IIMS College

ISMT

HUB Education

अष्ट्रेलियाको डढेलो नियन्त्रण गर्ने अन्तिम उपाय !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अष्ट्रेलियामा लागेको आगोले हालसम्म खर्बौँको क्षति गरिसकेको छ । तर, डढेलो नियन्त्रण्मा भने आउन सकेको छैन । मिडिया रिपोर्टका अनुसार केही महिनापछि चिसो मौसम सुरु हुने भएता पनि पानी पर्ने सम्भावना भने निकै कम रहेको छ ।

 

 सन् २०१९ मा अष्ट्रेलियामा सबैभन्दा गर्मी महसुस गरियो । यो डढेलोबाट मुक्ती पाउन अन्तिम विकल्प भनेको वर्षा नै रहेको बताइएको छ । सयौँ ठाउँमा आगो लागेका कारण नियन्त्रण गर्न अष्ट्रेलिया सरकार असफल भइरहेको छ । 

 

अष्ट्रेलियाको उत्तरी भागमा पानी परे पनि डढेलो नियन्त्रणका लागि काफी नभएको बताइएको छ । डढेलो नियन्त्रणका लागि ठुलै वर्षा हुनु पर्ने मौसमविद्हरु बताउँछन् । डढेलोको सबैभन्दा ठुलो असर दक्षिण पुर्वी भागमा देखिएको छ । 

 

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताएका छन् । 

संसद भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले यो पछिल्लो विवरण सार्वजनिक गरेका हुन् । 

 

उनका अनुसार आगलागीका कारण २१ सय ३१ घरहरु क्षतिग्रस्त भएका छन् भने मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ । 

 

अष्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रको जंगलमा ठूलो आगलागी भएको छ तापक्रम बढेर अत्यधिक गर्मी हुदै गएको र तातो हावा चलेको अधिकारीहरुले जनाएका छन् ।

“यो भन्दा धेरै क्षति हुन नदिनका लागि हामीले प्रयास जारी राखेका छौँ, विषेश गरेर मृत्यु हुनेको संख्या नबढोस् भन्ने तर्फ हाम्रो विषेश ध्यान रहेको छ,” प्रधानमन्त्री मोरिसनले भने । 

 

 उनले आगलागी नियन्त्रण गर्न र थप क्षति हुन नदिन सवैले आ–आफ्नो ठाँउबाट भूमिका खेल्न तथा उद्धारकर्ताहरुलाई सहयोग गर्न पनि आग्रह गरेका छन् । 

 

 प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया संकटमा परेको बेला सहयोग उपलब्ध गराएका सवै सहयोगलाई धन्यवाद ज्ञापन पनि गरेका छन् ।  

 

अष्ट्रेलियामा भइरहेको आगलागीका उत्पन्न धुँवा देशका विभिन्न ठाउँमा फैलिएको छ भने, अन्य मुलुकहरुसम्म पनि पुगेको छ । गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अष्ट्रेलियामा अहिले पनि जारी छ । 


थप समाचार

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

  • 1 minute ago
अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

एजेन्सी । विश्वमा कयौँ विचित्र प्रचलन रहेको भेटिन्छ । जुन झट्ट सुन्दा निकै अचम्म लागेपनि ती ठाउँहरुमा उनीहरुको चलिआएको चलन मान्नेपर्ने नियम रहेको हुन्छ ।

उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैनः गृह मन्त्रालय

  • 5 minutes ago
उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैनः गृह मन्त्रालय

काठमाडौँ उपत्यकामा विभिन्न कारणले रोकिएका नागरिकलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको गृह मन्त्रालयले जनाएको छ ।

डडेल्धुराबाट १९० को स्वाब परीक्षणका लागि पठाइयो

  • 10 minutes ago
डडेल्धुराबाट १९० को स्वाब परीक्षणका लागि पठाइयो

डडेल्धुरा । डडेल्धुरामा स्थानीय तहले बनाएका विभिन्न क्वारेन्टाइनमा रहेका एवं कोभिड–१९ को लक्षण देखा परेकाको परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्याष्ट्रिकका बिरामीले यस्ता काम गर्दै नगर्नुहोस्

ग्याष्ट्रिकका बिरामीले यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । आजभोलि ग्याष्ट्रिकको समस्या सर्वत्र पिरोल्ने गरेको छ । यसका कयौं कारणहरु छन् । खानपिन र जीवनशैलीमा अनियमित हुनाले ग्याष्ट्रिकको समस्या उत्पन्न हुन्छ ।

विचित्र विश्व

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

एजेन्सी । विश्वमा कयौँ विचित्र प्रचलन रहेको भेटिन्छ । जुन झट्ट सुन्दा निकै अचम्म लागेपनि ती ठाउँहरुमा उनीहरुको चलिआएको चलन मान्नेपर्ने नियम रहेको हुन्छ ।