दर्शनार्थीकाे भीड

काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित शेषनारायणको मन्दिरमा हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न आज दर्शनार्थीको भीड लागेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।