अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पक्षपात गरेको भन्दै आलोचना

सिड्नी । अष्ट्रेलियाको माइग्रेन्ट वर्कर्स सेन्टरका प्रमुख म्याट कुन्केलले विद्यार्थीसहित अस्थायी भिसामा रहेकाहरुलाई सरकारले गरेको व्यवहारप्रति आपत्ति जनाएका छन् । कोरोना भाइरस (कोभिड– १९)को संक्रमणको कारण धेरैले रोजागारी गुमाएको अवस्थामा पनि सरकारले अस्थायी भिसा भएकाहरुलाई पक्षपात गरेको भन्दै सरकारको आलोचनाा भएको हो ।

 

गत शुक्रबार प्रधानमन्त्री स्कट मोरिसनले तथा शनिबार कार्यवाहक अध्यागमन मन्त्री एलन टजले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई बस्न गाह्रो भए आफ्नै देश फर्कन सुझाव दिएसँगै उनीहरुको विरोध भएको हो ।

 

सरकारले १० लाखभन्दा बढीको सङ्ख्यामा अस्थायी भिसा भएकाहरुप्रति गरिएको व्यवहार ठिक नभएको भन्दै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको राष्ट्रिय महासङ्घकी ओलेना न्युवेनले पनि आपत्ति जनाएकी छिन् । कोरोना भाइरसकै कारण दुई वर्षदेखि काम गर्दै आएको रेष्टुरेन्टबाट जागिर गुमाएकी उनले अष्ट्रेलिया सरकारले अन्याय गरेको बताएकी हुन् ।

 

हाल अष्ट्रेलियामा विभिन्न व्यवसायहरू बन्द भएका छन् । सोही कारणले गर्दा धेरैले जागिर गुमाका छन् । यस्तो अवस्थामा पनि सरकारले केही राहत नल्याएको भन्दै अस्थायी भिसा भएकाहरु निराश छन् । आर्थिक मारमा परेका अस्थायी बासिन्दाहरू सरकारको उक्त पछिल्लो भनाइले झनै अन्योलमा पारेको छ । 

 

यद्यपी, अष्ट्रेलियामा काम गर्ने अनुमति पाएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो सुपरएनुएशन बचतबाट १० हजार डलरसम्म झिक्न पाउने व्यवस्था सरकारले गरेको छ । 


थप समाचार

बजेटले राष्ट्रिय समस्यालाई हल गर्न सक्दैनः पूर्वप्रधानमन्त्री भट्टराई

  • 18 minutes ago
बजेटले राष्ट्रिय समस्यालाई हल गर्न सक्दैनः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बजेटलाई सत्तारुढ दलले असाध्यै राम्रो भनेर समर्थन गर्ने र विपक्षीले आँखा चिम्लेर विरोध गर्ने प्रवृत्तिले मुलुकको वास्तविक हित नगर्ने हुँदा तथ्यमा आ

बर्दियासँग जोडिएको भारतीय सीमा बन्द

  • 23 minutes ago
बर्दियासँग जोडिएको भारतीय सीमा बन्द

बर्दिया । बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको आज बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले भारतसँग जोडिएका सबै सीमा बन्द गर्ने निर्णय गरेको हो ।

बाजुराकी दुई वर्षे बालिका कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि

  • 52 minutes ago
बाजुराकी दुई वर्षे बालिका कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि

धनगढी । बाजुराको बुढिगंगा–१ की २ वर्षीया बालिकाको कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि भएको छ । अस्पतालको आइसोलेशनमै रहेका बेला उनको आइतबार बिहान मृत्यु भएको थियो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।