अष्ट्रेलियामा पैसा कमाउन जान्नै पर्ने ५ कुरा

अष्ट्रेलिया । सन् २०१९ को लागि नयाँ योजना बुन्ने कसरत गर्नु भयाे हाेला । यस वर्षको लागि यहाँहरुले बनाउनुभएको सम्पूर्ण योजना सफल होओस् । यहाँको व्यक्तिगत फाइनान्समा के­कस्ता विषयहरु पर्नु पर्छ भन्ने केही बुँदाहरु प्रस्तुत गर्दैछुः

 

१. घर किन्न ढिलो नगरौं 

जतिसुकै उमेर ढल्के पनि वा जुनसुकै समयमा अस्ट्रेलिया आएको भए पनि एउटा घर किन्ने चाहना प्रायः सबैको हुन्छ । कहिले वचतको अवस्था नमिलेर त, कहिले जागिरको अवस्था नमिलेर वा कहिले नेपालतिर घर­जग्गामा पैसा हाल्नुपर्ने भएकोले घर किन्ने साइत जुरिरहेको देखिन्न । अझ कहिलेकाहीं त समय गुज्रिँदै जाँदा आफ्ना आवश्यकता पनि बढ्दै जाने र त्यही अनुसारको घर किन्न नसकिने भएर थुप्रै व्यक्तिहरु घर किन्नबाट चुकिरहनुभएको छ । उदाहरणको लागि ३­४ वर्षसम्म यहाँ युनिट नकिनी बसेपछि अब एकै चोटी घर किन्ने भन्ने सोच धेरैमा पाइन्छ, तर आफ्नो आर्थिक अवस्थाअनुसार, आफूले चाहेको ठाउँमा घर किनेर बस्न साह्रै गाह्रो भइसकेको अवस्था छ । त्यसैले यसपालिको नयाँ वर्षमा टुलुटुलु हेरेर बसिरहने प्रवृत्तिको अन्त्य गर्दै सकिन्छ भने युनिटबाट नै प्रोपर्टी किन्ने यात्रा शुरु गर्नुहोस् । आप्mनो आर्थिक अवस्था राम्रो हुँदै गएपछि केही वर्षमा टाउन हाउस, घर आदि थप्दै जानुहोस् । कहीं न कहीं त शुरु गर्नु प¥यो नि ! 

 

२. पैसा नफसाउँ

जब मान्छेसँग केही वचत हुन्छ, तब के गरूँ र कसो गरौँ भन्ने भावना जागृत हुन्छ । यस्तै बेलामा जोगिन सकिएन भने नराम्रोसँग फँसिन पनि सकिन्छ । कहिले अफ्रिकामा तेल निकाल्ने भनेर त कहिले नेपालतिरै जग्गा प्लटिङ भनेर विभिन्न खालका अवसरहरु आउन सक्छन् र यस्ता लगानीका प्रतिफल ज्यादै लोभलाग्दो देखाइएको हुन्छ । यस्ता ठूला प्रतिफलको लोभमा मानिसले ‘कमनसेन्स’ गुमाउने प्रवल सम्भावना हुन्छ र पैसा लगेर फँसाउने डर हुन्छ । त्यसैले हौवाको पछाडि नलागी आफूले गर्नुपर्ने आवश्यक रिसर्च गरौँ । फलानो­फलानोले लगानी गरेको ठाउँमा मैले यति गर्नु के हुन्छ र भन्ने खालको विचार त्याग्नुहोस् । ठूलाबडाले पनि राम्रो रिसर्च नगरी हालेको पैसा फँसेको कैयन उदाहरण तपाईं हामीसामु छन् !  

 

३. बीमा गरौँ, सम्पत्ति र परिवारको बचाउ गरौँ 

सम्पत्ति जोड्नु मात्र ठुलो कुरो होइन । अस्ट्रेलियाजस्तो ठाउँमा ऋण नलिई सम्पत्ति जोड्ने शायदै कोही होलान् । यसरी ऋणबाट सिर्जना गरिएको ढुकुटी तासको घर जस्तै हो, कुनै पनि बेला लड्न सक्छ । परिवारमा धेरै कमाइ गर्ने वा अन्य कुनै सदस्यको असामयिक निधन भएको खण्डमा बाँकी रहेको सदस्यले यस्ता ऋण धान्न नसक्दा बैंकले धितो लिलाम गर्ने गर्दछन् । जिन्दगीभर दुख गरेर परिवार र भविष्यको लागि जोडेको सपना केही क्षणमा नै चकनाचुर हुन सक्दछ । त्यसैले आप्mनो परिवारलाई आर्थिक विपत्ति पर्नबाट जोगाउन बेलैमा बीमा गरौँ । जीवन बीमा, अङ्ग­भङ्ग वा अशक्त बीमा, ट्रमा कभर जस्ता थुप्रै बीमा उपलब्ध छन् । जसले यहाँको आवश्यकताअनुसार, सुरक्षा प्रदान गर्न सक्दछ । याद गरौँ जीवन बीमा गरेको खण्डमा काल गतिले मानिसको निधन भएमा पानी बाँच्ने सदस्यले ‘आर्थिक बेनेफिट’ पाउने गर्दछन् !         

 

४. पढौं, बुझौं र शिक्षित होऔं 

अहिलेको जमानामा आर्थिक रुपमा शिक्षित र जागरुक हुनु अति जरुरी छ । यसको लागि युनिभर्सिटीमा नै गएर डिग्री नै गर्नु पर्छ भन्ने पनि छैन । दैनिक रुपमा आर्थिक समाचारहरु पढ्नुहोस्, के गर्दा ठीक र के गर्दा बेठीक भन्ने छुट्टयाउन सकेमा मात्र पनि ठूलो उपलब्धि हुनेछ । उदाहरणको लागि आर्थिक सर­सरसल्लाहको लागि फाइनान्सियल एडभाइजरसँग परामर्श गर्ने, घर किन्ने ऋणको लागि मोर्टगेज ब्रोकरसँग सम्पर्क गर्ने आदि केही स्मार्ट तरिका हुन् । जसले थुप्रै रकम बचाउन सक्छ । नेपालबाट माइग्रेट भएर आएका हामीहरु धेरै पढेका छौं, प्रायः एक वा एकभन्दा बढी युनिभर्सिटीको डिग्री पनि छ । जसले गर्दा आफैलाई थुप्रै कुराको जानकारी रहेको भान पर्न सक्छ । आफ्नो क्षेत्रमा मान्छे तगडा हुने भएकोले विशेष क्षेत्रमा विशेष तालिमप्राप्त विज्ञहरु थोरै नै सही हामीभन्दा जान्ने हुन्छन् भन्ने कुरा बुझ्नुपर्दछ । आफ्नो कमजोरीलाई ढाकछोप नगर्नुहोस्, पैसाको मामलामा साह्रै महँगो पर्न सक्छ !     

        

५. उदार बनौं, दीनदुःखीलाई केही बाँडौं 

पैसा कमाउनु मात्र पनि जिन्दगीको लक्ष्य बनाइनु हुन्न । संसारमा तपाईं­हामीभन्दा भाग्यले बढी ठगेका मान्छे धेरै छन् । जहाँ जसरी सकिन्छ, त्यसरी नै दीनदुःखीलाई आर्थिक सहयोग गर्न सधैँ अग्रसर हुनुहोस् । जाँड­रक्सी, चुरोट, जुवा आदिमा खर्च गर्न तत्काल बन्द गरेर यो रकम गरिवको सेवामा लगाउनु होस् । धन हुनेले नै धन नहुनेलाई हेर्ने हो । बढ्दो धनसँगै मन पनि फराकिलो पार्दै लैजानुहोस् । याद राख्नुस्, गरिबलाई बाँडेर कोही पनि आफै गरिब भएको छैन ! 

 


थप समाचार

धादिङमा तीन जना मोटरसाईकल चोर समातिए

  • 2 minutes ago
धादिङमा तीन जना मोटरसाईकल चोर समातिए

धादिङ । विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी बिक्री गर्ने कार्यमा संलग्न रहँदै आएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ प्रहरीले चोरीको मोटरसाईकल सहित उनीहरुलाई आईतबार सार्वजनिक गरेको हो ।

कसले हाल्यो मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट ?

  • 15 minutes ago
कसले हाल्यो मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट ?

काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । कपिलवस्तु घर भई हाल काठमाडौँमा बस्दै आएका अब्दुल सलामले अन्सारीले राष्ट्रपति कार्यालय,

यी २४ एनआरएनए खेलाडीले आठौँ राष्ट्रिय खेलकूदमा प्रतिस्पर्धा गर्दै

  • 20 minutes ago
यी २४ एनआरएनए खेलाडीले आठौँ राष्ट्रिय खेलकूदमा प्रतिस्पर्धा गर्दै

काठमाडौँ । प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)बाट २४ खेलाडी सहभागी हुने भएका छन् । सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र दुई महिला एनआरएनएका खेलाडीले प्रति



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

मधुमेह रोगीले के खाने–के नखाने ?

मधुमेह रोगीले के खाने–के नखाने ?

हाम्रो शरीरमा लामो समयसम्म हुने विभिन्न रासायनिक प्रतिक्रियामा कारण रगतमा चिनीको मात्रा बढ्छ । अनि समस्या देखिन्छ, जसलाई चिनीरोग, अर्थात मधुमेह भनिन्छ । अर्थात प्यांक्रियजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरको कोषले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा यस्तो समस्या देखिन्छ ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।