IIMS College

ISMT

HUB Education

बेल्जियमकी राजकुमारी अस्ट्रिड नेपालमा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । एक साताका लागि नेपाल भ्रमणमा आएकी बेल्जियमका राजकुमारी अस्ट्रिडले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सफलता र नेपालको समृद्धिको कामना गरेकी छन् । 

 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उनको सम्मानमा आइतबार आयोजना गरेको स्वागत समारोहका क्रममा भएको भेटवार्तामा राजकुमारी अस्ट्रिडले आफू नेपालमा क्षयरोग र कुष्ठरोग न्यूनीकरण अभियानमा भएका प्रगति हेर्न आएको उल्लेख गर्दै भ्रमण वर्ष सफलताको शुभकामनासमेत दिएकी हुन् । राजकुमारी अस्ट्रिड बेल्जियमका राजा फिलिपीका बहिनी हुन् । नेपालले पर्यटनलाई आर्थिक विकासको प्रमुख आधारका रुपमा स्थापित गर्न यही जनवरी १ देखि सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन शुरु गरेको छ । नेपाल आउँदा उनलाई आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

 

परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्लेले लामो समयपछि बेल्जियमबाट उच्चस्तरको भ्रमण भएकाले भ्रमणले युरोपेली र अन्य मुलुकबाट नेपालमा पर्यटक वृद्धि हुन टेवा पुग्ने बताए । सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र राजकुमारी अस्ट्रिडबीच भएको भेटमा क्षयरोग र कुष्ठरोग नियन्त्रणका विषयमा छलफल भएको थियो । त्यस अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललगायत सहभागी थिए । 

 

दुई देशबीचका आपसी सम्बन्ध र सहकार्यका क्षेत्रको विस्तारबारेसमेत छलफल भएको सहसचिव काफ्लेले जानकारी दिए । भेटवार्तापछि आयोजित स्वागत समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेशकुमार भट्टराई र उच्चअधिकारीले राजकुमारी अस्ट्रिडलाई स्वागत गरेका थिए । 

 

भ्रमणका अवसरमा राजकुमारी अस्ट्रिडले भ्रमणका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि अलगअलग भेटवार्ता गरिन् । 

 

राजकुमारी अस्ट्रिडले कैलाली, नवलपरासी र चितवनमा जारी रहेका क्षयरोग र कुष्ठरोग निवारण केन्द्रहरुको भवन उद्घाटन तथा ती क्षेत्रको अवलोकन पनि गर्ने परराष्ट्र मन्त्राललयले जनाएको छ । उनले त्यहाँस्थित कुष्ठरोगी र क्षयरोगीबाट प्रभावितहरुलाई समेत भेट्नेछन् भने उनले नवलपरासीस्थित प्रदेश स्रोत केन्द्र रहेको मिडपोइन्ट अस्पतालको पनि भ्रमण गरिन् । ती केन्द्र र सेवाहरुमा बेल्जियमस्थित गैह्रसरकारी संस्था ‘दामियन फाउण्डेशन’ को सहयोग हुँदै आएको छ । राजकुमारी अस्ट्रिड ‘ओटाबा कन्भेन्सन’अन्तर्गत बारुदी सुरुङविरुद्धको अभियानका लागि विदेश दूत पनि छन् । 

 

सन् १९६३ अगष्ट १९ मा कूटनीतिक सम्बन्ध स्थापित भएको नेपाल र बेल्जियमबीच आपसी सद्भाव, विश्वास र परस्पर सम्मानको सम्बन्ध रहँदै आएको छ । बेल्जियमका तत्कालीन राजा अल्बर्ट द्वितीय र वर्तमान राजा फिलिपी युवराज हुँदा उनीहरुले सन् १९९८ मा नेपालको निजी भ्रमण गरेका थिए । सन् २००५ मा बेल्जियमका विदेशमन्त्री कारेल डि गुक्टले नेपालको भ्रमण गरेका थिए । 

 

नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २००२ मा बेल्जियमको भ्रमण गरी त्यहाँका समकक्षीसँग भेटवार्ता गरेका थिए भने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सन् २०१४ मा ब्रसेल्सको भ्रमण गरेका थिए । तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री केपी शर्मा ओली (वर्तमान प्रधानमन्त्री) ले सन् २००७ र तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री माधवकुमार नेपालले सन् १९९६ मा बेल्जियमको भ्रमण गरेका थिए । 

 

बेल्जियमले नेपालमा विभिन्न दूरसञ्चार र डिजिटल परियोजनामा सहयोग गर्दै आएको छ । नेपालले विकास सहायता दिने मुलुकको सूचीमा आफूलाई सहभागी गराउन बेल्जियललाई आग्रह गर्दै आएको छ । दुई देशबीच कार्पेट, ऊलन, तयारी पोशाक, हस्तकला र कागज आदि सामान बेल्जियममा निर्यात गर्दै आएको छ । नेपालको रेडक्रस र बेल्जियमको रेडक्रसबीच पनि नजिकको सहकार्य हुँदै आएको छ ।


थप समाचार

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

  • 12 hours ago
थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

  • 12 hours ago
एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

काठमाडौँ । एनआईसी एशिया बैंकले खाता खोल्दा न्यूनतम ५० हजार रूपैयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा ल्याएको छ। बिमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्

पशुपतिमा विन्दास बाबाको बेग्लै ताल (फोटो फिचर)

  • 12 hours ago
पशुपतिमा विन्दास बाबाको बेग्लै ताल  (फोटो फिचर)

पशुपतिनाथमा शिवरात्रिका दिन पशुपतिनाथमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ। शिवरात्रिका लागि भारतबाट सयौंको सङ्ख्यामा साधु आउने गरेका छन्।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

विचित्र विश्व

‘जसको मिल्ने साथी सिंह हो’

‘जसको मिल्ने साथी सिंह हो’

एजेन्सी । पाकिस्तानको कराचाीस्थित एक युवकले सिंह पालेका छन् । अज्लान नामका एक युवाले सिम्बा नामको सिंहलाई पालेका हुन् । ४ वर्ष अघि उनले सिम्बालाई उद्धार गरेर ल्याएका हुन् । उक्त समयमा सिम्बा मात्र दुई हप्ताको भएको थियो ।