यसरी सामान्य अवस्थामा फर्किदैछ अष्ट्रेलिया, पब र रेष्टुरेन्टमा ५० जनासम्म जानसक्ने

सिड्नी । पछिल्लो समय अष्ट्रेलियामा कोरोना भाइरस विस्तारै नियन्त्रणमा आउन थालेको छ । यही अवस्थालाई मध्यनजर गर्दै अष्ट्रेलियाको सबैभन्दा बढी कोरोना प्रभावित राज्य न्यूसाउथवेल्सले विस्तारै व्यवसायलाई खुल्ला गर्दै जाने नीति अन्तर्गत पब, क्याफे तथा रेष्टुरेन्टहरुमा आगामी जुन १ तारिखदेखि ५० जनासम्मलाई सेवा प्रदान गर्नसक्नेगरी खुला गर्ने तयारी गरेको छ । 

 

सरकारले जारी गरेको नीति नियम अनुसार यसरी आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दा निकै सावधानी भने अपनाउनुपर्नेछ । यस अन्तर्गत एक टेबलबाट अर्कोको दूरी चार स्क्वायर मिटर हुनुपर्ने, एकै पटकमा १० जनाभन्दा बढीको बुकिंग गर्न नमिल्ने, पवमा उभिन, डान्स गर्न नपाइने, काँटा चम्चा डाडु पन्यू एउटै प्रयोग गरेर सर्भ गरिने बुफे सर्भ गर्न नपाइने लगायतका प्रावधान छन् । नियमहरुको पालना नगर्ने क्याफेहरु तत्कालै बन्द गराइनेछ ।

 

गएको शुक्रबारदेखि कम्तिमा १० जनालाई सेवा दिनसक्नेगरी यसअघि खुल्ला गरिसकिएकोमा अब त्यसलाई बढाएर ५० बनाउन लागिएको हो । न्यूसाउथवेल्सका स्वास्थ्य मन्त्री ब्राड हजार्डले भने, अब एक्लै बाहिर गएर घुमघाम गर्ने, मनोरञ्जन गर्ने बेला त भयो तर अत्यन्तै सावधानी हुनु अनिवार्य छ । किनकि, भाईरस हाम्रै वरिपरि छ ।

 


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 7 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 7 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 7 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।