धार्मिक क्रियाकलापहरुको सुरक्षार्थ थप बजेटको व्यवस्थाः अष्ट्रेलियाली प्रधानमन्त्री

क्यानबेरा । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले सो देशमा धार्मिक सम्प्रदायहरुका आफ्ना संस्कारसम्बन्धी कायक्रमहरुलाई सुरक्षित बनाउन भन्दै थप सुरक्षा व्यवस्थाको घोषणा गरेका छन् । 

 

उनले सो प्रयोजनका लागि सोमबार करिब ३ करोड ९० लाख अमेरिकी डलर बराबरको सुरक्षा खर्चको घोषणा गरेको जनाइएको छ । 

 

न्युजिल्याण्डको एक चर्चमा हालैमात्र भएको भीषण आतङ्ककारी हमलापछि अष्ट्रेलियाले विभिन्न धार्मिक सम्प्रदायका क्रियाकलापहरुलाई सुरक्षित बनाउने उद्देश्यले सो कार्यक्रमको घोषणा गरेको जनाइएको छ । 

 

सोमबार अष्ट्रेलिया इजरायल चेम्बर अफ कमर्सको कार्यक्रमलाई सम्बोधन गर्दै अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले सो विषयमा जानकारी दिएका हुन् । 

 

अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले सो सम्बोधनमा भनेका छन्– यहाँका धार्मिक विद्यालयहरु, धार्मिक प्रार्थनास्थलहरु र धर्म सभाहरुमा सुरक्षाका लागि यो अलग्गै बजेटको व्यवस्था गरिएको हो । 

 

यो रकम यहाँका विभिन्न धार्मिक समूहहरुलाई आफ्नो सुरक्षाको मापदण्ड अपनाउनका लागि प्रदान गरिने जानकारी गराए । यसले आतङ्ककारी क्रियाकलापहरु रोक्न र त्यसका विरुद्धमा एकताबद्ध हुन सहयोग पुग्ने धारणा उनले राखे । 

 

यो रकमबाट ती क्षेत्रमा खतराको सूचक घण्टी ९साइरन० को व्यवस्था गर्ने, शिशी क्यामेराहरु राख्ने, सुरक्षाकर्मीहरुको व्यवस्था गर्ने र सुरक्षाका अन्य मापदण्डहरु अपनाउने प्रयोजनका कार्यहरु गरिने बताइएको छ । 

 

हाम्रो सरकारको पहिलो उद्देश्य भनेको हरेक अष्ट्रेलियाली नागरिकलाई सुरक्षित राख्नु हो भन्दै यसबाट उनीहरुको सुरक्षाका लागि सहयोग पुग्ने धारणा अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले राखे। 

 

गत शुक्रबार मात्र न्युजिल्याण्डमा भएको सो आतंककारी हमलाबाट ५० जना मानिसको ज्यान गएको थियो । उनीहरु चर्चमा प्रार्थनाका लागि जम्मा भएका नागरिक थिए । 

 

सो आक्रमण भीषण रहेको थियो । त्यस आक्रमणमा थप ५० जना घाइते भएका थिए । सो आक्रमणपछि न्युजिल्याण्डमा पनि चर्च लगायतका विभिन्न धार्मिक समूहको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

 

अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले उक्त आक्रमणलाई अतिवादीहरुको घृणित कार्य भनी प्रतिक्रिया दिएका छन् । 

 

नागरिकले आफ्ना विचारहरुको अभिव्यक्ति मतदानबाट या शान्तिपूर्ण भनाईबाट राख्नसक्ने अवस्था हुदाहुदै यस्ता आतङ्ककारी हमला गरी नागरिकको ज्यान लिनु जघन्य अपराध भएको प्रतिक्रिया उनले दिएका थिए । 

 

न्युजिल्याण्डको आक्रमणमा संलग्नको पहिचान भइसकेको प्रहरीले जनाएको छ । 


थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 1 hour ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 1 hour ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 1 hour ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।