इंग्ल्याण्डमा ५ वर्षमा १४ करोड पाउण्डका एशिएन गहना चोरी

  • मंगलबार, १२ चैत, २०७५
  • 1 year ago
  • युके

 

लण्डन । बेलायतमा नेपालीका घरहरु चोरी हुने गरेका खबर हामीले धेरैपटक सुनेका छौं । कतिपय क्षेत्रमा त चोरहरुले हैरान पारेपछि स्थानीय नेपालीहरुले प्रहरी, काउन्सिललाई गुहार्न समेत बाध्य बन्ने गरेको पनि सुनिएको छ । 

 

बेलायतबासी नेपालीका घर चोरहरुको चपेटामा पर्नुको पछाडि सुनका गहनाप्रतिको चोरहरुको आकर्षण नै प्रमुख कारण रहेको विश्वास गरिन्छ  । नेपालीहरुले सुनका गहना राख्छन् भन्ने विश्वासमा चोरहरुले निशाना बनाउने गरेको पाइन्छ । 

 

बेलायतमा सुनका गहनाको लोभमा चोरहरुको टार्गेटमा नेपाली मात्र छैनन्, भारतीय, पाकिस्तानी, बंगलादेशीलगायतका अन्य एशिएन समुदाय पनि सुनकै गहनाकै कारण चोरीको शिकार बन्दै आएका छन् । 

 

हालै बिबिसीले गरेको एक खोजले इंग्ल्याण्डमा पछिल्लो ५ वर्षको अवधिमा १४ करोड पाउण्ड बढि मुल्यका सुनका एशिएन गरगहना चोरी भएको पत्ता लगाएको छ । 

 

सन् २०१३ यता इंग्ल्याण्डमा सुनका एशिएन गहनाहरुको चोरी भएका २८ हजार वटा घटना प्रहरीमा रेकर्ड भएका छन् । यसरी चोरी भएका गहनाको मुल्य १४ करोड १३ लाख (१४१ दशमलव ३ मिलियन ) पाउण्ड छ ।

 

यो तथ्यांक इंग्ल्याण्डको मात्रै हो । स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डको विवरण समेट्ने हो भने यी चोरीहरुको संख्या अझ धेरै बढ्ने निश्चित छ । 

 

बेलायतमा चोरीको शिकार बनेका धेरै नेपालीहरुले प्रहरीबाट प्रभावकारी सहयोग नपाएको समेत गुनासो गर्ने गरेका छन् । चोरी भइसकेपछि सबैले प्रहरीलाई रिपोर्ट गर्ने गरेपनि चोरहरुलाई पक्राउ गरेको र कारबाही गरेको जानकारी भने खासै पाउने गरिएको छैन । 

 

धेरैपटक गहनाकै कारण घर चोरी भएपछि कतिपयले पछिल्लो समय सुरक्षाको लागि निश्चित शुल्क तिरेरै भएपनि गहना लकरमा राख्ने गरेका छन् । 

 


थप समाचार

सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा

  • 12 minutes ago
सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा

सर्लाही । नेपाल–भारतबीचको सीमा छुट्याउने यस जिल्लाको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको छ । दुवै देशका नागरिकले दशगजा अतिक्रमण गरी घरगोठ बनाउने, पराल थुपार्ने, गुइँठा बनाउने, पशु चौपाया बा

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

  • 42 minutes ago
कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपाली

बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

  • 55 minutes ago
बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।