अष्ट्रेलियामा 'नेपाली कलगर्ल'

सिड्नी । २४ वर्षकी सकुन्तला (नाम परिवर्तन) अष्ट्रेलियाको सिड्नीमा रहेको विश्वविद्यालयमा अध्ययन गर्छिन् । खर्च जोहोका लागि क्लिनिङ र मसाज सेन्टरमा काम गर्छिन् । त्यसबाहेक उनको ठूलो आम्दानीको स्रोत भने इन्टरनेटमार्फत बोलाएका घरमा गएर ‘सेक्स’को सेवा दिनु हो ।

 

न्यु साउथ वेल्स राज्यको आटअमनमा रहेको क्लिनिङ र पारामाटामा रहेको मसाज सेन्टरहरूमा नियमित आम्दानीका लागि काम गर्ने धेरै युवतीमध्ये उनी पनि हुन् । उनले इन्टरनेटमा आफूलाई कलगर्लका रूपमा स्थापित गराइन् । इन्टरनेटमा ‘फिस’ तिरेपछि उनी सेवा दिनका लागि बोलाएका ठाउँमा पुग्छिन् । यस्तो कामका लागि अष्ट्रेलिया सरकारले कुनै रोक नलगाएका कारण यहाँको बसाई, पढाई र आम्दानीका लागि यौनलाई पनि पेसा बनाएको उनले बताइन् । इमान्दारीताका साथ बोलाएका ठाउँमा पुग्ने उनी दिनमा धेरैजनालाई सेवा दिनुपर्ने सुनाउँछिन् । उनले भनिन्,‘यसरी बोलाउने ठाउँमा गएर सेवा दिने गरेकी छु । त्यसले आफ्नो राम्रो खर्च चल्छ ।’

 

उनले घन्टाको एक सय ५० डलर सेवाशुल्क लिने गरेकी छन् । इन्टरनेटमार्फत नै भनेको खातामा उक्त रकम जम्मा गरेपछि युवती सेवा दिन पुग्छन् । उनका अनुसार आफुले काम गर्ने ठाउँमा कम्तिमा ६ देखि ७ जना यस्तो सेवा दिने नेपाली विद्यार्थी युवती रहेका छन् । ‘हामीलाई अरू कुराको समस्या छैन रकम लिएपछि सेवा दिन्छौं ।’, उनले भनिन्,‘आम्दानीका लागि यो काम गरेका हौं ।’

 

करिब एक लाख नेपाली रहेको अष्ट्रेलियामा कम्तिमा ५ सय यस्ता युवती रहेको अनुमान गरिएको छ । सिड्नी सहरमा मात्रै कम्तिमा डेढ देखि २ सय सम्म नेपाली युवतीले पढाई र अन्य सुविधाको रूपमा कलगर्लका रूपमा काम गरिरहेको हुनसक्ने सकुन्तलाको बयानको आधारमा अनुमान गर्न सकिन्छ ।

 

नेपाली युवतीका लागि नेपाली, भारतीय र इन्डोनेशियन, अष्ट्रेलियन लगायतका ग्राहक हुने गरेका छन् । समयअनुसारको सेवा दिने गरेको उनले सुनाइन् । उनीहरू रकम लिएपछि इमान्दारीताका साथ विलम्ब नगरी सेवा दिन्छन् । ‘हामी व्यस्त हुन्छौं, समय कम हुन्छ । अन्यत्र पनि जानुपर्ने हुन्छ । नियमित काममा पनि जानुपर्छ । त्यसकारण ढिलो नगरी सेवा लिनुहोस् ।’, उनी भन्छिन्,‘होइन भने अन्यत्र जानुपर्छ ।’

 

उनीहरूलाई यो पेशा अपनाएकोमा पश्चाताप समेत नरहेको सकुन्तला बताउँछिन् । ‘जानेर बुझेर नै यो पेशा अपनाएकी हुँ । खर्चका लागि पैसा चाहिने र पेशामा कुनै अवरोध नभएका कारणले अपनाउन किन अप्ठ्यारो मान्नु ?’, उनी भन्छिन् । यो पेशामा राम्रो आम्दानी भएकै कारणले उनले इन्टरनेटमा आफ्नो सम्पर्क पनि छाडेकी हुन् ।

 

उनीजस्तै धेरै युवतीले इन्टरनेटमा यसरी सम्पर्कका लागि खाता खोलेका छन् । अष्ट्रेलियामा रहेका नेपाली युवतीले प्रायः ‘लोकान्टो’मा खाता खोलेका हुन्छन् ।

 

सकुन्तला सिड्नी वरिपरि छरिएर रहेका नेपाली मध्येकी एक प्रतिनिधि पात्र मात्र हुन् । यसबाहेक राजधानी क्यानबेरा, मेलबर्न, ब्रिसबेनलगायतका ठाउँमा रहेका नेपाली युवतीले पनि यसरी सेवा दिनका लागि यौनलाई पेशा बनाउने गरेका छन् । उनीहरू प्रति घन्टाका दरले सेवाग्राहीसँग शुल्क लिने गर्छन् ।

 

यौन पेशा भने उनीहरूको प्रमूख पेशाचाहीँ होइन । अन्य कामलाई प्रमुख पेशा बनाएर अतिरिक्त तर बलियो आम्दानीका लागि यो पेशामा संलग्न हुँदै आएका छन् । नेपाली समुदायको जनसंख्या थपिँदै गएपछि कलगर्लका रूपमा नेपाली युवतीको संख्या पनि बढिरहेको अनुमान गरिएको छ । (लाहुरीटीभीबाट)


थप समाचार

भ्रष्टाचार आरोपी मिसेलद्धारा बयान दिन अस्विकार

  • 3 minutes ago
भ्रष्टाचार आरोपी मिसेलद्धारा बयान दिन अस्विकार

रियो डि जानेरो । भ्रष्टाचारको आरोपमा पक्राउ परेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेका छन् ।

प्रमुख दल बिनाको भोलिको निर्वाचनबाट थाइल्याण्डले पाउला त निकास ?

  • 5 minutes ago
प्रमुख दल बिनाको भोलिको निर्वाचनबाट थाइल्याण्डले पाउला त निकास ?

काठमाडौ । प्रमुख पार्टीको सहभागिता बिना नै थाईल्याण्डमा आइतबार बहुप्रतिक्षीत निर्वाचन हुन लागेको छ । सैन्य प्रमुखको नेतृत्वमा चलेको सरकारलाई निर्वाचनमार्फत् लोकतान्त्रिक सरकारमा परिणत गराउने प्रयास स्

पाकिस्तानको राष्ट्रिय दिवसमा भारत अनुपस्थित

  • 8 minutes ago
पाकिस्तानको राष्ट्रिय दिवसमा भारत अनुपस्थित

नयाँ दिल्ली । पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा भारत अनुपस्थित हुने जनाएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

दुई कक्षालाई पढाउने माइकल बोनरले आफ्ना विद्यार्थीलाई कसरी पढाईप्रति आकर्षक बनाउने भन्ने उपाय खोजिरहेका थिए । यसैक्रममा उनले एउटा अनौठो प्रस्ताव विद्यार्थीहरुसमक्ष राखे र यसको परिणाम पनि सोचेजस्तै आएको छ ।