पसलबाट रु २५ लाख असुली

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको हालसम्मको अवधिमा १०५ व्यवसायको अनुगमन गरी कारवाहीस्वरूप रु २५ लाख असुल गरेको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा विभागले बुधबार पत्रकार सम्मेलन गरी गत कात्तिकदेखि लागू भएको नयाँ ऐन पालना गर्दै कारवाहीस्वरूप उक्त रकम असुल गरेको जनाएको छ । 

 

विभागका महानिर्देशक योगेन्द्र गौचनले गत असोजसम्मको अनुगमनमा अधिकृतले अनुगमनस्थलमा नै कारवाही गर्न मिल्ने व्यवस्था नभएको बताए । नयाँ ऐनअनुसार गत कात्तिकदेखि अनुगमन अधिकृतले गलत सावित गरे आवश्यकतानुसार रु पाँच हजारदेखि तीन लाखसम्म अनुगमनस्थलमा नै रकम असुल गर्न पाउने कानूनी व्यवस्था छ । 

 

उपभोक्ताको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने व्यवसायमा विभागले चालू आवमा दुई हजार ८०० व्यवसाय अनुगमन गर्ने लक्ष्य लिए पनि हालसम्म एक हजार ३८१ को मात्रै अनुगमन गरेको छ । गत आवमा भने विभागले काठमाडौँ उपत्यका र बाहिर गरी पाँच हजारको अनुगमन गरेको थियो । प्रदेश र स्थानीय तहमा अझै कानून नबनेकाले प्रभावकारीरूपमा बजार अनुगमन गर्न केही समस्या भएको विभागले जनाएको छ । 

 


थप समाचार

जनताको जलविद्युत् कार्यक्रम सुरु, प्रधानमन्त्रीले किने त्रिशूली ‘बी’को शेयर

  • 11 minutes ago
जनताको जलविद्युत् कार्यक्रम सुरु, प्रधानमन्त्रीले किने त्रिशूली ‘बी’को शेयर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी आज जनताको शेयर आवेदन शुभारम्भ गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्र

इन्जुरी समयको गोलले वेल्स विजयी

  • 23 minutes ago
इन्जुरी समयको गोलले वेल्स विजयी

काठमाडौँ । इन्जुरी समयमा बेन वुडबर्नले गरेको गोलले वेल्स विजयी भएको छ । बुधबार राति सम्पन्न अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा वेल्सले त्रिनिडाड एण्ड टोबागोलाई १–० गोलले पराजित गरेको हो ।

यौन धन्दाको काण्डमा फसेका यी बलिउड तथा साउथ इन्डियन नायिका

  • 26 minutes ago
यौन धन्दाको काण्डमा फसेका यी बलिउड तथा साउथ इन्डियन नायिका

भारतमा सेक्स र्याकटको यो काण्ड पहिलो भने होइन। यो भन्दा पहिले पनि बलिउड तथा साउथ इन्डियाका नायिका कयौ पटक यौन धन्दाको काण्डमा फसिसकेका छन्।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अनिल अम्बानी कसरी टाट पल्टिए ?

अनिल अम्बानी कसरी टाट पल्टिए ?

एजेन्सी । भारतमा मात्र नभई पुरै विश्वमा चर्चित छन् दुई धनी दाजुभाई मुकेश धिरुभाइ अम्बानी र अनिल धिरुभाइ अम्बानी । यी दुई ठुला व्यापारीका पिता हुन् उद्योगपछि धिरुभाई अम्बानी ।