अस्ट्रेलियामा राजदुत लक्की प्रकरण र नेपाली कुटनीतिक क्षेत्रका लागि पाठ

हुन त राजदुत सह–सचिव स्तरको नियुक्ति हो । तर, यो मन्त्री परिषद्बाट नभई मन्त्री परिषदको सिफारिशमा राष्ट्र प्रमुखबाट नियुक्त हुने पद हो । अझ सार्वभौम संसदको सुनुवाई समितिबाट  हुने प्रश्नोत्तर समेत पार गरी  नियुक्त भएर जाने राष्ट्रबाट अग्रिमो आएपछि मात्र राजदूत नियुक्त हुन्छन् ।

 

नियुक्त भएर जाने मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई ओहदाको औपचारिक प्रमाणपत्र बुझाए पछि कार्यभार सुरु हुन्छ । त्यसैले पहिलो कुरा राजदुत पद दुवै देशको बीचको सम्बन्ध सेतुको जिम्मेवारी पनि हो । यो जिम्मेवारी ‘हेड अफ द गभर्नमेन्ट’ बीचको होइन कि ‘हेड अफ द नेशन’ बीचको सेतु हो ।

 

सार्वभौम देशको प्रतिनिधि भएकाले नियुक्त भएको देशको कानूनले राजदुतलाई छुदैन । कुटनीतिक उन्मुक्ति ‘डिप्लोम्याटिक इम्मुनिटी’ का कारणले सम्बन्धित देशका निकायले मित्रदेशका राजदुत, उनको निवास, उनका परिवार,  दुताबास तथा कर्मचारीमाथि उनको सुरक्षा बाहेक अन्य कुनै पनि निगरानी  राख्न मिल्दैन । यो मित्र देशको झण्डा र झन्डावालको उच्च सम्मान हो ।

 

तर, के देशले त्यो सम्मान र जिम्मेवारी बहन गर्न योग्य  व्यक्ति पठाएको छ ?  त्यसमा दुई देश बीचको बाँकि कुटनीतिक सम्बन्ध निर्भर गर्छ । त्यस्तै योग्य व्यक्ति छान्न देशले परिपक्कता नअपनाउँदा बेला मौकामा  राजदुतहरु व्यक्तिगत रुपमा विवादित हुन्छन् र, अन्त्यमा सिंगो देशलाई नै सरम लाग्नुपर्ने बेला आउँछ । दुई मित्र देशको कुटनीतिक सम्बन्ध उचाईमा होइन रसातलमा पुग्छ ।

 

केही वर्षको अन्तरालमा दुर्भाग्य नै भन्नु पर्छ दुई जना नेपाली राजदुत विवादित बन्न पुगे । केही वर्ष अघि कतारका लागि नेपाली राजदुत माया शर्मा र केही महिना अघि नेपालका लागि अस्ट्रेलियाका राजदुत लक्की शेर्पा । लक्की शेर्पाले २०१७ को जुन ८ मा अस्ट्रेलियामा राजदुतका रुपमा सपरिवार पाइला टेकेकी थिइन् र २०१९ जनवरीको ३०मा सपरिवार अन्तिम उडान भरिन् ।

 

दुर्भाग्य अर्को पनि भयो कि दुवै राजदुतले आफ्नो पुरा कार्यकाल बिताउन पाएनन् र आउँदा प्राप्त गरेको डायेसपोराको नेपाली समाजको उच्च सम्मान फर्किदा बिदाइको न्यानो अँगालो मार्नेहरुले समेत सार्वजनिक गर्न सकेनन् । अर्को दुर्भाग्य दुबैजना माओवादी आन्दोलनसँग कुनै साइनो नभए पनि तत्कालिन माओवादी आन्दोलनको नेतृत्वोको सिफारिशमा नियुक्त भएका थिए । र, उनीहरुको ‘फेभर’ कै सरकार हुदा फिर्ता हुन पर्यो ।

 

तर, उनीहरुको चाहि सौभाग्य राजतन्त्रात्मक नेपालको इतिहास पल्टाउने दश वर्ष नौ  महिना ५  दिन चलेको त्याग र बलिदान पूर्ण आन्दोलनको कुनै पनि मिनेट मैदानमा नदेखिएका यी पात्र त्यो आन्दोलनका सुप्रिमोहरुको सिफारिसमा दुई देशको ‘हेड अफ द नेशन’ बीचको पुल बनेर सलामी खान त सफल भए तर, कार्यकाल पुरा नभई नेपाल र नेपाली अनि उनलाई सिफारिस गर्ने आन्दोलनका समर्थकहरुलाइ गौरव गर्न मिल्ने ठाउ नराखी बिदा भए ।

 

आफ्नो कार्यकाल पुरा नगरी फर्किनुमा उनीहरुले आफ्नो असक्षमता भन्दा बढी अमुक गिरोहलाई दोष दिए । अन्त्यमा आफुलाई सिफारिश गर्ने नेतृवले पनि सहयोग नगरेको भन्दै आफ्ना निकटस्थहरुसँग गुनासो गर्न पुगे । यो दुर्भाग्यबाट नेपालको कुटनीतिक क्षेत्रको नियुक्ति प्रक्रियालाई पुनर्विचार गर्नु पर्ने देखिन्छ । त्यो  कसरी होला अब विमर्श आवश्यक छ ।

 

राजदुत नियुक्तिका औपचारिक प्रक्रियाहरु माथि बहस गर्नु भन्दा पनि सिफारिसका अनौपचारिक प्रक्रियाहरुमाथि पहिलो समिक्षा गर्नुपर्दछ । सिंगो देशको कुटनीतिक नियुक्ति  जस्तो संवेदनशिल जिम्मेवारी बहन गर्ने व्यक्तिको क्षमता र प्रतिबद्धताको निष्पक्ष तथा गहन परिक्षण गर्नु पर्ने देखिन्छ । सिंगो देश र देश संचालन गर्ने हैसियेतमा पुगेका नेताहरुले अब तेश्रो ठक्कर खाएपछि बहस गर्नुको कुनै अर्थ हुने छैन ।

 

पहिलो कुरा परराष्ट्र नीति तथा मामिलाबारे समग्र राष्ट्रको बुझाइमा  एकरुपता  हुन आवश्यक छ र यसलाई पार्टी गत दायरा भन्दा माथि साझा नीति बनाउन आवश्यक छ । आवधिक निर्वाचनबाट सरकारहरु फेरिए पनि सामान्य अवस्थामा आधारभूत परराष्ट्र नीति तथा कार्यन्वयन गर्ने अंग माथि फेरबदल  आउँनु हुँदैन । र, त्यो नीतिलाइ  गर्ने सिंगो रास्ट्रिय समझदारीको विषय बनाउनु पर्दछ ।

 

दोश्रो कुरा ‘करिअर डिप्लोम्याट’हरु लोक सेवाको फलामे ढोका पार गरेर अनि कुटनीतिक क्षेत्रको विभिन्न तहगत काम र तालिमबाट प्रशिक्षित भएर आएका हुन्छन । उनीहरुको परिक्षणका स्थापित प्रक्रियागत व्यवस्थाहरु छदैछन् । उनीहरुले देशको आवश्यकता र नेतृत्वको स्पिरिट अनुशार जिम्मेवारीमा ‘प्रोएक्टिभ’ भूमिका देखाउन सकेनन् भने पनि कम्तिमा कमि कमजोरी गर्न डराउँछन् । सरकार हाक्नेहरुले पररास्ट्र मामिलाका  स्थायी अंग र कर्मचारीहरुलाई कसरि क्षमतावान र आत्मबिस्वाशी बनाउने  भन्नेमा ध्यान दिनु पर्दछ।

 

साझेदार गठबन्धनका  राजनीतिक पार्टीहरुको कोटाबाट सिफारिस गर्ने समझदारीपूर्ण नीति कायम रहँदा भने आवश्यता,क्षमता र प्रतिबद्दताको परिक्षण कसरि गर्ने जटिलता यहिनेर छ । केहि नेता,व्यक्ति वा समुहको चित्त प्रशन्न हुने कुरा समग्र रास्ट्रको निर्णय बनिदिदा दुर्घटनाहरु हुन्छन् र पछिल्ला घटनामा भएको पनि यहि हो । 

 

राजदुत जस्तो गरिमामय जिम्मेवारी विभिन्न व्यक्तिगत प्रभावहरुबाट प्राप्त गर्न उनीहरु सफल भएजस्तै त्यो पदको नजिक बसेर स्वार्थ लुट्ने तत्वहरुको चंगुलमा जानाजान उनीहरु पनि फसे वा उनीहरुले तेस्तै चाहे । राष्ट्रको गौरवशालि झण्डा बोक्नुलाइ व्यक्तिगत शान र मानको बिषय ठानेर आफ्नो व्यक्तिगत नायकत्व ‘पर्सनल हिरोइजम’ प्रदर्शन गर्ने स्तरमा त्यो पदलाइ झार्नु अपरिपक्वताको पराकाष्ठ हो ।

 

त्यसैले पार्टी वा नेतृत्वले सिफारिश गर्दा कम्तिमा त्यो पार्टी निर्माणको इतिहासको जोखिमपूर्ण यात्रा पार गरेको, पार्टीको दर्शन र राजनीतिलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा स्थापित गर्न वा स्वीकार्य बनाउन वैचारिक ,सांगठनिक योगदान गरेको ब्यक्तित्वलाई  छान्नु पर्छ । त्यसपछि आफ्नो पार्टीको अन्तर्राष्ट्रिय अंगबाट वा देशको परराष्ट्र मामिला हेर्ने निकायबाट आवश्यक प्रशिक्षण समेत दिएर  तयार पार्नु पर्छ ।  कसैकसैले उखान बनाए जस्तो हचुवाका भरमा ‘नोट र ओठ’ हेरेर अर्थात् व्यक्तिगत समृद्धि र कृतिम क्षमतालाई पुरस्कृत गरेर सिफारिस गर्नु घातक हुन्छ, जुन भयो पनि ।

 


थप समाचार

मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

  • 9 hours ago
मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुले प्रस्तुति गरेको उक्त कार्यक्रममा झण्डै ६ सय स्थानीय नेपालीहरु सहभागी भएको एनआरएन यूके उपाध्यक्ष एवम् च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरले जनाएका छन् ।

मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

  • 10 hours ago
मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको कागजात अध्ययन गर्ने निर्णय गरेको छ । समितिको सिंहदरबारमा बसेको बैठकले अन्सारीमाथि परेको उजुरीक

'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

  • 10 hours ago
'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

काठमाडौँ । नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काङ्ग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।