अस्ट्रेलियामा डिभोर्स गर्नेको संख्या उच्च, दुतावासले चाल्यो यस्तो कदम

क्यानबेरा । अस्ट्रेलियामा डिभोर्स अर्थात पारपचुके गर्न चहानेले अनिवार्य रुपमा राजदुतलाई ‘फेस’गर्नुपर्ने भएको छ । 

 

अस्ट्रेलियामा नेपाली जोडीबीच डिभोर्सको संख्या निकै बढेपछि दुतावासले कडाई गर्न थालेको हो । 

 

आफ्नो एकवर्षे कार्यकालको कार्यप्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राजदुत लक्की शेर्पाले अस्ट्रेलियामा नेपाली समुदायमाझ डिभोर्सको संख्या दिनानुदिन बढ्दो रहेको भन्दै चिन्ता व्यक्त गरिन् । राजदुत शेर्पाले भनिन्, ‘अस्ट्रेलियामा युवाहरुमाझ डिभोर्सको दर पछिल्ला दिनमा निकै बढेको छ । भर्खर किशोर अवस्था पार गरेका युवाहरु पनि डिभोर्स गर्न आउनेगरेका छन् । यसले युवाहरुमाझ मानसिक, आर्थिक समस्या मात्र निम्त्याउँदैन, सिंगो समाजमा विकराल सामाजिक समस्या देखापर्छ । यस्तो प्रवृत्ति कम गर्नका लागि आफै सक्र्रिय हुन थालेकी छु ।’

 

राजदुत शेर्पाले डिभोर्सका हरेक केश आफुले व्यक्तीगत रुपमा हेर्न थालेको र डिभोर्स गर्न चहानेहरुसँग डिभोर्सको कारण तथा वस्तुस्थिती बुझ्न थालेको बताईन् । उनले भनिन्, ‘डिभोर्सले अनेकन समस्या निम्त्याउने भएकाले यसलाई व्यक्तीगत रुपमा नै हेर्न थालेकी छु । डिभोर्स गर्न आउने हरेकसँग मैले व्यक्तीगत रुपमा भेटेरै कुरा गर्न थालेकी छु ।’

 

पछिल्लो समय अस्ट्रेलियामा विभिन्न प्रयोजनका लागि आउने युवा युवतीमाझ हुने डिभोर्सको दर बढ्न थालेको छ । डिभोर्सको प्रमुख कारण यकिन हुन नसकेपनि अस्ट्रेलियाको पोष्ट मोर्डन लाईफलाई कारक मानिने गरेको छ ।

 


थप समाचार

दीपिकाद्वारा रणवीरको ‘श्रीमती’ बन्न अस्वीकार

  • 13 minutes ago
दीपिकाद्वारा रणवीरको ‘श्रीमती’ बन्न अस्वीकार

काठमाडौँ । अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह केही समयअघि मात्र विवाह बन्धनमा बाँधिएका छन् । धूमधामका साथ विवाह गरेको यो जोडीलाई बलिउडको हट जोडी पनि मानिन्छ ।

यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

  • 27 minutes ago
यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

रोल्पा । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताएका छन् । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्

निराश आर्यनको कमेडी चाल

  • 39 minutes ago
निराश आर्यनको कमेडी चाल

काठमाडौँ । कुनै समय थियो, नायक आर्यन सिग्देलले खोके मात्रै पनि फिल्म हिट हुन्थ्यो । फिल्म निर्माताहरु उनलाई लिन तँछाडमछाड गर्ने तर अहिले समय उनको साथमा छैन । न निर्माण गरेको फिल्म चल्यो न पछ्याउने नि



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।