अष्ट्रेलिया विशेषः उनी आफु बिते तर क्रियाशील जीवन जिउने उत्प्रेरणा दिएर गए ...

समुदाय , साथीहरु र परिवारको सहयोगमा अस्ट्रेलियामा क्यान्सरलाई पराजित गरेपछि मनिष सुवेदीले ६ वर्ष निकै सक्रिय जीवन बाँचे । उनले आफु क्यान्सर संक्रमित भएको प्रमाणित भएकै दिन देखि खुत्रुक्केमा रकम जम्मा गरे र नेपालको सिभिल अस्पतालका बिरामीलाई गतवर्षको दशैँताका सो रकम हस्तान्तरण गरे । उनलाई साथीहरु र समुदायले बचायो र उनले पनि समुदायका लागि अथक जीवन जिउने उत्प्रेरणा दिएर गए ।  

 

सिड्नीर कुइन्स्ल्यान्डको राजधानी ब्रिसबेन निवासी रजनी अर्यालको फेसबुकले  एकाबिहानै उनको ६ वर्ष अघि आजकै दिन पोस्ट गरेको एउटा स्टाटस नोटिफिकेसनमा पठायो । ४ जनवरी २०१३ मा केल्लीभेल न्यु साउथ वेल्सबाट गरिएको पोस्टमा लेखिएको थियो,‘‘प्रिय साथीहरु र परिवार म तपाईहरु समक्ष यो खबर सुनाउँदा खुशी छु कि अर्को  हप्ता बोन म्यार्रो प्रत्यारोपणका लागि अस्पतालमा भएका हाम्रा भाइ मनिष सुवेदीको लागि  हामीले आज बिहानसम्म जम्मा ३ हजार ३  सय ५८ डलर व्यवस्थापन गर्न सफल भएका  छौ । यो योगदानका लागि सबैलाई धन्यवाद, र सहयोग गर्न चाहने सबैलाई छिट्टो गर्न विशेष अनुरोध गर्न चाहन्छु ताकी उनलाई प्रत्यारोपण अघि नै हस्तान्तरण गर्न सकियोस । सबै दिन श’भ रहोस र मनिषलाइ “गुड लक’’ । आशा गरौ मनिषलाइ राम्रो हुनेछ । 

 

उनले आशा गरे जस्तै त्यो बेला साच्चै चमत्कार भयो । मनिषले ल्युकेमियालाइ पराजित गरे र अस्पतालबाट निको भएर फर्के । आफुसँग पारिवारिक सम्बन्ध जस्तै बनाएका मनिषसँग त्यसपछी रजनीको समाजसेवी अभियान सुरु भयो । भावविह्वल मुद्रामा रजनीले नेपालीपत्रसँग भनिन्,‘निकै सहृदयी मनिष, मलाई उसले मेरो अभियानमा सघायो, मलाई निकै प्रेरणा पनि दियो । नाच्ने, गाउने, काम गर्ने सबैलाई क्रियाशील र खुशी जिन्दगी जिउन प्रेरणा दिने मानिस थियो ।’  

 

शुक्रबार मध्यान्ह नजिक निकै भावुक हुँदै उनले भनिन्,‘ उ ति मध्ये एक थियो जसले मलाई वास्तविक मानविय हुन सिकायो र अर्कालाई दिएर कसरी आफ्नी जीवनमा शान्ति ल्याउन सकिन्छ भनेर सिकायो । उनले ६ वर्ष अघिको पोस्ट हेर्दा हेर्दै मनिष अब यो संसारमा नरहेको खबर आएको बताइन्  र भनिन्,‘मनिष भाइ तिमीले मलाई सकेको सहयोग गर्यौ, मेरो जीवनमा मलाई सुन्दर र अर्थपूर्ण काम गर्न प्रेरित गर्यौ, तिमी अब छैनौँ भन्दा मलाई निकै पिडा भएको छ, कृपया हामीलाई स्वोर्गबाट  राम्रो काम गर्न निर्दे्शित गरिरहनु, तिम्रो आत्माले शान्ति पाओस ।’ 

 

अस्ट्रेलियामा क्यान्सरलाई पराजित गर्दै र धेरैलाई समाजसेवा गर्दै खुशी साथ जिउन उत्प्रेरित गरिरहेका  युवा मनिष सुवेदीको निधनको  खबर शुक्रबार बिहानै सिड्नीमा हावा सरि फैलिएपछि  हाल पुर्वी अस्ट्रेलियाको ब्रिसबेन सहरमा व्यवसाय थालेका सिड्नी निवासी सामाजिक अगुवा श्री नापितले  आफ्नो फेसबुक वालमा भावविभोर हुँदै शुक्रबार मध्यान्ह शोक मन्तब्य लेखे( सधैँ सकारात्मक विचार र व्यवहारका व्यक्तित्व मनिषले चुपचाप  यो संसार छोडेको सुन्दा म निकै दुःखी छ । मेरो भावना सधैँ उनको समग्र परिवार प्रति छ । उनको आत्माले शान्ति पाओस ।’

 

अस्ट्रेलियामा नेपाली कला संस्कृतिलाई प्रवद्र्धन गरिरहेकी युवा नेत्री उषा किरण बारिया पोखरेलले आफ्नो वालमा लेखिन्ः मेरा हातहरु कापिरहेका छन् , म अहिले ट्रमा महसुस गरिरहेकी छु र मैले यो विश्वास गरिरहेकी छैन’  भन्दै मनिषको उपचारका लागि २०१३ मा अस्ट्रेलियामा अर्थ संकलन गरेको स्मरण गरेकी छन् । उनले भनेकी छिन्,‘ त्यसपछि उनी र म बीच बेला बेला कुराकानी भयो । उनी आफ्नो जीवनबारे निकै  सकारात्मक मात्र थिएनन् क्यान्सर पीडित अरुलाई पनि सहयोग गरिरहेका थिए । आज मैले सुने उनी नियमित जाँचका लागि अस्पताल गए तर कहिलै फर्केनन् ।’ 

 

हाल अस्ट्रेलियामा समाजसेवामा लागि रहेकी उषाले आफु उनको प्रेरणाले समाज सेवामा लागेको बताईन् । पछिल्लो कुराकानीमा मैले सुरु गरेको सामाजिक काममा सहकार्य गर्ने रुची मनिषले देखाएको बताउदै उषाले भनेकी छिन अब त्यो अधुरो भयो ।

 

मनिषको उपचार प्रक्रियामा सुरुमै जुटेकी रजनी अर्याल हुन् । आफ्ना एक आफन्त सोमनाथ निरौलाको  २०१० को मेमा सिड्नीमा पिकनिकका  क्रममा घाटीमा हड्डी अड्किएर अस्पताल भर्ना हुनुपरेको र पछी निधन भएपछी उनको  परिवारलाई सान्त्वोना दिने क्रममा उनले सिड्नीमा अर्को एक युवा क्यान्सरसँग लडिरहेको थाहा पाइन् । मनिषको उपचार भइरहेको रोयेल नर्थ शोर हस्पिटल गएर मनिषको परिवारलाई सहयोग गर्न थालिन र आफ्ना स्पेनिस र भारतीय साथीहरुसंग मिलेर अर्थ संकलन गरिन ।

 

नेपालीपत्रसँग बोल्दै उनले त्यतिबेला झन्डै ५ हजार डलर जति  रकम उठेको र पछि नेपाली समुदायले समेत सहयोग गरेर उनको उपचार भएको स्मरण गरिन । मनिष सन्चो भएर फर्के पछी समाज सेवा विशेष गरी क्यान्सर विरुद्दका धेरै अभियानमा निकै क्रियाशील बनेको उनको भनाइ छ । 

 

‘‘मनिषले सक्छ भने हामि सक्छौ’’ भन्ने अभियान नै सुरु गरेर उनले अस्ट्रेलियाको नेपाली समाजमा भएका निराशा, चिन्ता, समस्या विरुद्द उत्प्रेरकको काम गरेका थिए । उनीबाट बेला बेला  उत्प्रेरणा पाइरहेका  हाल ब्रिसबेन निबाशी विकास चापागाईले नेपालीपत्रसँग भने,‘म ठुलो दुर्घटनाबाट बाचेको मानिस हु , हाल व्हील चेयरमा यात्रा गर्छु , मलाई मनिषले पटक पटक भेटेर जीवनमा निराश नहुन प्रेरणा दिन्थे ।’

 

२०१६को मे ४ मा सिड्नीमा भएको व्हील चेयरमा यात्रा गर्ने हरुबीच हुने ‘बुकिया’ खेल मैदानमा आएर मनिषले उनलाई उत्साह भरेका थिए । मनिषले त्यतिबेला विकासका बारेमा लेखेका थिए – हामी सबै आफ्नो दिमागको बन्दी भएका छौ, अपांगताले तपाइलाई पारिभाषित गर्दैन, महत्वपूर्ण के हो भने तपाई त्यसलाई सक्षमतामा परिणत गर्नु हुन्छ । विकास चापागाई लाई मेरो  ठुलो सम्मान छ, हाम्रो समाजले उनीजस्तालाई सम्झनु पर्छ र पुरस्कृत गर्नु पर्छ । 

 

२०१६ को जनवरी २६ मा अस्ट्रेलिया दिवसको शुभकामना दिदै कार चलाई रहेको आफ्नो फोटोमाथि मनिषले लेखेका छन् – एकदिन म अरुसँग कारमा थिए र मैले सोधे मेरो दाया आखाको दृष्टी गुमाएको छु के म अस्ट्रेलियामा सवारी चालकको अनुमति लिन सक्छु , त्यतिबेला सबैले मेरो प्रश्न गम्भीरता पुर्वक लिएनन् किनकि म अझै सन्चो भैसकेको थिएन । म शारीरिक रुपमा कमजोर थिए तर मानसिक रुपमा बलियो । मैले त्यसलाई सकारात्मक रुपमा लिए र हेर्नुहोस अहिले म अहिले गाडी चलाई रहेको छु । कहिले पनि आफ्नो बारेमा अरुको धारणा प्रति ध्यान नदिउ जहिले तिमी कमजोर छौ सधै  विश्वास गर कि राम्रो कुरा आउँन अझै बाँकि छ । उनको यो भनाइलाई त्यतिबेला नै अस्ट्रेलियाका स्थापित नेपाली नर्स तथा  सामाजिक कार्यकर्ता धर्मराज अधिकारिले लेखेका छन् – मनिष तिमि धेरैका उत्प्रेरणा हौ । 

 

उनले  बनाएको फेसबुक पेजमा २०१६ फेब्रअरी ७ मा उनले क्यान्सर लागेपछिको अवस्थामा हुने ट्रमा र तनाबबारे लेखेका छन् – क्यान्सरसँग लड्नु एक जना सिपाही युद्ध क्षेत्रमा जानु भन्दा फरक होइन, जहाँ उ सबै भन्दा ठुलो अनिश्चितता’’ नामक दुश्मनसँग लडिरहेको हुन्छ । तपाईलाई थाहा हुँदैन कि युद्ध कतिबेला सकिन्छ, १ वर्ष, ५ बर्ष वा आफ्नै जीवन गुम्न पनि सक्छ । कहिलेकाँही तपाईले एक्लै लड्नु पर्छ, कहिलेकाही तपैले परिवारबाट साथ पाउनु हुन्छ । एदी भाग्यमानी हुनुहुन्छ भने असल साथीहरु बाट सहयोग पाउनु हुन्छ । शारीरिक र मानसिक हैरानीबाट बाहिर निस्कन कठिन हुन्छ, त्यहाँ सधै फेरि बल्झिन्छ कि भन्ने डर सधै दिमागमा हुन्छ । 

 

उनले अगाडि भनेका छन् । त्यसैले म तपाईलाई भन्न चाहन्छु कि यसबारे खुल्ला हुनुहोस र सबैसँग भन्नुहोस, यो बिरामी, कुरुवाहरु, परिवारका सदस्यहरु सबैको लागि खुला र उपयुक्त मध्यम हो । उनले क्यान्सर सम्बन्धित चेतना कम भएको र डलर मात्रै कमाउन मात्रै व्यस्त नेपाली समाजलाइ क्यान्सरबारे खुला बहस गर्न प्रेरित पनि गरेका छन् ।

 

उनले क्यान्सरसँग लडिरहेकी नेपाली चेली मनिषा श्यान्बोको सहयोगकालागि भएको सांगीतिक कार्यक्रममा सक्रिय सहयोग गरे । ‘अरुले सहयोग गर्दा हामी उठेका हौँ च्यारिटी घरबाटै सुरु हुन्छ’ भन्दै उनले आफु क्यान्सर संक्रमित भएको पत्ता लागेको पहिलो दिनबाट खुत्रुक्केमा रकम जम्मा गर्न थालेको उल्लेख गरेका छन् (त्यो कति होला मलाई मतलब थिएन तर मेरो उद्यश्य एक दिन नेपालका क्यान्सर पिडितलाई सहयोग गर्न केहि गृहकार्य गर्नु थियो । उनले खुत्रुक्के ढाल्दै अगाडि लेखेका छन् – जम्मा रकम २१ हजार नेपाली बराबर भएछ, जुन धेरै त होइन तर जब म नेपाल गए र त्यही रकमबाट चाडबाडका बेला अस्पतालका बिरामीको अनुहारमा खुशी ल्याउन सके उनीहरुको मुस्कान  रकम भन्दा निकै मुल्यवान थियो ।

 

उनी २०१६ को अक्टोबर १४ मा नेपालको सिभिल हस्पिटल गएको र त्यहाँका डाक्टर तथा नर्सहरसँग नेपाल र अस्ट्रेलियाका समकक्षीहरुबीच सहकार्य र विचार आदान प्रदानबारे छलफल गरेका थिए । उनले अस्ट्रेलियामा क्यान्सर काउन्सिल लगाएत क्यान्सर पिडितलाइ सहयोग गर्ने संस्था तथा व्यक्तिहरुसँग आफ्नो कथा सुनाएको र सहयोगका लागि आफु सहकार्य गर्न इच्छुक भएको प्रस्ताव राखेका थिए , धेरै ठाउँबाट सकारात्मक जबाफ पाएको कुरा सप्रमाण उनले आफ्नो फेसबुक पेजमा राखेका छन् ।  

 

उनी नेपालको  सदाचार आन्दोलनका अभियन्ता डा. गोबिन्द के सीको अनसन स्थलमा गएर एक्केबद्दता जनाएर अस्ट्रेलिया फर्केका थिए । उनले मधुमेहका बिरामीलाई पनि आशाको संचार गरेका थिए । आफ्नो तौल नब्बे किलोग्राम र दैनिक तीन पटक इन्सुलिन दिनुपर्ने अवस्थाबाट नियमित व्यायाम र  आहार बिहारमा ध्यान दिदै ७३ किलोग्राममा झारेको सप्रमाण पोस्ट गरेका थिए । 

 

नेपालको काठमाडौँ जिल्लाको  चाबहिल निबासी उनी  २००८ मा विद्यार्थीका रुपमा अस्ट्रेलिया आएका थिए । सुरुमा डार्विनमा झरेका उनको  स्वाथ्यमा  समस्या देखियो । उनको बीमाले नभ्याउने भएपछी सिड्नी पठाइएको थियो । पहिले वेस्ट मिड अस्पताल र पछी रोएँल नर्थ शोर अस्पतालमा उनको उपचार भयो । जहाँ उनले प्रयाप्त सामाजिक सहयोग पाए र क्यान्सरलाइ पराजित पनि गरे ।   

 

उनले आफ्नो ६ बर्ष पुरानो नरसिंग पढ्ने सपना पनि परिवार ,साथीभाई र श्रीमतीको सहयोगमा पुरा हुनलागेको पोस्ट २०१७ मार्च ९ मा अस्ट्रेलियाको बहुचर्चित विश्वविद्यायल ‘युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी’ अगाडि उभिएको फोटो राख्दै लेखेका छन् भने आफु बिरामीको रुपमा वेस्टमिड अस्पतालमा भर्ना हुदाँको अवस्था  सम्झिदै पहिले अस्पतालको सैयामा बिरामीको रुपमा  र  अहिले आफु प्रयोगात्मक विद्यार्थीका रुपमा सोही अस्पतालको मुख्य प्रवेशद्वार तर्फ जादै गरेको फोटो नै उनको पेजमा अन्तीम पोस्टका रुपमा छ जहाँ उनले म अस्विकार गरिएको थिएन तर पुनर्निदोर्षित गरिएको थिए भन्दै  लेखेका छन् – आज बिरामीको रुपमा होइन नरसिंग विद्यार्थीका रुपमा यहाँ पुग्दा धेरै स्मृतिहरु ताजा भए । उनले झन्डै चार हजार किलोमिटर टाढाबाट बिरामीका रुपमा त्यहाँ आउनु परेको अस्पतालमा बिताएका कहाली लाग्दा क्षेण सम्झदँै अहिले विद्यार्थीका रुपमा तिनै करिडोरहरुमा हिड्दाँ उनलाई लाग्यो– पीडा, दुःख, अनिश्चितता, चिन्ता जस्ता कुराहरु कुनै पनि स्थायी थिएनन् बरु अहिले म जहाँ छु त्यो बनाउनका लागि संघर्ष थियो । 

 

दुई महिना अघि नियमित आँखा जाँचका लागि अस्पताल गएका उनलाई चिकित्सकहरुले रक्त परिक्षण पश्चात आवश्यक उपचारका लागि अस्पतालमै रहन सुझाव दिएको रजनी अर्यालले जानकारी दिइन् । उनले शुुक्रबार बिहान ६ः३० बजे आफ्नो क्रियाशील जीवनको अन्तिम सास फेरे । अस्ट्रेलियाको नेपाली समाजले नयाँ वर्ष २०१९ को सुरुमै एक सामाजिक उत्प्रेरक गुमायो । 

 

 

 

 

 

 


थप समाचार

बैतडीमा अण्डर–१९ क्रिकेट प्रतियोगिता हुने

  • 4 minutes ago
बैतडीमा अण्डर–१९ क्रिकेट प्रतियोगिता हुने

बैतडी । दशरथचन्द नगरपालिकामा अगामी जेठ तेस्रो साताबाट अण्डर–१९ मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । जेठ १५ बाट उक्त प्रतियोगिता शुरु गरिने भएको हो ।

बलिउड अभिनेता सन्नी देवल भाजपामा प्रवेश

  • 8 minutes ago
बलिउड अभिनेता सन्नी देवल भाजपामा प्रवेश

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सन्नी देवल पनि राजनीतिमा होमिएका छन् । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसँग भएको भेटपछि उनी चुनावमा

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

  • 9 minutes ago
ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

काठमाडौं । काठमाडौँ प्रहरी परिसर, टेकुले ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपाललाई पक्राउ गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

एजेन्सी । आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।