IIMS College

ISMT

HUB Education

अमेरिकी सैन्य आधार शिविरमा भएको क्षेप्यास्त्र आक्रमण

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी ।  इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा भएको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएका ११ जनाको उपचार भइरहेको छ ।

 

गत हप्ता इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएकाहरुको अस्पतालमा उपचार भइरेहेको अमेरिकी सेनाले बिहीबार जनाएको हो । 

 

अमेरिकी सेनाले बिहीबार प्रकाशित विज्ञप्तिमा इरानले अल असद सैनिक शिविरमा गरेको सो क्षेप्यास्त्र आक्रमणमा परी कसैको मृत्यु भने नभएको स्पष्ट पारेको छ । 

 

अमेरिकी केन्द्रिय कमाण्डका प्रवक्ता कप्तान बिल अर्बनले जारी गरेको विज्ञप्तिमा घाइतेहरुको अवस्थामा सुधार आइरहेको उल्लेख गरिएको छ । 

 

इराकमा जनवरी ३ मा अमेरिकी ड्रोन हमलाले इरानी वरिष्ठ कमाण्डर कासिम सुलेमानीको हत्याको बदला स्वरुप इराकको पश्चिमी प्रान्त अन्बर, इर्बिल र अर्ध स्वायत्त क्षेत्रको कुर्दिस्तानका क्षेप्यास्त्र आमक्रण गरेको थियो । 

 

अमेरिकी रक्षा मन्त्रालयले इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथी यही जनवरी ८ मा इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको थियो । अमेरिका र इरानले एक अर्काका विरुद्धमा कडा चेतावनी दिइरहेका बेला यो आक्रमणको घटना भएको थियो । 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको इरानी पक्षले दाबी गरेको थियो । 

 

इराकको राजधानी बग्दादस्थित विमानस्थल नजिकै जनवरी ३ मा इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाब बढेको छ ।

 

इराकमा अमेरिकाका पाँच हजार सैनिक रहेको अधिकारीहरुले बताउने गरेका छन् ।


थप समाचार

सेनामा भइरहेका भ्रष्टाचार नियन्त्रण तथा छानबिन गर्न मन्त्रालय प्रतिबद्ध

  • 1 minute ago
सेनामा भइरहेका भ्रष्टाचार नियन्त्रण तथा छानबिन गर्न मन्त्रालय प्रतिबद्ध

काठमाडौँ । यस वर्षको पृतनापति समन्वयात्मक बैठक आइतबारदेखि सैनिक मुख्यालय जङ्गी अड्डामा शुरु भएको छ । पछिल्ला वर्षमा सेना दिवसको पूर्वसन्ध्यामा यो बैठक हुँदै आएको छ । उपप्रधान तथा रक्षामन्त्री ई

नेपाली गायक दिवेश अमेरिकन आइडलको शीर्ष २० मा

  • 12 minutes ago
नेपाली गायक दिवेश अमेरिकन आइडलको शीर्ष २० मा

काठमाडौं । चर्चित अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडलको १८ औं सिजनमा नेपाली गायक दिवेश पोखरेल शीर्ष २० स्थानमा पर्न सफल भएका छन् ।

चर्चामा रितेश–जेनेलियाको लेटेस्ट तस्बिर

  • 22 minutes ago
चर्चामा रितेश–जेनेलियाको लेटेस्ट तस्बिर

एजेन्सी । अभिनेता रितेश देशमुख र जेनेलिया बलिउडका लविगं कपल्समध्ये एक मानिन्छन् । यी जोडी जहाँपनि पुग्दछन्, दुवैमा एकदमै बन्डिङ देख्न सकिन्छ । हालसालै यी जोडी लेक्मी फेशन वीकमा र्याम्पमा उत्रिएका थिए



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

पेटको बोसो सजिलै घटाउन...

पेटको बोसो सजिलै घटाउन...

काठमाडौं । पछिल्लो समयमा पेटको वरिपरिको बोसोले धेरैलाई सताईरहेको छ । यसरी पेटमा लागेको बोसोका कारण तपाई÷हामी असहज महसुस गर्छौं । यसलाई घटाउने मन हुँदा–हुँदै पनि परिस्थिति र समय नमिलेर प्रायलाई समस्या भइरहेको हुन्छ ।

विचित्र विश्व

जब हाइवेको होडिङ्ग बोर्डमै पोर्न फिल्म चल्न थाल्यो

जब हाइवेको होडिङ्ग बोर्डमै पोर्न फिल्म चल्न थाल्यो

एजेन्सी । आधुनिक युगसँगै विश्वमा प्रविधिसँगै विभिन्न आविष्कार तथा अन्वेषणहरु भइरहेका छन् । टेक्नोलोजिको अत्यधिक मात्रामा विकास भइरहेको छ जसको कल्पना समेत गर्न सकिँदैन ।