IIMS College

ISMT

HUB Education

चितुवाको आक्रमणबाट मृत्यु बालकका परिवारलाई प्रदेश सरकारको सहयोग

  • बिहीबार, २८ आषाढ, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पोखरा । चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँको भानु नगरपालिका वडा नम्बर ३ स्थित तिनकुने टोलका ६ बर्षीय बालक बिशाल श्रेष्ठका परिवारलाई सरकारले आर्थिक सहयोग गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बुधवार गाँउमै पुगेर मृतक बालकका बुवा विरेन्द्र श्रेष्ठ र आमा रुपा श्रेष्ठलाई १० लाख रुपैयाँ हस्तान्तरण गरे ।

 

पछिल्लो समय मानव र वन्य जन्तुको द्धन्द्ध चरम रुपमा बढ्दै जान थालेको र यस समस्याको निर्मुल पार्ने कार्यलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बहन क्षमताका आधारमा व्यवस्थापन, राहत वितरणमा प्रभावकारिता र समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापनमा प्रभावकारिता ल्याइने उनको भनाई थियो । मन्त्री लम्सालले संरक्षण शिक्षाको विस्तार, सुरक्षित तारबार, पूर्वसूचना दिने प्रणालीको विकास, प्रदेशमा वन्यजन्तु उद्धार केन्द्रको स्थापना, प्राणी उद्यान केन्द्र लगाएतको नीति सरकारले ल्याउने बताए ।

 

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिब डा।बुद्धी सागर पौडेलले मृतकका परिवारलाई तत्काल राहात स्वरुपको रकम दिने पहल थालेपनि प्रक्रिया लामो हुन पुग्दा ४ महिना ढिला हुन पुगेको बताए । सोही अवसरमा भानु नगरपालिकाले वालकका परिवारलाई २५ हजार रुपैया सहयोग गरेको छ । नगरपालिकाको तर्फ बाट २५ हजार रकम प्रदान गर्दै मेयर उदयराज गौरीले मृतक विशालका भाईलाई कक्षा १० सम्म अध्ययन गर्दा लाग्ने रकम सबै आफुले व्यक्तिगत व्योहोर्ने उद्घोष गरे ।

 

गत फागुन १ गते शिवरात्रीको दिन मामाघर जादै गरेका बालक श्रेष्ठलाई चितुवाले साझ ६ बजे आक्रमण गरेको थियो । बालकलाई खोज्ने क्रममा गाँउलेले आक्रमण गरेको स्थान देखी २ सय मिटर तल जंगलमा लगेर बालकलाई चितुवाले खाएको अवस्थामा फेला पारेका थिए ।


थप समाचार

फेवाबजारमा मात्र १ रुपैयाँमा इयरफोन

  • 8 minutes ago
फेवाबजारमा मात्र १ रुपैयाँमा इयरफोन

पोखरा । ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा इयर फोन दिने भएको छ । माघ महिनामा अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा १ किलो चिनी दिएको फेवाबजारले फागुन महिनामा १ रुपैयाँमा एउटा इयर फोन

कोरोना भाइरस भित्रिन नदिन यस्तो छ उत्तर कोरियाले गरेको तयारी

  • 8 minutes ago
कोरोना भाइरस भित्रिन नदिन यस्तो छ उत्तर कोरियाले गरेको तयारी

एजेन्सी । उत्तर कोरियाले आयत गर्ने सामानमा कडा चेक जाँच गरेरमात्र भित्राउन निर्देशन दिएको छ । विश्वभर कोरोना भाइरसको त्रास रहेको बेला उत्तर कोरियाले पनि कोरोना भाइरसबाट आफ्ना जनताहरुलाई सुरक्षित राख्न

ग्लोबल आइएमई बैंकद्वारा निक्षेप बिमा वापतको चेक हस्तान्तरण

  • 30 minutes ago
ग्लोबल आइएमई बैंकद्वारा निक्षेप बिमा वापतको चेक हस्तान्तरण

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडेको पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका राजु गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा बिमितले पाउने रकम ५ लाख निजको परिवारलाई हस्ता



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।