अष्ट्रेलियामा घरधनीहरूले भाडा घटाउनै पर्ने

सिड्नी । अष्ट्रेलियामा घरधनीहरूले भाडा घटाउनै पर्ने गरी कानुन बनाएर लागू गरिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार क्यानबेरामा भएको पत्रकार सम्मेलनमा उक्त कुराको घोषणा गरेका हुन् ।

 

कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणका कारण आर्थिक गतिविधि ठप्प भइरहेको बेला साना तथा मझौला व्यापारीहरूलाई राहत दिने गरी प्रधानमन्त्री मोरिसनले उक्त घोषणा गरेका हुन् । उनले त्यस्ता खालका व्यापारीहरुले कम घर भाडा तिरे पनि हुने र यस्तो बखतमा घरधनीले सम्झौता उल्लङ्घन हुन नदिने तथा धरौटी जफत पनि नहुने खालको नयाँ आचार संहिता बनाउन लागेको घोषणा गरेका हुन् । मोरिसनले गरेको घोषणा अनुसार राज्य तथा प्रादेशिक सरकारहरूले आ–आफ्ना क्षेत्राधिकारमा रहेका घरधनीहरूले भाडा घटाउनै पर्ने गरी उक्त आचार संहिता अनुरूपको कानुन बनाएर लागू गर्नेछन् ।

 

यससँगै व्यावसायिक रूपमा घर भाडा घटाउन घरधनीहरूले भाडा दरमा छुट र स्थगनको बाटो लिनुपर्नेछ । हाललाई यो सुविधा जबकीपर कार्यक्रमका लागि योग्य ठहरिएका र पाँच करोड डलर वा सो भन्दा कमको कारोबार गर्ने भाडावालहरूलाई लागू हुनेछ । 

 

तर, आवासीय घर भाडाको हकमा भने आउँदो दिनहरुमा निर्णय गरिने बताएका छन् । मोरिसनका अनुसार राज्य तथा प्रादेशिक सरकारले यसबारेमा छुट्टा–छुट्टै व्यवस्था गर्ने जानकारी दिएका छन् ।


थप समाचार

मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

  • 28 minutes ago
मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन् ।

काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

  • 38 minutes ago
काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

एजेन्सी । अफगानिस्तानको एउटा निजी टेलिभिजन च्यानल खुर्शिद टिभीको सवारी साधनलाई लक्षित गरी शनिबार गराइएको बिस्फोटमा एक जना पत्रकार र गाडी चालकको मृत्यु भएको छ ।

भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

  • 42 minutes ago
भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

एजेन्सी । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।