अस्ट्रेलियालीको जीवनस्तर पछिल्ला ३० वर्षमा सबैभन्दा कमजोर अवस्थामा पुगेको दाबी

Education Park

मेलबोर्न । अस्ट्रेलियामा कार्यस्थलमा राम्रो वातावरण र ज्याला वृद्धिको माग गर्दै बुधबार आयोजित प्रदर्शनमा दशौं हजार सहभागी भएका छन् । 

 

आगामी मे महिनामा हुन लागेको संसदको चुनावलाई पनि लक्षित गरी भएको उक्त प्रदर्शनका कारण मेलबोर्न शहरको सार्वजनिक यातायात ठप्प भएको थियो । 

 

विपक्षी लेबर पार्टीले मजदूरको ज्यालामा सामयिक सुधार गर्ने भन्दै चुनाव प्रचार गरिरहेको छ । पार्टीसँग आबद्ध मजदूर युनियनले अस्ट्रेलियालीको जीवनस्तर पछिल्ला ३० वर्षमा सबैभन्दा कमजोर अवस्थामा पुगेको दाबी गरेको छ । 

 

सत्तारुढ लिबरल–नेसनल गठबन्धनले भने कामदारको ज्याला बढाउन कम्पनीको कर कटौती गर्नुपर्नेमा जोड दिएको छ । प्रदर्शनमा सहभागी धेरै प्रदर्शनकारीले चम्किला कपडा लगाउनुका साथै “नियममा परिवर्तन गरौं” भन्ने नारा लेखिएका ब्यानर बोकेका थिए । 

 

राज्यका प्रधानमन्त्री ड्यानियल एन्ड्रुले अस्ट्रेलियालीहरुले “बाँच्न सक्ने ज्याला” माग गरिरहेको बताए । “मानिसहरु क्रुद्ध भएका छन् । उनीहरु अहिले सडकमै निस्कनुपर्ने अवस्थामा पुगेका छन् ।”

 

यसै साताको यो दोस्रो ठूलो प्रदर्शन हो । पशुपक्षी अधिकारवादीहरुले पनि गत सोमबार आकस्मिक प्रदर्शन गरी सडक अबरुद्ध गरेका थिए । 

 

कतिपय लेबर पार्टीका समर्थकहरुले मुलुकभित्र बढ्दै गएको आप्रवासीका कारण रोजगारीमा असर परेको तथा न्यूनतम ज्याला बढ्न नसकेको तर्क गर्न थालेका छन् । 


थप समाचार

चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

  • 7 hours ago
चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

चितवन एड ट्रस्ट (क्याट) यूके चुनावी प्रक्रियामा होमिएको छ । आउँदो जुलाई ७ मा साउथ ईष्ट लण्डनस्थित मेरिडियन क्लब, चार्ल्टनमा हुने संस्थाको आठौं अधिवेसनबाट नयाँ नेतृत्व चुन्नको लागि चुनावी कार्यक्रमहरु

अम्बानीको घरको रहस्य

  • 8 hours ago
अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेम

बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

  • 8 hours ago
बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।