अष्ट्रेलियामा कतै तपाईलाई यस्तो समस्या त परिरहेको छैन ?

म नेपालबाट भर्खरै सिड्नी आइपुगेको छु । मेरो पढाइ मार्चबाट सुरु हुँदैछ । म पढ्न आएको कोर्स महँगो भएकोले अलि सस्तो कलेजमा पढौँ कि भन्ने सोच्दैछु । मार्चभन्दा पहिले नै कलेज परिवर्तन गर्न मैले के गर्नुपर्छ ? 

तपाईं के कोर्स गर्न आउनुभएको प्रष्टसँग उल्लेख गर्नुभएको रहेनछ । यदि तपाईं प्याकेज कोर्स (जस्तै डिप्लोमा र त्यसपछि ब्याचलर्स) गर्न आउनुभएको हो भने मुख्य कोर्स (माथिको उदाहरणमा प्रमुख कोर्स भनेको ब्याचलर्स हो) ६ महिना पढेपछि तपाईं कलेज परिवर्तन गर्न स्वतन्त्र हुनुहुन्छ । यदि प्याकेज कोर्स होइन भने पनि पढ्न आएको प्रमुख कोर्स ६ महिना पढेपछि कलेज परिवर्तन गर्न पाउनुहुन्छ । 

यदि ६ महिनाभन्दा पहिले नै कलेज परिवर्तन गर्न चाहनुहुन्छ भने आफ्नो शैक्षिक संस्थाबाट रिलिज लेटर लिनुपर्दछ । कुनै गतिलो कारण नभइकन तपाईंको कलेज वा युनिभर्सिटीले तपाईंलाई रिलिज लेटर दिँदैन । 

बिना रिलिज लेटर तपाईंलाई अर्को शैक्षिक संस्थाले भर्ना गर्न मिल्दैन । केही नेपाली विद्यार्थीले रिलिज लेटर पाउनकै लागि नक्कली कागजात कलेजमा बुझाएको र कलेजले सो कुरा पत्ता लगाएर उनीहरूको भिषा क्यान्सल गराउनका लागि प्रक्रिया सुरु गरेको भन्ने खबर केही अगाडि आएको थियो ।  नक्कली र कीर्ते कागजात बनाउनु अष्ट्रेलियाको कानुनअनुसार दण्डनीय अपराध हो । रिलिज लेटर सजिलै निकालिदिन्छु वा बिना रिलिज लेटर नै सस्तो कलेजमा भर्ना गरिदिन्छु भन्ने आश्वासन कसैले दिन्छ भने त्यस्ता व्यक्ति वा कन्सल्टेन्सीसँग अलि होसियार रहनुहोला ।

यस स्तम्भमा दिइएका जानकारी पूर्ण, अद्यावधिक र सबैका लागि उपयुक्त नहुनसक्छन्। कुनै निष्कर्षमा पुग्नु वा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुभन्दा पहिले अध्यागमन विभागको वेबसाइट, माइग्रेशनसम्बन्धी परामर्श दिने वकील वा रजिस्टर्ड माइग्रेशन एजेन्टबाट आवश्यक जानकारी लिनु उचित हुन्छ । 

थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 1 hour ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 2 hours ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 2 hours ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व