IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा संकट बढ्दो, प्रधानमन्त्री स्कट मोरिसनप्रति जनताको विश्वास घट्दो

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । गत वर्षको सेप्टेम्बरदेखि अष्ट्रेलियाको जंगलको झाडीमा आगो शुरू भएको थियो। हालसम्म यो जंगलमा परी करिब २८ जना मानिसको ज्यान गइसकेको छ । 

 

अष्ट्रेलियाको ठूलो हिस्सा लगभग डेनमार्कभन्दा पनि ठुलो क्षेत्रमा डढेलो लागिरहेको छ । 

 

कम्तिमा दुई हजार घर नष्ट भएको बताइएको छ भने यसले ल्याउने प्रभाव भयानक र डरलाग्दो हुने अनुमान गरिएको छ । 

 

तापक्रम पनि उत्तिकै बढेको छ भने यसले सुख्खा क्षेत्रलाई विस्तार गरेको बताइएको छ । 

 

कडा बतासका झन् भयावह स्थिति आउने अनुमान पनि गरिएको छ । 

 

सन् २००९ मा लागेको डढेलोका कारण ४.४ अर्व डलर नोक्सान भएको थियो भने एउटा शहर पुर्ण रुपमा नै ध्वस्त भएको थियो । उक्त समय जम्मा ४.५ लाख रेक्टर जमिन जलेको थियो । तर, हाल झण्डै ८५ लाख हेक्टर जमिन जलेको छ । त्यो पनि दुई महिनाको अन्तरालमा मात्र । उक्त घटनामा परी करिब १७३ जनाको ज्यान गएको थियो । हाल यो आँकडा बढ्ने अनुमान गरिएको छ । मिडिया रिपोर्टका अनुसार जनता सरकारको काम गराइप्रति रुष्ट रहेका छन् । प्रधानमन्त्री स्कट मोरिसनप्रति रुष्ट रहेका जनताले राजीनामा समेत माग गरेको खबर बाहिर आएको थियो । संकट बढ्दै जाँदा आवश्यकता पनि उत्तिकै बढ्ने र सरकारमा ठुलै हलचल आउने अधिकारीहरु बताउँछन् । 

 

अष्ट्रेलियाको मालाकुटा शहरलाई डढेलोले ठुलो क्षति पुर्याएको छ । मिडिया रिपोर्टका अनुसार उक्त क्षेत्रमा उत्पादन पनि उत्तिकै कम भएर गएको छ । जसका कारण सम्भावित संकट आउने कुरा प्रष्ट रहेको अधिकारीहरुले बताएका छन् । 

 

त्यस्तै सुख्खा कै कारण उद्योगहरुले ठुलो नोक्सानी पनि उठाउँदै आइरहेका छन् । 

 

हालसम्म करोडौँ जनावर मारिएका छन् । मिडिया रिपोर्टका अनुसार करिब ८२०० जनो इन्सुरेन्स क्लेम गरेका छन् । 

 

जसबापत ७२ करोड डलर विमा कम्पनीहरुले बुझाई सकेका छन् । यो अवस्था झन् बढ्दै जाने र विमा कम्पनीलाई पनि उत्तिकै समस्या पर्ने अधिकारीहरु बताउँछन् । 

 

उता जलेको ठाउँलाई पुन स्थापित गराउन सरकारलाई ठुलो लगानी गर्नुपर्ने देखिएको छ । यसले पनि अष्ट्रेलिया सरकार हच्किएको छ । प्रधानमन्त्री स्कट मोरिसन पनि मौन रहेका छन् । 

 


थप समाचार

'जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो'

  • 27 minutes ago
'जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो'

काठमाडाैँ । शुक्रबार अपराह्न भैँसेपाटीस्थित निवास पुग्दा उहाँले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाई ग्रहण गरिरनुभएको थियो । उहाँको वीच्याट अकाउन्टमा निरन्तर फोनको घन्टी बजिरहेप

नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

  • 45 minutes ago
नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

काठमाडौँ । नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप तीनजनामा कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।

अष्ट्रेलियामा नेपालीको सहयोग गर्दै नेपाली

  • 1 hour ago
अष्ट्रेलियामा नेपालीको सहयोग गर्दै नेपाली

सिड्नी । पछिल्लो समय कोरोना भाइरसका कारण अष्ट्रेलियामा रहेका नेपालीहरुलाई कठिन अवस्थाबाट गुज्रिनु परेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई प्रधानमन्त्री स्कट मोरिसनले दिएको टिप्पणीले पनि धेरै विद्या



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।