IIMS College

ISMT

HUB Education

यही अवस्था रहीरहे अष्ट्रेलियामा भयावह र डरलाग्दो अवस्था आउन सक्ने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । दक्षिण पूर्व अस्ट्रेलियामा आकाशको रंग रगत जस्तो रातो देखिन थालेको छ। यो क्षेत्रमा नयाँ वर्षको सुरुवात पनि यसरी नै भएको थियो ।

 

यद्यपि, गत वर्षको सेप्टेम्बरदेखि यहाँको जंगलको झाडीमा आगो शुरू भएको थियो। हालसम्म यो जंगलमा परी करिब २८ जना मानिसको ज्यान गइसकेको छ । 

 

अष्ट्रेलियाको ठूलो हिस्सा लगभग डेनमार्कभन्दा पनि ठुलो क्षेत्रमा डढेलो लागिरहेको छ । 

कम्तिमा दुई हजार घर नष्ट भएको बताइएको छ भने यसले ल्याउने प्रभाव भयानक र डरलाग्दो हुने अनुमान गरिएको छ । 

 

तापक्रम पनि उत्तिकै बढेको छ भने यसले सुख्खा क्षेत्रलाई विस्तार गरेको बताइएको छ । 

कडा बतासका झन् भयावह स्थिति आउने अनुमान पनि गरिएको छ । 

 

यस महिना सिडनीको तापक्रम ४९ डिग्रीसम्म पुगेको थियो । न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा वर्षा घट्दै गएको छ। वर्षाले कृषि उत्पादनलाई मात्र असर त गरिनै रहेको छ  । वर्षा नहुँदा आगोलाई फैलाउन पनि मद्दत पुर्‍याएको छ।

 

न्यू साउथ वेल्समा करिब एक करोड एकड जमिन जलाइएको छ। अष्ट्रेलिया गर्मी मौसममा सामान्यतया तातो र सुख्खा हुन्छ, तर मौसम परिवर्तनका कारण खडेरी र तातोको दायरा बढेको छ। यस्तो अवस्थामा झाडीहरू पनि सुख्खा भएका छन्।

 

अष्ट्रेलियाको प्रत्येक राज्य आगोले प्रभावित छ तर सबैभन्दा खराब न्यू साउथ वेल्स हो। अस्ट्रेलियाका प्रमुख शहरहरू मेलबर्न र सिड्नी पनि आगोले प्रभावित छन्। सिड्नीको हावा गुणवत्ता डिसेम्बरको शुरुमा खतरनाक तहमा पुगेको छ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको सरकारले जलवायु परिवर्तनको मुद्दामा पर्याप्त कदम नचालेको आरोप लगाइएको छ। विज्ञहरू भन्छन्,‘जलवायु परिवर्तनप्रति सरकारको मनोवृत्तिका कारण बारम्बार र भयानक आगलागी भइरहेको छ।’

 

उनले पछिल्लो समय देशभरमा लागेको डढेलो भयावह बन्दै गएपछि एकपटक फेरि माफी मागेका छन् । 


थप समाचार

शनिबार भेटिएका तीन जना कोरोना भाइरस संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

  • 1 minute ago
शनिबार भेटिएका तीन जना कोरोना भाइरस संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

काठमाडौँ । कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ । नयाँ भेटिएका कोरोना भाइरसका सङ्क्रमितको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालक

'जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो'

  • 52 minutes ago
'जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो'

काठमाडाैँ । शुक्रबार अपराह्न भैँसेपाटीस्थित निवास पुग्दा उहाँले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाई ग्रहण गरिरनुभएको थियो । उहाँको वीच्याट अकाउन्टमा निरन्तर फोनको घन्टी बजिरहेप

नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

  • 1 hour ago
नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

काठमाडौँ । नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप तीनजनामा कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।