IIMS College

ISMT

HUB Education

अटल बिहारी बाजपेयीको विगत

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बिबिसी । भारतको नयाँ दिल्लीस्थित एउटा अस्पतालमा ९३ वर्षको उमेरमा निधन भएका भारतका भूतपूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी दशकौँसम्म देशको राजनीतिमा प्रभावशाली नेताका रूपमा रहेका थिए।

 

उनी हालको सत्ताधारी भारतीय जनता पार्टीका संस्थापकमध्येका एक नेता थिए।

 

सो हिन्दू दक्षिणपन्थी पार्टीभित्र उनी नरम नेताका रूपमा चिनिन्थे।

 

वाजपेयी सन् १९९६ को १६ मे मा पहिलो पटक भारतको प्रधानमन्त्री बनेका थिए, तर लोकसभामा बहुमत सावित गर्न नसकेपछि उनले ३१ मे मा नै राजीनामा दिनु परेको थियो।

 

सन् १९९८ को आमचुनावमा उनी नेतृत्वको गठबन्धनले बहुमत हासिल गरेपछि उनी दोस्रो पटक प्रधानमन्त्री चुनिएका थिए।

सत्ता सम्हालेको १३ महिनामा नै गठबन्धनको एक सदस्य दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनको सरकार फेरि ढल्न पुगेको थियो।

 

सन् १९९९ मा उनी फेरि गठबन्धन सरकारको नेतृत्व गर्दै तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका थिए।

 

उनलाई सर्वप्रिय कवि, कुशल वक्ता तथा समावेशी राजनीतिको पर्याय मानिन्थ्यो।

 

 

सन् १९२४ डिसेम्बरमा ग्वालियरको एउटा निम्न मध्यमवर्गीय परिवारमा जन्मिएका उनको शिक्षादिक्षा ग्वालियरको तत्कालीन भिक्टोरिया कलेज तथा कानपुरको डीएभी कलेजमा भएको थियो।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेपश्चात् उनले पत्रकारिता पनि गरेका थिए।

 

एक प्रधानमन्त्रीको रूपमा उनको सबभन्दा ठूलो उपलब्धिमध्ये सन् १९९८ मा भारतले गरेको परमाणु बम परीक्षणलाई लिइन्छ।

 

 

त्यसपछि भारत एउटा परमाणु शक्तिसम्पन्न राष्ट्रका रूपमा स्थापित भयो।

 

त्योसँगै छिमेकी पाकिस्तानसँगको सो देशको द्वन्द्व झन् चर्कन सक्ने आशङ्का पनि चुलिएको थियो।

 

तर आफ्नो नेतृत्वको सरकारले गरेको परमाणुअस्त्र परीक्षणलगत्तै वाजपेयीले पाकिस्तानसँगको सम्बन्ध बिग्रन नदिन विशेष प्रयास गरेका थिए।

 

उनले पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरिफसँग शिखरवार्ता गर्न बस चढेर पाकिस्तानको लाहोर सहरसम्मको यात्रा गरेका थिए।

 

उनले तिब्बतलाई चीनको अङ्गका रूपमा स्वीकार गर्दै बेइजिङसँग दिल्लीको सम्बन्धलाई बलियो बनाउने प्रयास गरेका थिए र भारतीय अर्थतन्त्रमा चिनियाँ लगानी बढाउने कदम चालेका थिए।

 

उनको कार्यकालमा भएका अन्य महत्त्वपूर्ण घटनामा कारगिल युद्ध, काठमाण्डूबाट दिल्लीको लागि उडेको इन्डिएन एयरलाइन्स विमानको अपहरण, सन् २००१ मा भारतीय संसद्‌मा भएको आतङ्कवादी आक्रमण तथा सन् २००२ मा गुजरातमा भएको हिन्दू(मुस्लिम दङ्गालाई लिइन्छ।

 

सन् २००४ को निर्वाचनमा बीजेपी र उसका साझेदारहरूको गठबन्धन सोनिया गान्धीको कङ्ग्रेस पार्टीबाट पराजित भएका थिए।

 

सन् २००५ मा बाजपेयीले आफ्नो ४० वर्षे राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गरेका थिए।


थप समाचार

तातोपानी नाका खुल्यो

  • 14 minutes ago
तातोपानी नाका खुल्यो

काठमाडौँ । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुलेको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा खाद्

यस समयमा सही रूपमा बाँच्न सिकेनौं भने मनोसामाजिक रोगको शिकार भइन्छः डा. राई

  • 25 minutes ago
यस समयमा सही रूपमा बाँच्न सिकेनौं भने मनोसामाजिक रोगको शिकार भइन्छः डा. राई

मनोविज्ञ डा. सुमाया राई त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक हुन् । उनले मनोविज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेकी छिन् । हाल उनी लण्डनको ह्यारोमा बसोबास गर्दै र्आकी छिन् ।

कोरोना भाइरसबाट संक्रमित एक जना नेपालीको अमेरिकामा मृत्यु

  • 36 minutes ago
कोरोना भाइरसबाट संक्रमित एक जना नेपालीको अमेरिकामा मृत्यु

एजेन्सी । अमेरिकामा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित नेपालीहरुको मृत्यु खबर बाहिर आएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आइरहेका ४३ वर्षिय निमा तेम्बा शेर्पाको मृत्यु भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।