एशियाड अपडेटः चीनलाई ७६ स्वर्ण सहित १७४ पदक, भारतलाई ७ स्वर्ण

  • सोमबार, ११ भदौ, २०७५
  • 1 year ago
  • खेल

काठमाडौं । १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले ७६ वटा स्वर्ण, ५९ रजत तथा ३७ काँस्य पदक सहित कूल १७४ पदक जितेको छ । चीनले सबैभन्दा बढी स्विमिङतर्फबाट १९ स्वर्ण जितेको हो । 

 

त्यस्तै, एशियाडमा पदक जित्नेको दोस्रो स्थानमा जापान रहेको छ । जापानले ४० स्वर्ण, ३४ रजत तथा ४९ काँस्य पदक सहित १२३ पदक जितेको छ । कोरियले पनि २८ स्वर्ण, ३० रजत तथा ३७ काँस्यपदक सहित ९५ उपाधि जित्दा इरानले १४ स्वर्ण १२ रजत तथा १२ काँस्य जितेको छ भने आयोजक राष्ट्र इन्डोनेसियाले १३ स्वर्ण, १३ रजत तथा २५ काँस्य सहित ५१ पदक जितेको छ । 

 

उत्तर कोरियाले ११ स्वर्ण, ५ रजत तथा ७ काँस्य, थाइल्याण्डले ९ स्वर्ण, ९ रजत तथा ३१ काँस्य, चाइनिज ताइपेइले ८ स्वर्ण १२ रजत तथा १४ काँस्य जितेको छ ।

 

यो समाचार तयार पार्दासम्म भारतले ७ स्वर्ण, १० रजत तथा १९ काँस्य सहित ३६ पदक जितेको छ । भारतले सुटिङमा २, रेस्लिङमा २, एथ्लेट्समा १, रोविङमा १ तथा  टेनिसमा १ स्वर्ण जितेको हो ।

 

४५ देश सहभागी एशियाडमा हालसम्म ३५ राष्ट्रले पदक जितेका छन् । नेपाल भने हालसम्म पनि उपाधिविहिन बनेको छ ।

 


थप समाचार

सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

  • 2 hours ago
सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ ।

चन्द समूहका केन्द्रीय नेता गिरफ्तार

  • 2 hours ago
चन्द समूहका केन्द्रीय नेता गिरफ्तार

बनेपा । नेत्रविक्रम चन्द समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट गिरफ्तार गरिएको छ । गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्त

बेलायतमा कोरोनाबाट थप १ भूपू गोरखाको निधन

  • 2 hours ago
बेलायतमा कोरोनाबाट थप १ भूपू गोरखाको निधन

लण्डन । कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।