अष्ट्रेलियामा २५ वर्षीय नेपाली विद्यार्थीको समुन्द्रमा डुबेर मृत्यु

अष्ट्रेलिया । अष्ट्रेलियामा तालमा डुबेर एक नेपाली विद्यार्थीको ज्यान गएको छ ।

 

आइतबार मध्यान्हतिर न्यु साउथ वेल्स राज्यमा पर्ने बेन्ट्स बेसिनमा २५ वर्षीय नेपाली युवा विश्वास भटाल जोशीको डुबेर ज्यान गएको नआरएनएका प्रवक्ता डिला खरेलले जानकारी दिएका थिए । घटनास्थल पश्चिम सिड्नीको वाल्लेसियाबाट १० किलोमिटर पर पर्छ ।

 

तालमा पौडी खेल्न गएका केही युवाहरु डुबेपछि प्रत्यक्षदर्शीले आपतकालिन सेवालाई खबर गरेको स्थानिय सञ्चारमाध्यम एसबिएसले जनाएको छ । अन्य तीन जनाको तत्कालै उद्धार गरिएपनि मृतक विश्वास भटाल भने बेपत्ता थिए । दुइ घण्टाको खोजी पछि उनको शव भेटिएको हो । पारामाट्टा नजिकैको फ्लेमिङटन क्षेत्रमा बसोबास गर्ने जोशीको स्थायी घर विराटनगर हो । उनका परिवारसँग सम्पर्क भइरहेको प्रवक्ता खरेलले जानकारी दिए ।

 

पछिल्लो एक महिनामा पानीमा डुबेर नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो भने पानी सम्बन्धि दुर्घटना तेस्रो । गत डिसेम्बर अन्तिम साता दक्षिण अष्ट्रेलियामा समुन्द्रमा डुबेर २२ वर्षीय निश्चल घिमिरेको ज्यान गएको थियो । आफुले हेरचाह गर्ने असक्त बालकलाई बचाउन खोज्दा उनी समुन्द्रमा डुबेका थिए ।

 

त्यस्तै जनवरी ९ मा न्यु साउथ वेल्स राज्यमा पर्ने मुर्रे नदीमा २१ वर्षीय बिगुल पण्डित बेपत्ता भए । उनको अवस्था अझै अज्ञात छ ।

 

पछिल्लो २ वर्षको तथ्यांक हेर्ने हो भने झन् कहाली लाग्दो छ । सन् २०१७ जुलाई देखि हालसम्म अष्ट्रेलियामा १८ जना नेपालीले ज्यान गुमाएको एनआरएनको तथ्याकं छ । ती मध्ये अधिकांश पानी सम्बन्धित दुर्घटना भएको प्रवक्ता डिला खरेल बताउँछन् ।

 

आखिर किन बढिरहेको छ त यस्तो दुर्घटना समुन्द्रबारे सचेतना नहुदा नेपालीहरु डुब्ने गरेको भिजन फर मोटिभेसन (भिएफएम) का अध्यक्ष रमेश श्रेष्ठले बताउँछन् । भिएफएमले सन् २०१८ देखि वर्षको एक पटक सिड्नीमा ७० जना जति विद्यँर्थीलाई समुन्द्रमै लगेर जोखिमबारे प्रशिक्षण दिदै आएको छ ।

 

 


थप समाचार

महिनावारीका बेला पेट दुखेमा...

  • 24 minutes ago
महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।

माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

  • 40 minutes ago
माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

काठमाडौं । माझी भाषी फिल्म ‘मोङो डोङा–२’ रिलिज मिति तोकिएको छ । गायक तथा अभिनेता यमनका स्टारर् ‘मोङो डोङा–२’ यही जेठ २५ गतेबाट दर्शकमाझ रिलिजमा आउने भएको छ ।

भारतमा भएको सातौँ चरणको मतदानमा मात्र ६१.१३ प्रतिशत मतदाताको सहभागिता

  • 41 minutes ago
भारतमा भएको सातौँ चरणको मतदानमा मात्र ६१.१३ प्रतिशत मतदाताको सहभागिता

नयाँ दिल्ली । भारतमा आइतबार सम्पन्न सातौं चरणको निर्वाचनमा ६१.१३ प्रतिशतले मतदान गरेको आँकलन निर्वाचन आयोगले साँझ ६ः४५ मा आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।