IIMS College

ISMT

HUB Education

अष्ट्रेलियाको जंगलमा लागेको डढेलोः यी तस्वीरहरु देखेपछि कसको मन नरोला ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) र विक्टोरिया राज्यमा लागेको डढेलोको कारण हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । तापक्रम बढेसँगै झाडीमा लागेको डढेलोले अझै उग्ररुप लिएपछि त्यहाँ स्थानीयहरु निकै प्रभावित भएका छन् ।

डढेलोकै कारण सयौं घरहरु जल्दा मानिसहरु घरबारबिहिन भएका छन् भने हजारौं जंगली जनावरहरु मारिएका छन् ।

 

डढेलोकै कारण एनएसडब्लु राज्यको दक्षिणी तटिय बस्तिहरुमा विद्युत, मोबाइल तथा टेलिफोन सेवा नै अवरुद्ध भएका छन् । डढेलोले गर्दा त्यहाँका ग्रामीण क्षेत्र धुँवै–धुवाले भरिएको । जसले गर्दा दिउँसै रात परेको जस्तो देखिएको छ ।

उक्त क्षेत्रमा शनिबार झनै तापक्रम बढ्ने भएको कारणले गर्दा डढेलोको क्षति अझै धेरै हुने अनुमान गरिएको छ । 

 

 

शनिबारको तापक्रम तथा हालको अवस्थालाई मध्यनजर गर्दै एनएसडब्लु राज्यले पुनः संकटकालको घोषणा गरको छ । यस राज्यले डढेलोकै कारण तेस्रो पटक संकटकालको घोषणा गरेको हो ।

 

त्यस्तै, अर्को राज्य भिक्टोरियामा लागेको डढेलोको कारण १७ जना हराएको पछिल्लो पटक प्रकाशित समाचारमा उल्लेख छ । भिक्टोरियाको पूर्वी गिप्सल्याण्डमा लागेको डढेलोले धेरै जनधनको क्षति भएको हो भने १७ जना हराइरहेको बताइएको छ । हराइएकाहरुको खोजीकार्य पनि निकै चुनौतिपूर्ण रहेको बताइएको छ । 

 

डढेलोले अझै क्षति बनाउनसक्ने भन्दै यसबारेमा सचेत हुनको लागि सरकारले आह्वान गरेको छ । 


थप समाचार

मेगा बैंकद्वारा १ करोड ३५ लाख सहयोगको घोषणा

  • 1 minute ago
मेगा बैंकद्वारा १ करोड ३५ लाख सहयोगको घोषणा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि सङ्घीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कूल रु एक करोड ३५ लाख सहयोगको घोषणा गरेको छ ।

सीमामा अलपत्र परेकालाई स्वदेश फर्काउन आग्रह

  • 8 minutes ago
सीमामा अलपत्र परेकालाई स्वदेश फर्काउन आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विदेशमा रोजगारी, गाँस र बाँसको समस्या भई घर फर्केका नेपालीको आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेशभित्र बस्न पाउने वातावरणको सिर्जना गर्न आग्रह गरेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

  • 19 minutes ago
नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड – १९) संक्रमितको संख्या ६ पुगेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङमा अर्का एक व्यक्तिमा पनि संक्रमण देखिएको पुष्टि



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।