IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा गर्मी बिदा मनाउँदा होस गर्ने कि !

कन्सुलेट कार्यालय जनवारी ६ सम्म बन्द

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षसँगै अष्ट्रेलियामा गर्मी बिदाको छुट्टी दिइने चलन छ । तर, उक्त छुट्टी मनाउने क्रममा केही मानिसहरुले अकालमै ज्यान गुमाउने गरेका छन् । त्यसमा नेपाली पनि परेको समाचार प्रकाशित भइरहेका हुन्छन् । 

 

गर्मी समय सुरु भएसँगै अष्ट्रेलियामा ‘फिसिङ’ अर्थात् माछा मार्ने क्रममा केही व्यक्तिहरुले ज्यान गुमाउँदै आएका छन् । ज्यान गुमाउनेहरुमा नेपालीहरु पनि पर्ने गरेको तितो यथार्थ हामीमाझ छ । समुन्द्रमा ढुङ्गामा बसेर माछा मार्ने संस्कृति लोकप्रिय भए पनि समुन्द्रमा अपनाउनुपर्ने सावधानीको बेवास्ता गर्दा ज्यान गुमाउनेको संख्या घटेको छैन । ढुङ्गामा बस्दा वा छेउमा बसेर फिसिङ गर्दा समुन्द्रको छालले मानिसलाई अनियन्त्रित बनाउने गरेको छ । छाललाई सामान्य रुपमा लिँदा पनि कयौं नेपालीहरुले ज्यान गुमाइसकेका छन् ।

 

यसै कुरालाई ध्यानमा दिँदै नेपाली समुदायले फिसिङमा जाने हो भने ‘लाइफ ज्याकेट’ लगाउने, छाललाई खेलाचीको रुपमा नलिने, ठूलो छालबाट टाढै बस्ने, एक्लै समुन्द्रमा नजाने, जानै मन लागे समूह बनाएर जाने, पौडन सक्ने क्षमताको विकास गरेर मात्रै जाने सल्लाह दिएका छन् ।

 

नेपाली तथा अन्य देशका आप्रवासीहरुले समुन्द्रमा ज्यान गुमाएपछि अष्ट्रेलियका सरकारी अधिकारीहरुले पनि यसबारेमा चासो व्यक्त गरेका छन् । अष्ट्रेलिया सरकारले डुबेर मर्नेहरुको बारेमा प्रकाशित गरेको तथ्यांक अनुसार करिब १० प्रतिशतको संख्या चीन, भारत तथा नेपालबाट आउने विद्यार्थीहरु रहेको जनाएको छ ।

 

गर्मी महिनामा माछा मार्ने क्रममा ज्यान गुमाउनेको संख्या अपेक्षित रुपले नघटेको कारणले गर्दा यसबारेमा नेपाली समुदायले सचेतना अभियान पनि चलाएका छन् । विशेष गरेर अष्ट्रेलियामा आएका नयाँ नेपाली विद्यार्थी अथवा अन्य प्रयोजनले आएकाहरुलाई यस्तो सचेतना अभियान चलाइएको छ । 

 

सोमबारबाट मेलबर्न स्थित कन्सुलेट कार्यालय पनि बन्द रहेको छ । जनावरी ६ तारिखसम्म कार्यालय बन्द रहन लागेको हो । यस अवधिमा कुनै कन्सुलर सेवा सम्बन्धी आपत्कालीन अवस्था आइपरेमा ०४८१३५११११ वा ०४११३४३९६९ फोन गर्न सकिने व्यवस्था गरिएको छ । 

 


थप समाचार

अष्ट्रेलिया र चीन उड्दै दुई वटा वाइडबडी

  • 11 minutes ago
अष्ट्रेलिया र चीन उड्दै दुई वटा वाइडबडी

काठमाडौँ । नेपाल एअरलाइन्सका दुई वटा वाइडबडी जहाज अष्ट्रेलिया र चीन जाने भएका छन् । जहाज अप्रिल २ तारिखमा नेपालमा रहेका अष्ट्रेलियाका नागरिक बोकेर ब्रिस्बेन जाने र अर्को जहाज चीनमा मेडिकल सामग्री लिन

चीनको बुहानमा कोरोना भाइरसका कारण ४२ हजार जनाको मृत्यु भएको खुलासा !

  • 14 minutes ago
चीनको बुहानमा कोरोना भाइरसका कारण ४२ हजार जनाको मृत्यु भएको खुलासा  !

एजेन्सी । चीनको बुहानमा त्यहाँ रहेका केही मानिसहरुले करिब ४२ हजार नागरिक कोरोना भाइरसका कारण मृत्यु भएको बताएका छन् । चीन सरकारले भने ३३ सय जनाको मृत्यु भएको बताउँदै आइरहेको छ ।

म्यान्चेस्टर सिटीका खेलाडी गुन्डोगानले भनेः लिभरपुललाई उपाधि दिँदा हुन्छ

  • 33 minutes ago
म्यान्चेस्टर सिटीका खेलाडी गुन्डोगानले भनेः लिभरपुललाई उपाधि दिँदा हुन्छ

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका खेलाई इल्के गुन्डोगानले लिगको सिजन अन्त्य भए लिभरपुललाई उपाधि दिनुपर्ने बताएका छन् । कोरोना भाइरसको कारणले फुटबलका गतिविधिहरु बन्द भइरहेको बेला प्रिमियर लिगका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।