अष्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीप्रति लचक नहुने, मे १ देखि सुपरमार्केटमा काम गर्ने अवधि पुनः सीमित बनाइदै

सिड्नी । अष्ट्रेलियका कार्यवाहक अध्यागमन मन्त्री एलन टजले पनि प्रधानमन्त्री स्कट मोरिसनको कुरालाई दोहोर्याउँदै बसाई गाह्रो भए अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई आफ्नै देश फिर्ता हुन भनेका छन् । शनिबार प्रेस वक्तव्य जारी गर्दै अस्थायी भिसामा रहेकाहरूले बसाईमा अप्ठेरो महशुस गरे आफ्नो देश फर्किएर जानु पर्ने बताएका हुन् । 

 

उनले विद्यार्थीसहित छोटो समयको लागि भिसा लिएर बसेकाहरुलाई सरकारले आर्थिक सहयोग गर्न नसक्ने समेत स्पष्ट पारेका छन् । शुक्रबार मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीहरु एक वर्षसम्म आर्थिक रुपले सबल रहेको देखाउनुपर्ने बताएका थिए । उनले पनि सोही कुरा दोहोर्याउँदै पहिलो वर्ष नै सरकारबाट अपेक्षा गर्न नहुने बताएका छन् ।

 

मन्त्री टजले अष्ट्रेलियामा रहेका ५ लाख ६५ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई परिवारबाट सहयोग लिने, आफूसँग भएको बचतले गर्जो टार्ने तथा पार्ट टाइम काम भए त्यसले गुजारा टार्न सुझाव दिएका छन् । 

 

त्यस्तै, एक वर्षभन्दा बढी समय अष्ट्रेलियामा बिताउनेहरुले भने आफ्नो ‘अष्ट्रेलियन सुपरएनुएसन’ निकाल्न पाउने बताएका छन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अर्थतन्त्रमा ठुलो भूमिका खेलेको र २ लाख ४० हजार रोजगारीहरूमा सहयोग गरेको भन्दै सरकारले भिसाका केही व्यवस्थाहरूलाई लिएर सरकार लचिलो बन्न सक्ने टजले बताएका छन्।

 

हाल सुपर मार्केटमा काम गर्ने विद्यार्थीहरूका लागी उनीहरूले काम गर्न पाउने समयको पाबन्दीलाई हटाइएको भए पनि मे १ देखि भने पुनः हप्ताको २० घण्टामा नै सीमित गरिने भएको छ ।

 

त्यस्ता काममा अस्ट्रेलियालीहरूले नै काम गर्न थालेको भन्दै विद्यार्थीहरूका लागी उपलब्ध गराइएको सो व्यवस्था हटाउन लागिएको वक्तव्यमा उल्लेख गरिएको छ ।


थप समाचार

बाजुराकी दुई वर्षे बालिका कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि

  • 26 minutes ago
बाजुराकी दुई वर्षे बालिका कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि

धनगढी । बाजुराको बुढिगंगा–१ की २ वर्षीया बालिकाको कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि भएको छ । अस्पतालको आइसोलेशनमै रहेका बेला उनको आइतबार बिहान मृत्यु भएको थियो ।

कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख बढी, लकडाउन खोल्न सबैतिर हतारो

  • 35 minutes ago
कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख बढी, लकडाउन खोल्न सबैतिर हतारो

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट आइतबारसम्म ६० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो पटक ब्राजिलमा दैनिक संक्रमितको संख्या निकै बढी देखिएको छ ।

सोतीकाण्डः आक्रमणमा परी घाइते भएका युवाले उपचारको माग गरे

  • 39 minutes ago
सोतीकाण्डः  आक्रमणमा परी घाइते भएका युवाले उपचारको माग गरे

एजेन्सी । यही जेठ १० गते रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी किशोरीलाई बिहे गर्न जाँदा आक्रमणमा परी घाइते भएका युवाले उपचारको माग गरेका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।