IIMS College

ISMT

HUB Education

अस्ट्रेलियामा महिला फुटबल खेलाडीलाई पुरुष सरह पारिश्रमिक

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडी सरह पारिश्रमिक प्राप्त गर्ने बुधबार सम्झौता भएको छ । खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै चौतर्फी स्वागत गरिएको छ । 

 

फुटबल फेडरेसन अस्ट्रेलिया (एफएफए) ले घोषणा गरेको नयाँ विधि अनुसार माटिल्डाका स्टार महिला खेलाडीहरु साम कर र एली कार्पेन्टरले सकरुजका चर्चित पुरुष खेलाडीहरु आरोन मूए र म्याट र्याएन सरह पारिश्रमिक प्राप्त गर्नेछन् ।

 

महिला खेलाडीहरुले पुरुषझैं अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाँदा विमानमा “बिजनेस क्लास”को टिकट पाउने छन् । 

 

अस्ट्रेलियाको यस निर्णयले अमेरिकी महिला फुटबल खेलाडीलाई पनि प्रोत्साहन मिल्नेछ किनभने उनीहरुले पनि अमेरिकी पुरुष फुटबल खेलाडी सरह पारिश्रमिकको माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । उनीहरुको यस मुद्दामा अर्को वर्ष मे महिनामा सुनुवाई हुँदैछ । 

 

संयुक्तराज्य अमेरिकाले यसै वर्ष फ्रान्समा आयोजित महिला विश्वकप प्रतियोगिता जितेको थियो । फाइनल खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्नेक्रममा “समान ज्याला”को नारा रंगशालामै गुन्जिएको थियो । 

 

अस्ट्रेलिया फुटबल एसोसिएसनका अध्यक्ष क्रिस निकोउले भने – फुटबल सबैको खेल हो, र यो नयाँ साझा सम्झौताले समानता, समावेशिता र अवसरका क्षेत्रमा अस्ट्रेलियाली मूल्यमान्यतालाई अझ बलियो बनाएको छ । 

 

चार वर्षे यस सम्झौता बमोजिम सकरुज (पुरुष) र माटिल्डा (महिला) टिमले राष्ट्रिय टिमले गर्ने कूल आम्दानीको २४ प्रतिशत प्राप्त गर्नेछन् र यो हरेक वर्ष १ प्रतिशत वृद्धि हुनेछ । अर्को शब्दमा उनीहरुले जति बढी सफल हुनसके भुक्तानी पनि त्यसै अनुपातमा बढ्नेछ । 

 

एफएफएका प्रमुख डेभिड ग्यालोपले सकरुजले महिला फुटबल टिमलाई पनि आम्दानी बाँड्न इच्छा देखाएको जानकारी दिए । अस्ट्रेलियाली पुरुष फुटबलका कप्तान मार्क मिलीगानले महिलाहरु पनि आम्दानीको समान हकदार रहेको बताए ।


थप समाचार

कहिल्यै देख्नु भएको छ यति ठुलो फुल

  • 52 seconds ago
कहिल्यै देख्नु भएको छ यति ठुलो फुल

एजेन्सी । विश्वको सबैभन्दा ठुलो फुलबारे कमैलाई थाहा छ । एक अध्ययनका अनुसार विश्वकै सबैभन्दा ठुलो फुल मलेसिया र इण्डोनेसियामा पाइन्छ ।

समग्र स्वास्थ्य सेवामा थप सुधार ल्याउँछु : स्वास्थ्यमन्त्री ढकाल

  • 12 minutes ago
समग्र स्वास्थ्य सेवामा थप सुधार ल्याउँछु : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ । नव नियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले संविधान प्रदत्त स्वास्थ्य सेवा पुर्‍याउन र समग्र स्वास्थ्य सुधार गर्न आफूले पहिलो ध्यान दिने बताएका छन् । आज मन्त्रालयमा पदभ

महराले गरे उच्च अदालत पाटनमा पुनरावेदन दर्ता

  • 19 minutes ago
महराले गरे उच्च अदालत पाटनमा पुनरावेदन दर्ता

काठमाडौँ । बलात्कार प्रयासको मुद्दामा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावेदन दर्ता गरेका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरूद्ध महराले उच्च अदालत पाटनमा पुनर



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

कुन खाने कुरा खाँदा मोटाइन्छ !

कुन खाने कुरा खाँदा मोटाइन्छ !

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो ।

विचित्र विश्व

कहिल्यै देख्नु भएको छ यति ठुलो फुल

कहिल्यै देख्नु भएको छ यति ठुलो फुल

एजेन्सी । विश्वको सबैभन्दा ठुलो फुलबारे कमैलाई थाहा छ । एक अध्ययनका अनुसार विश्वकै सबैभन्दा ठुलो फुल मलेसिया र इण्डोनेसियामा पाइन्छ ।