औलोको उच्च जोखिम बढ्दै

बैतडी ।  पछिल्लो समय यहाँ औलोको उच्च जोखिम रहेको पाइएको छ ।  तीन वर्षयता औलोका बिरामी बढ्दै गएका जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिए । 

 

जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडा औलोको उच्च जोखिममा रहेका छन् । सो क्षेत्रमा गत वर्षदेखि औलोका बिरामी फेला पर्न थालेका छन् । 

 

“हालसम्म ४० औलो रोगी भेटिएका छन्,” पाण्डेयले भने । गत वर्ष ३३ तथा यस वर्ष हालसम्ममा ७ औलो रोगी भेटिएको उनले बताए । विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीको रगत जाँच गर्दा औलो फेला परेको हो ।

 

 केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सञ्चालनमा आएपछि औलोको बिरामी पत्ता लगाउन सहज भएको ल्याब टेक्निसियन रमेश बोहराले बताए । अहिले रगत जँच्न आउनेको सङ्ख्या बढ्दै गएको छ । 

 

तल्लोस्वराडमा औलो देखिएपछि गर्भवती महिला तथा बालबालिका बढी जोखिममा छन् । त्यहाँ स्थानीयवासीलाई निःशुल्क झुल वितरण गरिएको छ । 

 

प्रभावित क्षेत्रमा किटनाशक औषधि छर्किएको छ । लामखुट्टेको टोकाइबाट औलो रोग देखा पर्छ । औलोबाट बच्न लामखुट्टेबाट जोगिनु पर्छ । 

 

कृषि र पशुसेवा ज्ञान केन्द्र स्थापना 

 

जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । प्रदेश नं ७ को सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी उक्त केन्द्र स्थापना गरिएको हो । 

 

 

पुरानो कृषि विकास कार्यालयमा कार्यालय स्थापना गरिएको जेटिए महेश अवस्थीले बताए । सोमबार ‘कृषि ज्ञान केन्द्र’ को बोर्ड राखिएको छ । 

 

कृषकलाई सहयोग पु¥याउने उद्देश्यले बैतडी र दार्चुला हेर्ने गरी सो केन्द्र स्थापना गरिएको निमित्त वरिष्ठ कृषि विकास अधिकृत कर्णबहादुर चन्दले जानकारी दिए । बैतडी र दार्चुलाका स्थानीय तहसँग संयोजन तथा समन्वयको लागि कार्यालय स्थापना गरिएको हो । 

 

कार्यालयमा वरिष्ठ कृषि विकास अधिकृतको नेतृत्वमा १६ कर्मचारीको दरबन्दी रहनेछ । सो केन्द्रमा माटो परीक्षणलगायत प्रयोगशाला, विज्ञ समूह रहने र हरेक स्थानीय तह तथा कार्यालयसँग समन्वय गरी प्राविधिक सेवा दिइनेछ । 

 

दार्चुला र बैतडीलाई हेर्ने गरेर पाटनमा भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पनि सञ्चालनमा आएको छ । वरिष्ठ पशु विकास अधिकृत अथवा पशु चिकित्सकको नेतृत्वमा रहने गरेर प्रदेश सरकारमार्फत् कार्यालयको स्थापना गरिएको हो । 

 

कार्यालयले स्थानीय तहसँग समन्वय गरेर काम गर्ने साविकको जिल्ला पशु सेवा कार्यालयका पशु प्राविधिक बिसनसिंह बिष्टले जानकारी दिए । 

 

 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 2 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 7 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 7 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।