अस्ट्रेलियामा राजदूत लक्की शेर्पाको एक वर्ष, के–के भए काम ?

क्यानवेरा । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले पछिल्लो दिनमा अस्ट्रेलिया र नेपालबीचको सम्बन्ध प्रगाढ बनेको उल्लेख गर्दै आफ्नो पहिलो वर्षको कार्यकाल सफल भएको बताएकी छिन् । राजधानी क्यानबेरास्थित नेपाली दूतावासको कार्यलयमा पत्रकार सम्मेलन गर्दै राजदूत शेर्पाले आफ्नो कार्यकालको पहिलो वर्षमा भएका कामहरुको विवरण सार्वजनिक गरेकी हुन् । दूतावासले पछिल्लो एक वर्षमा गरेका केही महत्वपूर्ण कमहरु यस्ता छन्:

 

१. दूतावासको आफ्नै जग्गा खरिद्ः 

 

दूतावासले अस्ट्रेलियाको राजधानी क्यानबेरामा आफ्नै जग्गा किनेको छ । दूतावासले क्यानबेराको  ओमालीमा ६ हजार १ सय ९८ स्क्वायर मिटर जग्गा किनेको हो । पत्रकार सम्मेलनमा शेर्पाले भनिन्, ‘लामो प्रयासपछि हामीले आफ्नै जग्गा प्राप्त गर्न सफल भएका छौं । अब छिट्टै भवन बनाउने प्रयासमा छौं ।’

 

२.द्धिपक्षीय साझेदारी संयन्त्रः 

 

राजदूत शेर्पाकै पहलमा अस्ट्रेलिया र नेपालबीच द्धिपक्षीय साझेदारी संयन्त्र गठन भएको छ । यो संयन्त्रले द्धिपक्षीय सम्बन्ध प्रगाढ बनाउनुका साथै आर्थिक, सामाजिक, शैक्षिक लगायतका क्षेत्रमा संभावनाहरु पहिल्याउने विश्वास लिइएको छ । संयन्त्रको वर्ष हरेक वर्ष आलोपालो प्रणलीमा हुनेछ । संयन्त्रको पहिलो वैठक यही अगष्टमा काठमाडौंमा हुने राजदूत शेर्पाले जानकारी दिईन् । 

 

३.अस्टे«लिया–नेपाल संसदीय समूह गठनः

 

यही समयावधीमा दुई देशका संसदहरु सम्मेलित संसदीय समूह गठन भएको छ । समूहमा कुल अस्ट्रेलियाको संसदबाट प्रतिनिधित्व गर्ने ३६ सांसदहरु सहभागि छन् । यो समूह नेपालमा पनि छिट्टै गठन हुने र यसले दुई देशको आपसी हितका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको पनि राजदूत शेर्पाले बताएकी छिन् । 

 

४. काउरा महोत्सवमा नेपालको सहभागिताः 

 

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा अवस्थित काउरा महोत्वसमा नेपालको सहभागितालाई दुतावासले सफलताको रुपमा उल्लेख गरेको छ । पत्रकार सम्मेलनमा राजदुत शेर्पाले भनिन्, ‘अस्ट्रेलियन समुदायमाझ नेपाल चिनाउन काउरा महोत्सव महत्वपूर्ण रह्यो । यसले अस्ट्रेलियामा नेपाल प्रवद्र्धन गरेको छ ।’

 

महोत्सवमा अस्ट्रेलियामा रहेका नेपाली समुदायसँगको सहकार्यमा स्थानीयहरुले नेपाली खाना, रहनसहन, सांस्कृतिक झँकी लगायतका नेपाल चिनाउने विभिन्न कार्यक्रमहरु प्रस्तुत गरेका थिए । महोत्सव अवधीभर काउरा नेपालमय बनेको थियो । 

 

५. नेपाली विद्यार्थीहरुको समस्या समाधानका लागि समिति गठनः 

 

अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुको संख्या बढ्दैजाँदा समस्याहरु पनि सोही अनरुपले बढ्दै छ । यिनै विविध समस्याहरुलाई मध्यजनर गर्दै दुतावासले समाधानको पहल सुरु गरेको छ । दूतावासले न्यु साउथ वेल्स कन्सुलेटको कार्यलय, शैक्षिक परामर्शदाताहरुलाई संयुक्त रुपमा भेला गरेर समस्या पहिचान गर्दै समाधानका उपायहरु सुझाउन पहल सुरु गरेको छ । सोही अनुरुप गत मे महिनामा सिड्नीमा अन्तक्र्रिया आयोजना भयो । अन्तक्र्रियापछि विद्यार्थीहरुको समस्या पहिचान गरेर सुझाव दिनका लागि समिति गठन गरेको छ । पत्रकार सम्मेलनमा राजदुत शेर्पाले भनिन्, ‘समस्या पहिचान भएपछि कसरी अघि बढ्ने भनेर छलफल सुरु गर्छौं र सोही अनुसारले अघि बढ्छौं ।’

 

यसबाहेक दूतावासले कन्सुलेट प्रमुखहरुसँग छलफल, परराष्ट्रमन्त्री जुली विश्वपसँगको भेट, सगरमाथा दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, लगायतका कार्यक्रमहरुलाई आफ्नो एकवर्षे उपलब्धिका रुपमा उल्लेख गरेको छ ।

 


थप समाचार

एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झना दासको सम्झनामा दीप प्रज्वलन

  • 8 minutes ago
एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झना दासको सम्झनामा दीप प्रज्वलन

रौतहट । चन्द्रनिगाहपुरमा एसिड आक्रमणमा परि ज्यान गुमाएकी सम्झना दासको सम्झनामा आज दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

  • 12 minutes ago
सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

शान्ति स्थापनाकाे लागि नेपालले चेतावनीलार्इ पन्छाउँदै अाएकाे छ : प्रम अाेली

  • 21 minutes ago
शान्ति स्थापनाकाे लागि नेपालले चेतावनीलार्इ पन्छाउँदै अाएकाे छ : प्रम अाेली

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिम



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

राशीअनुसार कोसँग बिहे गर्ने र कोसँग नगर्ने ?

राशीअनुसार कोसँग बिहे गर्ने र कोसँग नगर्ने ?

एजेन्सी । विवाह साँच्चै नै एउटा ठूलो फैसला हो । यत्तिकै जो कोहीसँग विवाह बन्धनमा बाँधिनु र पुरै जिन्दगी उसैसँग बिताउनु, यो कुनै सानो कुरा होइन । मानिसहरुले आजको समयमा विवाहलाई आधुनिक तरिकाले लिन्छन्, विवाहभन्दा पहिले केटा(केटीको थुप्रैपटक मिटिङ्ग गराउँछन् तर बिहे नभएसम्म कसैको असली स्वभाव थाहा पाउन सकिँदैन ।