अष्ट्रेलियाको विपक्षी दलले पनि अन्तर्राष्ट्रिय विद्यार्थीको बारेमा बोलेनन्

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सरकारले केही गर्न नसक्ने भनिरहेको बेला यहाँको विपक्षी दलले पनि यसबारेमा आवाज उठाएका छैनन् । गत शुक्रबार मोरिसनले आर्थिक समस्याको कारण अष्ट्रेलियामा बस्न कठिन भए अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई आफ्नै देश फर्कन सुझाव दिएपछि विद्यार्थीहरुले चिन्ता व्यक्त गरिरहेको बेला विपक्षी दल लेबरले पनि यस विषयमा चासो दिएको छैन ।

 

पार्टीले क्याजुअल तथा अस्थायी भिसामा रहेका कामदारलाई केही राहत दिनुपर्ने बताएको छ । यसको लागि जबकिपर विधेयकमा केही परिवर्तन हुनुपर्ने बताएको छ । विपक्षी नेता एन्थोनी एल्बनिजेले जबकीपर ऐन बारे आफ्नो प्रस्ताव बुधवार बस्ने सङ्घीय संसद् बैठकले पारित हुनै पर्ने बताउँदै गर्दा बुधबार बिहान एक रेडियोसँगको कुराकानीको क्रममा उनले उक्त कुरा बताएका हुन् ।

 

 

 

उनले अस्थायी भिसामा रहेका कामदारहरूलाई लिएर चिन्ता व्यक्त गरे पनि विद्यार्थीहरुको बारेमा भने केही पनि बोलेनन् । उनले जबकीपर कार्यक्रममा काउन्सिलहरूमा काम गर्ने लगभग दुई लाख कर्मचारीहरूलाई समावेश गर्न सरकारलाई आग्रह गरेका छन्।

 

तर, सङ्घीय अर्थ मन्त्री मठियास कोर्म्यानले भने आफूहरूले कुनै पनि हालतमा विधेयकमा परिमार्जन नगर्ने सार्वजनिक अडान लिएका छन्।


थप समाचार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

  • 7 minutes ago
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुगेको छ । थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको हो ।

प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

  • 20 minutes ago
प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक गरिएको छ । उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।

सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

  • 24 minutes ago
सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

दिपायल । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपाल



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।