हवाई आक्रमणमा ४३ सिरियालीको मृत्यु

बेरूत, लेबनान । अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामन चलाएको हवाई आक्रमणमा ४३ सिरियालीको मृत्यु भएको बेलायतस्थित सिरियाली मानब अधिकारवादी संगठनले शनिबार जनाएको छ । मारिनेमा अधिकांश सर्बसाधारण रहेको उक्त समूहले जनाएको छ । 

 

“इस्लामिक स्टेट (आइएस) को प्रभाव क्षेत्र मानिने देइर अजोरको अबु हुसन ग्रामिण इलाकामा भएको कारबाहीमा परेका ३६ परिवारमा सदस्य रहेका छन् भने मारिनेमध्यृ १७ जना कालकालिका रहेका छन्,” सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सले जनाएको छ । मारिने अन्य सात जनाको परिचय खुल्न सकेको छैन । 

 

हवाइ कारबाही इराकी सीमा नजिकको सिरियाली भूमिमा भएको थियो । 

 

अमेरिकी नेतृत्वको सिरियाली कूर्दिस–अरब गठबन्धन सेनाले जिहादी समूहसँग उक्त क्षेत्रमा लड्दै आएको सिरियाली डिमोक्रेटिक फोर्सलाई सघाउँदै आएको छ । सेप्टेम्बरमा अबु हुसनमा भएको कारबाहीमा भएको यो सबैभन्दा ठूलो हताहतीको घटना हो । 

 

सिरियामा सन् २०११ मा शुरू भएको द्वन्द्वका कारण तीन लाख ६० हजार सिरियालीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । 


थप समाचार

स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

  • 31 minutes ago
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

डोटी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 1 hour ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 1 hour ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।