ISMT

HUB Education

'अस्ट्रेलियाको नागरिकता त्याग्न मैले के गर्नुपर्छ ? '

Education Park

 

Kathmandu Trade Show

 

मैले अस्ट्रेलियाको नागरिकता लिएको तीन वर्ष भयो तर अब म स्थायी रुपमै नेपाल गएर बस्ने सोचमा छु । अस्ट्रेलियाको नागरिकता त्याग्न मैले के गर्नुपर्छ ? 

 

तपाईंको प्रश्नको सन्दर्भमा हेर्दा अस्ट्रेलिया र नेपाल दुवै देशको कानुन विचार गर्नुपर्ने हुन्छ । १८ वर्षभन्दा बढी उमेरका अस्ट्रेलियाली नागरिकले अस्ट्रेलियाको नागरिकता त्याग्न चाहेमा त्यसो गर्न पाउने प्रावधान छ ।

 

तर, अस्ट्रेलियाले ‘राज्यविहीनता न्यूनीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि’मा हस्ताक्षर गरेको हुनाले उसका केही शर्तहरुको पालना भने गर्नुपर्ने हुन्छ । दोहोरो नागरिकताको व्यवस्था भएका देशका नागरिकहरुका सम्बन्धमा खासै समस्या पर्दैन, किनभने अस्ट्रेलियाको नागरिकता त्यागे पनि ऊसँग अर्को देशको नागरिकता हुन्छ । 

 

तर, नेपालले अझै पनि दोहोरो नागरिकताको व्यवस्था नगरेको हुनाले अस्ट्रेलियाले त्यत्तिकै यहाँको नागरिकता त्याग्न दिँदैन किनभने त्यसो गर्दा तपाईं राज्यविहीन हुन पुग्नुहुन्छ । 

 

नेपालको नागरिकता ऐन २०६३ को दफा ११ अनुसार भने विदेशी नागरिकता लिएको नेपाली नागरिकले नेपाल फर्केर सम्बन्धित अधिकारी सामु आफ्नो विदेशी नागरिकता त्यागेको प्रमाण पेश गरेमा उक्त प्रमाण दर्ता गरेको मितिबाट निजलाई  पुनः नेपाली नागरिकता प्राप्त हुने व्यवस्था छ । 

 

नेपालको यस्तो कानुनी प्रावधानलाई हेरेर अस्ट्रेलियाले तपाईंलाई नागरिकता त्याग्ने अनुमति दिनसक्छ । तर यो केही प्राविधिक र जटिल विषय भएको हुनाले निर्णय गर्नुभन्दा पहिले एकपल्ट अस्ट्रेलियाली र नेपाली अधिकारीहरुबाट जानकारी लिनु उपयुक्त हुन्छ ।

 


थप समाचार

एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

  • 5 hours ago
एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

एजेन्सी । युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ ।

कश्मीरमा आंशिक रूपमा टेलिफोन सेवा सुरू

  • 5 hours ago
कश्मीरमा आंशिक रूपमा  टेलिफोन सेवा सुरू

एजेन्सी । भारत प्रशासित कश्मीरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ । कश्मीर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा

अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

  • 5 hours ago
अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

एजेन्सी । अक्षयले पछिल्लो समय जुन फिल्म पनि गरेका छन्, त्यसमा देशभक्ति झल्किएको हुने गर्दछ । उनको फिल्म ‘मिशन मंगल’ विहिबार बाट प्रदर्शनमा आएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई नियन्त्रणमा राख्न चाहन्छन् । बढ्दो वजन धेरै रोगको कारण पनि बन्ने गर्दछ ।

विचित्र विश्व

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

एजेन्सी । रुसका ६ बर्षीय बालक इब्राहिम ल्यानोभले अनौठो रेकर्ड बनाएका छन् । उनले दुई घण्टामा ३२७० ‘पुश अप’ लगाएर नौलो रेकर्ड बनाए । उक्त रेकर्डलाई ‘रशियन बुक अफ’ रेकर्ड्समा सामेल गराइएको छ । यसैगरि उनी सामाजिक सञ्जालमाभाइरल भएका छन् ।